Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

सौराहामा गैँडाको झझल्को दिने सभाहल निर्माण गरिँदै

चितवन । पर्यटकीय नगरी सौराहामा गैँडाको झझल्को दिने गरी सौराहा सभाहल निर्माण गरिने भएको छ । रत्ननगर नगरपालिका–७ सिस्वारचौरमा रु ५५ करोडको लागतमा सुविधासम्पन्न सभाहल निर्माण गर्न लागिएको हो ।

सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका इञ्जिनीयर सृष्टि भुसालका अनुसार सभाहलको बोलपत्र आह्वान भइसकेको छ । पछिल्लो प्रविधि अपनाएर बनाउन लागिएको सो सभाहल दुई हजार १०० वर्गमिटरको हुने भुसालले बताइन् । सभाहलमा एक हजार सहजै बस्न सक्नेछन् । यसका अतिरिक्त १५० क्षमताको बैठककक्ष, आकर्षक स्टेज, पूर्वतयारी कक्ष, शौचालय, कार्यक्रममा नाम दर्ता गर्ने ठाउँ, भवनभित्र खुला क्षेत्र रहनेछन् ।

भुसालले भवनको अगाडिको भाग गैँडाको टाउकोजस्तो देखिने गरी नक्साङ्कन गरिएको जानकारी दिइन् । दुई वर्षभित्रमा सभाहल निर्माण सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरिएको छ । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले राष्ट्रिय र अन्तर्राष्ट्रिय ठूला कार्यक्रम गर्न सभाहल उपयोगी हुने बताए । मानिस बस्नका लागि होटल भएकाले सभाहल बनेसँगै धेरैको कार्यक्रम गर्ने चाहना सौराहा बन्ने उनको भनाइ छ ।

क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरेका अनुसार सौराहामा हाल ११० होटल रहेका छन् । जहाँ दुई हजार ७५० जना बस्न सक्ने क्षमता रहेको छ । सभाहलको अभावमा सौराहामा ठूला कार्यक्रम कम आउने र पालको भरमा कार्यक्रम गर्नुपर्ने बाध्यता यसले अन्त्य गर्ने घिमिरेले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies