Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

गलत सामाजिक र सांस्कृतिक मान्यता र परम्परालाई ध्वस्त पार्नुपर्छ - राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यले सुनिश्चित रहेको सामाजिक परिवर्तन र समृद्धिको यात्रामा धैर्य, साहस, सुझबुझ रुपमा समाजलाई परिचालित गर्ने चेतनशील र जागरुक समुदाय अग्रसर हुन आवश्यक रहेको बताइन् । बुढानीलकण्ठ नगरपालिका–७ हात्तीगाैंडामा मानवअधिकारको लागि एकल महिला समूहको नवनिर्मित छहारी भवनको आज उद्घाटन गर्दै उनले यस्तो प्रयासबाट समाज, राष्ट्र र सम्पूर्ण विश्व नै सुसंस्कृत बन्न गई मानव जीवन सुखी र सम्पन्न हुने उल्लेख गरिन् ।

राज्यले अँगालेका महत्वपूर्ण प्रावधानको प्रभावकारी कार्यान्वयनले महिलाको चौतर्फी विकासमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको बताउँदै राष्ट्रपति भण्डारीले भनिन्, “सदियाँैदेखि समाजको आधारभूत तहमा जरा गाडेर बसेको गलत सामाजिक तथा सांस्कृतिक मान्यता र परम्परालाई ध्वस्त पार्न अझै ठूलो परिश्रम र मिहेनत गर्नुपर्छ ।’’

स्वस्थ्य र सभ्य संस्कृतिको विकास गरी सामाजिक सुसम्बन्धमा आधारित समाज निर्माण गर्ने राज्यको लक्ष्य रहेको बताउँदै उनले मौलिक हकको रुपमा संविधानमै असहाय र एकल महिलाको लागि सामाजिक सुरक्षाको व्यवस्था गरेको छ भनिन् । राष्ट्रपति भण्डारीले भने, “मुलुकमा महिला उत्थान र विकासका लागि सकारात्मक विभेद नीति र कानूनसमेत तर्जुमा भएका छन्, देशमा रहेका सामाजिक र सांस्कृतिक कुरीति, कुसंस्कार र कुप्रथाको अन्त्य गर्ने संवैधानिक सङ्कल्प छ ।’’

समारोहमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक र संवैधानिक दृष्टिकोणले आधारभूत रुपमा समाजमा भेदभाव टुङ्गिए पनि सामाजिक, सांस्कृतिक र आर्थिक पाटोबाट भने भेदभाव अझै हट्न बाँकी नै रहेको बताए । उनले भने, “सामाजिक चेतना र जागरणका माध्यमबाट समाजमा देखिएका विभेद अन्त्य गर्नेतर्फ हाम्रो प्रयास छ । यसका लागि सामाजिक अभियान चलाउनुपर्छ ।’’

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले एकल महिलाको हक अधिकार र सम्मानको लागि २५ वर्षदेखि थालिएको अभियानले मुलुकभरका महिलालाई सङ्गठित गर्न सफल भएको बताए। उनले भने, “सामन्ती संस्कार बोकेको नेपाली समाजबाट अझै पनि महिला घरेलु हिंसाको शिकार हुँदै आएका छन्, यस्ता विकृति, विसङ्गति र अत्याचारविरुद्ध सामाजिक अभियान चलाउनुपर्ने अवस्था छ ।’’

समूहकी अध्यक्ष कुन्ता शर्माले एकल महिलालाई धर्म र संस्कृतिको जन्जिरमा बाँध्ने काम हँुदै आएकाले सबैको प्रयासमा यस खालका कुरीतिलाई अन्त्य गर्न आवश्यक रहेको बताए ।

संस्थाकी संस्थापक अध्यक्ष लिली थापाले एकल भएकै आधारमा कुनै महिलालाई विभेद गर्नु हुन्न भन्ने अभियान सञ्चालन गर्ने सोचले स्थापना गरिएको समूहमा अहिलेसम्म एक लाख ६० हजार एकल महिला सङ्गठित रहेको जानकारी दिए । उक्त समूह स्थापनाको रजत महोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा ७६ जिल्लाका ५०० प्रतिनिधिको सहभागिता रहेको थियो । पछिल्लो जनगणनाअनुसार मुलुकमा एकल महिलाको सङ्ख्या कूल जनसङ्ख्याको ५।८ अर्थात छ लाख एक हजार छ ।

छोरालाई पढाउने छोरीलाई भने सानो उमेरमै विवाह गरेर धपाउने प्रवृत्ति अझै पनि समाजमा ठूलो रोगको रुपमा रहेकोबारे सो अवसरमा सबैको ध्यानाकर्षण गरियो । तीमध्ये २० देखि ३० वर्ष उमेर समूहका महिलाको ६७ प्रतिशत रहेको बताइएको छ । एकल महिलामध्ये निरक्षर महिलाको सङ्ख्या ८६ प्रतिशत रहेको जनाइएको छ । विगतमा भएको १० वर्षे द्वन्द्वका क्रममा १० हजारको सङ्ख्यामा महिला विधवा भएका थिए ।

उक्त समूहले यसअघि मुलुकमा विभिन्न स्थानमा १६ वटा छहारी भवन निर्माण गरिसकेको र यसबाट शितलता मात्रै होइन, एकल महिलाका लागि ऊर्जासमेत मिलेको जानकारी दिइयो । भारतीय सरकारको आर्थिक सहयोगमा उक्त भवन निर्माण भएको हो । सङ्घ, प्रदेश र स्थानीय तहमा गरी अहिले मुलुकभरबाट १४६ जना एकल महिला जनप्रतिनिधिका रुपमा काम गरिहेको बताइएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending