Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८१ मंगलवार | 14th May, 2024 Tue
NIMB

अवैधरूपमा सञ्चालित क्रसर उद्योग बन्द, दुई नियन्त्रणमा

चितवन । अनुमतिबिना सञ्चालन हुँदै आएको एउटा क्रसर उद्योग स्थानीय प्रशासनले बन्द गराउनाका साथै दुई जनालाई नियन्त्रणमा लिएको छ ।

नदीजन्य वस्तु अनियन्त्रित तवरले उत्खनन गरी अनुमतिबिना क्रसर सञ्चालन गरेको आरोपमा जुगेडीमा सञ्चालित न्याम्को क्रसरमा प्रशासनले ताला लगाएको हो ।

जिल्ला समन्वय समितिको अगुवाइमा समन्वय प्रमुख, जिल्ला अधिकारीसहितको टोलीले आइतबार जुगेडीमा सञ्चालित उक्त क्रसरमा ताला लगाउनुका साथै त्यहाँका कर्मचारीद्वय सागर श्रेष्ठ र काजी भण्डारीलाई नियन्त्रणमा लिएको हो । नारायणगढ–मुिग्लन सडक विस्तारका क्रममा नदीजन्य बस्तु भण्डारण गर्न दिइएको स्थानमा अनुमतिबिना क्रसर सञ्चालन गरिएकाले प्रशासनले तालाबन्दी गरेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले जानकारी दिए ।

यसैगरी ठिमुरा क्षेत्रमा मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन गर्दै आएका एक व्यक्तिसहित दुई एक्साभेटर नियन्त्रणमा लिइएको छ । भरतपुर महानगरपालिकासँग उत्खननको अनुमति लिएको स्थान ठिमुरामा वातावरणीय मूल्याङ्कन (ईआइए) भन्दा सात गुणा बढी नदीजन्य पदार्थ दोहन गरिएकाले त्यहाँ प्रयोग गरिएको एक्साभेटर नियन्त्रणमा लिइएको हो ।

नदीजन्य पदार्थ उत्खननका क्रममा वन जङ्गलसमेत विनाश गरेको आरोपमा गोपाल भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस्तै अनुगमन टोलीले भरतपुर महानगरपालिका –२९ पन्ध्रकिलो भन्ने स्थानमा वीरबहादुर कुमालले सञ्चालन गर्ने तयारीमा रहेको रिग्दी खोला क्रसरलाई समेत तत्काल कुनै पनि काम नगर्न निर्देशन दिँदै आज जिल्ला समन्वयमा सम्पर्क गर्न आउन भनिएको छ ।

यसअघि खगेडी, थाङ, स्याङ्दी र बुङ खोला अनुगमनका क्रममा पाँचजनालाई पक्राउ गरेकामा स्थानीय प्रशासनले तीन ती व्यक्तिसँग सम्बन्धित तीन ठेकदारलाई जनही रु एक लाख ५० हजार जरिवाना तिराई आइतबार छाडेको थियो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies