Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

पर्यटकको रोजाइमा बोराका घुमाउने घर

पोखरा । बोरा, माटोसँगै जाली र सानो फलामे रडबाट गारो र खरको छानोबाट निर्मित आधुनिक घुमाउने घर यतिखेर पर्यटकको रोजाइमा पर्ने गरेका छन् । पोखरा महानगरपालिका–२४ चिप्लेटिस्थित इन्द्रेणी घरबासका घुमाउने गोलाकारका घर आन्तरिक एवं बाह्य पर्यटकमाझ रोजाइमा पर्ने गरेका हुन् ।

जमीनको सतहमा निर्माण गरिएको सिमेन्टेड पक्की जगमा विराटनगरबाट ल्याइएको भूकम्परहित बोरा ९अर्थ व्याग० मा चिम्ट्याइलो माटो भरेर गारो निर्माण गरी प्राचीन शैलीका घुमाउने घर निर्माण गरिएको इन्द्रेणी घरबास कार्यक्रम सञ्चालक गोमा ढकालले जानकारी दिए ।

उनका अनुसार सानो फलामे रड, काँडेतारबाट निर्मित गोलो आकारको गारो निर्माण गरी बाहिरबाट जाली राखेर परम्परागत रातो माटोले लिप्नुका साथै बाँसको खपेटामाथि खरको छानोले घर बनाइएको हो । गर्मीमा न्यानो र चिसो मौसममा तातो हुने ९तापअनुकूलित० गोलो आकारको घुमाउने घरमा दुई बेडसहित आवश्यक सम्पूर्ण सुविधा रहेको उनले जानकारी दिए।

उनका अनुसार आधुनिक सेवासुविधासहित प्राचीन शैलीका घर यतिखेर पर्यटकको रोजाइमा पर्ने गरेका छन् । सामान्य घरायसी कच्चा पदार्थको प्रयोग गरी भूकम्परहित नवीनतम् प्रविधिबाट घर निर्माणमा अमेरिकन इञ्जिनीयर लुकासले सहयोग गरेका हुन् ।

एक रातको बास, बिहान–बेलुकाको सादा खाना एवं बिहानको नास्ताको प्याकेजमा स्वदेशीका लागि प्रतिव्यक्ति ? एक हजार र विदेशीको हकमा भने घरसहित रु तीन हजार ५०० लिने गरेको बताउँदै उहाँले माछामासु र पेय पदार्थका लागि छुट्टै शुल्क लाग्ने बताए ।

सञ्चालन भएको एक वर्षको अवधिमा अमेरिका, अष्ट्रेलिया, बेल्जियम, बेलायत, चीनलगायत विभिन्न मुलुकका पर्यटक घरबासमा आउने गरेको बताउँदै उहाँले हालसम्म दुई लाखभन्दा बढी आम्दानी भएको जानकारी दिए । घरबासमा आउने आन्तरिक पर्यटक छोटो समय बास बस्ने गरेको भए पनि विदेशी भने एक महीनासम्म बस्ने गरेको अनुभव सुनाउँदै उनले प्राकृतिक सौदर्यतासहित शान्त र रमणीय वातावरणका कारण पर्यटकको बसाइँ लम्बिने गरेको बताए ।

बोराबाट निर्मित चार घरमा आठ र अर्को भान्छासहितको ट्रष्ट भवनमा १६ जना क्षमताको घरबासमा कहिलेकाहीँ त २० जनासम्म पनि बास बसेको बताउँदै उनले घरबासको सम्पूर्ण भौतिक निर्माणमा रु ५० लाखभन्दा बढी लगानी भएको बताए । घरबास कार्यक्रमलाई उत्पादनसँग जोड्ने उद्देश्यका साथ उनले सोही स्थानमा खरीद गरिएको १५ रोपनी बाँझो जग्गामा अहिले इन्द्रेणी अर्गानिक तरकारी फार्म सञ्चालन गरेका छन् ।

आधुनिक हरितगृहभित्र काँक्रो, धनिया, क्याप्सिकम, अकबरे खुर्सानी, रायोसागलगायतका तरकारी र सामान्य टनेलमा गोलभेँडा उत्पादन गर्दै घरबासमा बस्न आउने पाहुनाले अर्गानिक उत्पादनको स्वाद लिने गरेका छन् । उत्पादित तरकारी लेकसाइडका विभिन्न होटलमा बिक्री गर्दै आएको गोमाले जानकारी दिए ।

खेतमा उत्पादित धानको चामल, बारीको तरकारी, खोरका खसीबोका र लोकल कुखुराको मासु स्वाद चखाउँदै आएको बताउँदै उहाँले १० भैँसी पालेर पाहुनालाई शुद्ध दूध खुवाउने व्यवस्था गर्ने तयारी गरिरहेको बताए । भाडामा लिएको १० रोपानी जग्गामा रु १२ लाखभन्दा बढी लगानी गरेर आधुनिक गोठ निर्माण गरेको बताउँदै उनले भने, “बंैकबाट ऋण स्वीकृत हुन समय लागेका कारण भैँसी खरीदमा ढिलाइ भएको छ, इन्द्रेणी घरबास र अर्गानिक तरकारी फार्ममा हाल आठ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।”

कास्कीकोटको काउलेदेखि टारीसम्म पैmलिएको लगभग पाँच किलोमिटर लम्बाइको अलौकिक एउटै चिप्लेढुङ्गोसहित मनोरम पिप्ले झरना घरबासमा आउने पर्यटकका लागि थप आकर्षण रहेका छन् । फेवातालको किनारै किनारबाट खपौदी, भकुण्डे, पामेबजार हुँदै लगभग आठ किलोमिटरको दूरीमा रहेको सो घरबास कार्यक्रमसम्म पुग्नका लागि यातायातको समेत व्यवस्था छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending