Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

जीवनमा पीडा भए पनि बोल्न पाउने व्यवस्था आउनु उपलब्धि’

कास्की। जनआन्दोलनका शहीद तथा घाइतेले आफूहरुको जीवनमा पीडा भए पनि जनताले निर्धक्कका साथ बोल्न पाउने व्यवस्था आउनु उपलब्धि भएको बताएका छन् ।

देशमा गणतन्त्र स्थापना भएको १२ वर्ष पुग्दासमेत जनआन्दोलनका शहीद, घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा परिर्वतन आउन नसके पनि गणतन्त्रका लागि नारा लगाएर सडकमा उत्रिएको कारणबाटै जनताको छोराछोरी राष्ट्रपति हुने शासन व्यवस्था स्थापना भएको र जनताले आफूलाई लागेको कुरा व्यक्त गर्ने अधिकार प्राप्त हुनु आफूहरुको उपलब्धि भएको भनाइ उनीहरुको छ ।

जनआन्दोलन शहीद परिवार तथा घाइते समन्वय समिति कास्कीले बुधबार साँझ गणतन्त्र दिवसको अवसरमा जनआन्दोलनका शहीदको स्मरणमा पोखरामा आयोजना गरेको दीपप्रज्वलन कार्यक्रममा आन्दोलनका घाइते विजया सुवेदीले उमेर ढल्किदै जाँदा रोगव्याधीले सताएर जीवन कष्टकर भए पनि देश र जनताले प्राप्त गरेको उपलब्धिबाट सन्तोष मिलेको बताए ।

उनले भने, \'हामीलाई व्यक्तिगतरूपमा पीडा भए पनि देशमा परिर्वतन भएको छ, जनताले चुनेको व्यक्ति देशको सर्वोच्च पदमा पुग्ने व्यवस्था आएको छ । व्यक्तिले बोल्न पाउने स्वतन्त्रतालाई उपलब्धि ठानेका छौँ ।\'

समन्वय समितिका अध्यक्ष शेखर गौतमले अहिले पनि देशभित्र तथा बाहिरबाट गणतन्त्रलाई सफल हुन नदिने चलखेल भएको भन्दै आन्दोलनमा जसरी अहिले पनि दलहरुबीच सहकार्य हुनुपर्नेमा जोड दिए । बजेटबाट शहीद तथा घाइतेलाई सम्बोधन गरिएको र गणतन्त्र स्थापनापछि जनअपेक्षाअनुसार सरकारले काम गर्नुपर्ने बताउँदै उनले भने, \'हाम्रो ठूलो अपेक्षा केही छैन, केवल सरकारले परिर्वतनको अनूभूति दिलाउने गरी काम गरे पुग्छ ।\'

नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र थापामगरले गणतन्त्र प्राप्तिका लागि नारा लगाउँदा पोखराका भीमसेन दाहाललगायतको रगत बगेको स्मरण गर्दै प्राप्त उपलब्धिलाई संस्थागत गर्न सबै पक्षले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने धारणा राखे ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending