Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

नेपाली भएर सगरमाथा चढेका छैनाैं भन्दा मुटुमा बिज्थ्यो - आरोही श्रेष्ठ

दमौली । २२ वर्षअगाडि जब म अमेरिका गएँ मलाई त्यहाँका नागरिकले कुन देशबाट आएको भनेर सोध्थे । मैले नेपाल भनेर भन्थे । उनीहरुले फेरि सोध्थे, “नेपाल भनेको कहाँ छ ?” मैले उत्तर दिन्थे, “नेपाल भनेको सगरमाथाको देश हो ।” सगरमाथा चिन्नेहरुले फेरि प्रश्न गर्थे, “के तिमीले सगरमाथा देखेको छौ रु सगरमाथा चढेका छौ ?” मैले भन्थे, “अहँ चढेको छैन ।” त्यसपछि उनीहरुले फेरि भन्थे, “के तिमी नेपाली त हौ ?”

अमेरिकामा बस्दा यो प्रश्नले तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे निवासी रोहितकुमार श्रेष्ठलाई सधँै पोलिरहेको थियो । उक्त प्रश्नले मुटुमा किल्ला गाडेसरह भइरहेको थियो उनलाई । त्यो प्रश्नको उत्तर दिनका लागि पनि सगरमाथा चढ्छु भन्ने सङ्कल्प उहाँले सोही समयमा लिइसकेका थिए ।

सोही सङ्कल्प उनले जेठ २ गते सगरमाथाको चुचुरोमा पुगेर पूरा गर्नुभएको छ । ४१औँ दिनमा उहाँले सगरमाथाको सफल आरोहण पूरा गरेका थिए । “आज मेरो वर्षौंदेखिको सङ्कल्प पूरा भएको छ । अब अमेरिकामा गएर छाती फुलाएर सगरमाथा चढेको छु भन्न सक्ने भएको छु”, बन्दीपुर गाउँपालिकासहित स्थानीय सङ्घसंस्थाले उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा उनले भने, “आज मेरो छाती गर्वले फुलेको छ ।”

सगरमाथा चढ्नकै लागि उहाँले थुप्रै पटक तालीम लिनुभएको छ । अमेरिकाको व्यस्त दैनिकीका बीचमा समेत सगरमाथा चढ्नका लागि ठूला–ठूला पहाडहरु चढेको उनले बताए । उनले भने, “गत वर्ष मात्रै पनि नेपालको २० हजार फिटको हिमाल चढेको थिएँ, त्यो हिमाल चढ्दा खासै समस्या नभएपछि सगरमाथा चढ्न सक्ने आत्मविश्वास मलाई आएको थियो ।”
निकट भविष्यमा नै नेपाल फर्किएर नेपालमै सेवा गर्ने सोच बनाएको उनले बताए । उनले भने, “मेरो छोराछोरी अहिले अमेरिकामा नै पढ्छन् त्यही कारणले तत्कालै नेपाल फर्कन सक्ने अवस्था छैन । तर निकट भविष्यमा नेपालमै आएर सेवा गर्ने लक्ष्य छ ।” हिउँमा चिप्लने खेल, जलविहारलगायत साहसिक खेलमा रुचि भएका श्रेष्ठले अमेरिकाको कोलोराडोमा १४ हजार फिटभन्दा अग्लो दुई सय वटा पहाड चढिसकेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending