Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

लाजका कारणले उपचार गराउँदैनन् पाठेघर खसेका महिला

डाेटी । समाजिक लोकलाज तथा गरीबी र स्वास्थ्यसँग पहुँच नभएका कारण डोटीका अधिकांश आङ (पाठेघर) खसेका महिला अझै गाउँमै आफ्नो रोग लुकाएर बस्न बाध्य भएका छन् ।

समाजिक लोकलाजका कारण उनीहरु उपचार गराउन खुलेर अस्पताल आउन सकिरहेका छैनन् । जिल्लामा पटकपटक पाठेघर खसेका महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भए पनि उनीहरु गाउँ समाजमा हुने लाजका कारण उपचार नगराई घरैमा बस्न थालेको जिल्ला अस्पताल डोटीका डा भुषण मिश्रले बताए ।

उनले भने, “हामीले जिल्लामा कैयौँपटक पाठेघर खसेका महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्यौ तर हाम्रो लक्ष्यअनुसार उनीहरु आएनन्, कारण के भन्दा समाजको लाज रहेछ ।” जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार जिल्लामा करीब तीन÷चार दर्जन बढी पाठेघर खसेका महिला छन् । जो समाजमा हुने लाजका कारण खुलेर उपचार गराउन आउन सकिरहेका छैनन् । पाठेघर खसेका बारेमा श्रीमानलाई भन्दा अर्को विवाह गर्लाकी भन्ने डरले श्रीमान्लाई पनि यो रोगका बारेमा खासै नभन्ने गरेको जोरायल गाउँपालिका वडा नं ५ गड्सेराकी तुलसी विष्टले बताइन् ।

उनले भने, “हामीले गाउँघरमा अधिकांश महिला पाठेघरको समस्या भएको पाएका छौँ, उनीहरुले आफ्ना श्रीमान्लाई पनि दोस्रो विवाह गर्ने गर्ला भन्ने डरले नभन्ने गरेको बुझयौँ, श्रीमान्ले सहयोग गरे महिला उपचार गराउन आउने छन् ।” आफ्नो ज्यान नै जोखिममा राखेर यहाँका महिला रोग लुकाउने गरेको डा भुषण मिश्रले बताए ।

उनले भने, “ज्यान जोगाउनबाट बचाउनुहुन्छ भने श्रीमतीलाई उपचार गराउन ल्याउनुहोस् ।” जिल्लामा पाठेघर खसेका महिलाको निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरिए पनि लाजका कारण महिला नआउने गरेको चिकित्सक बताउँछन् ।

निःशुल्क विद्युत् मिटर वितरण

विपन्न नागरिकका लागि दिपायल सिलगढी नगरपालिकामा निःशुल्करुपमा विद्युत्का मिटर वितरण गरेको छ । नेपाल विद्युत् प्राधिकरण अत्तरीयाका क्षेत्रीय प्रमुख सतिसकुमार कर्णले उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन् । दिपायल सिलगढी नगरपालिका वडा नं २ का आठ जना र वडा नं ५ का तीन जना गरी कूल ११ जनालाई निःशुल्करुपमा मिटर बक्स प्रदान गरिएको छ ।

सो अवसरमा क्षेत्रीय प्रमुख कर्णले नेपाल विद्युत् प्राधिकरण विद्युत् उत्पादन र बिक्री वितरण गर्ने भए तापनि सामाजिक दायित्व पनि उत्तिकै भएकाले विपन्न नागरिकलाई निःशुल्क सेवा प्रदान गरिएको बताए ।

प्राधिकरणले अति विपन्न परिवारका लागि निःशुल्क विद्युत्को मिटर, एमसिवी र २ वटासम्म विद्युत् पोल वितरण गर्ने तथा सांस्कृतिक महत्व बोकेका सार्वजनिकस्थलमा पनि उक्त सेवा निःशुल्क प्रदान गरिरहेको विद्युत् प्राधिकरण डोटी वितरण केन्द्र प्रमुख बुद्धिनाथ झाले बताए । कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका कार्यवाहक नगरप्रमुख एवं उपप्रमुख शिवराज खड्काले बिजुली बाल्न नपाएर अँध्यारोमा बस्न बाध्य घरपरिवारलाई विद्युत् प्राधिकरणसँगको समन्वयमा नगरपालिकाले पहल गरिएको बताए । मिटर, पोल र तारले मात्रै नपुग्ने भन्दै खड्काले ट्रान्सफर्मरको उचित व्यवस्था गरी प्रभावकारीरुपमा बत्ती बाल्ने व्यवस्थाका लागि प्राधिकरणसँग आग्रह पनि गरे ।

जेब्रा क्रसिङ नहुँदा समस्या

सुदूरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लामा रहेका सडकमा जेब्र क्रसिङ नहुँदा पैदल यात्रुलाई बाटो काट्न समस्या भएको छ । सुदूरपश्चिम प्रदेशका ठूला शहर कैलाली र कञ्चनपुर बाहेकका अन्य सात वटा पहाडी जिल्लाका सडकमा जेब्रा क्रसिङ राखिएको छैन । यहाँका निकै भीड तथा ब्यस्त हुने बजारका सडक तथा विभिन्न राजमार्गमा जेब्रा क्रसिङ नहुँदा बाटो काट्न निकै समस्या हुने गरेको स्थानीयवासी महेन्द्र थापाले बताए ।

उनले भने, “पहाडी जिल्लाका ठूला बजारमा समेत जेब्रा क्रसिङ छैनन्, बाटो काट्न समस्या हुने र जथाभावी बाटो काट्दा गाडीले ठक्कर दिने गरेका छन् ।” यहाँका अन्य जिल्ला अछाम, बझाङ, बैतडी, बाजुरा, दार्चुला, डडेल्धुरा तथा डोटीका व्यस्त रहने बजारमा वर्षौंदेखि जेब्रा क्रसिङ तथा ब्रेकर नहुँदा दुर्घटनाको जोखिम निकै बढ्दै गएको दिपायल पिल्ला बजारका स्थानीय वीरेन्द्र पनेरुले बताए ।

“बजारमा जेब्रा क्रसिङ त पहिलेदेखि नै थिएन तर ब्रेकर राखिएको थियो केही समय पहिले सडक रोसिलिङ गर्दा त्यो पनि भत्काइदिए”, उनले भने, “बजारमा हिँड्नसमेत गाह्रो भएको छ, तीव्रगतिमा गाडी आउँछन् कतिबेला कसको ज्यान जान्छ, थाहा छैन ।” डोटी जिल्लामा राष्ट्रिय राजमार्गसँग जोडिएका सडकमा ब्रेकर र जेब्रा क्रसिङ नहुँदा दुर्घटना बढ्दै गएको छ । पछिल्लो समयमा सवारी साधनको चाप बढ्दै गएपछि सवारी दुर्घटनाको जोखिम पनि बढ्दै गएको हो । सडकमा तीव्र गतिमा सवारी साधन हाकिरहेका हुन्छन्, ब्रेकर र जेब्रा क्रसिङको अभावमा गति नियन्त्रण नहुँदा दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख मोहनसिंह धामीले बताए ।

उनले भने, “दिनभरि बीच सडकमा उभिनुपर्छ ब्रेकर र जेब्रा क्रसिङ छैन, ज्यानको खतरा त अरुभन्दा बढी हामीलाई हुने गरेको छ ।” सडकमा ब्रेकर र जेब्रा क्रसिङ नभएको यस क्षेत्रका सबै प्रमुख तथा विशिष्ट व्यक्तिलाई थाहा भए पनि त्यसको नियन्त्रणका लागि कहीँकतैबाट पहल हुन नसकेको स्थानीयको आरोप छ ।

त्यस्तै सडकमा जेब्रा क्रसिङ तथा ब्रेकर नहुँदा आफूहरुलाई पनि गाडी चलाउन समस्या भएको सुदूरपश्चिम यातायातका बस चालक दुर्गादत्त ओझाले बताए । उनले भने, “सडकमा ब्रेकर र बजारमा जेब्रा क्रसिङ राखिएको छैन, हामीलाई पनि चाँडो पुग्न हतार हुन्छ गाडी तीव्रगतिमै हुन्छ, कतिबेला मान्छे आउँछ र ठोकिन्छ भन्ने चिन्ताले हैरानी बनाउने गर्छ ।”

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies