Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

समाजसेवी राणाले दिए गाउँपालिकालाई एक बिघा जग्गा दान

कैलाली । समाजसेवी कर्णप्रताप राणाले कैलालीको जोशीपुर गाउँपालिकालाई एक बिघा १२ कट्ठा ३० धुर जग्गा दान गर्नुभएको छ ।

गाउँपालिकाको भवन निर्माणका लागि जग्गा अभाव भएपछि राणाले सो जग्गा दान गरेका हुन् ।

राणाले गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीलाई मङ्गलबार जग्गा नामसारी गरेको लालपुर्जा हस्तान्तरण गरे । टीकापुरका स्थायी बासिन्दा राणाले जानकी गाउँपालिकामा रहेको जग्गाको लालपुर्जा हस्तान्तरण गर्दै गाउँपालिकाको आफ्नै भवन बनोस् भनी दान गरेको बताए । \'मसँग भएको जग्गा जनताको हितका काममा प्रयोग होस् भन्ने चाहना पूरा गर्न दिएको हुँ\', दानवीर राणाले भने, “जग्गा अभावमा भवन निर्माण गर्न नसकेको जानकारी पाएपछि म जग्गा दिन हौसिए ।\'

गाउँपालिकाका अध्यक्ष चौधरीले जग्गा उपलब्ध गराउने राणालाई धन्यवाद दिनुभयो । “गत वर्ष पनि भवन निर्माणका लागि एक करोड रकम विनियोजन गरेका थियौँ । जग्गा अभावमा बन्न सकेन । यस वर्ष जग्गाको लालपुर्जा हात लागेको छ । तुरुन्तै भवन निर्माण कार्य शुरु गर्छौं”, भवन अभावमा सेवा प्रवाहमा समस्या भएको बताउँदै अध्यक्ष चौधरीले भवन निर्माण भएमा सेवाग्राही, कर्मचारीलाई समेत काम गर्न सहज हुने बताए । गाउँपालिकाको कार्यालय हाल भाडाको घरमा सञ्चालनमा छ ।

भ्रमणको रकमले एम्बुलेन्स किन्ने

जानकी गाउँपालिकाले जनप्रतिनिधिको अवलोकन भ्रमणका लागि छुट्याएको रकम एम्बुलेन्स खरीदमा खर्च गर्ने निर्णय गरेको छ ।

मङ्गलबार बसेको गाउँ कार्यपालिकाको बैठकले भ्रमणका लागि छुट्याइएको रु १० लाख रकमले एम्बुलेन्स खरीद गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बताए ।

“यहाँ एम्बुलेन्स छैन, गाउँपालिकाका नागरिकले एम्बुलेन्स चाहिए लम्की वा टीकापुरबाट मगाउनुपर्छ”, अध्यक्ष चौधरीले भने, “नागरिकलाई राहत होस् भनी भ्रमण नजाने निर्णय गर्यौ ।” गाउँपालिकाका उपाध्यक्ष उमा महतोले सिकाइका लागि भ्रमण आवश्यक भए पनि नागरिकको चाहनालाई प्राथमिकतामा राखेर एम्बुलेन्स खरीद गर्ने निर्णयमा पुगेको बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending