Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

यी स्थानीयवासी जसले करोडौँको जग्गा विद्युत् प्राधिकरणलाई दान गरे

गलकोट। गलकोट नगरपालिका–४ डाँडाखेत निवासी चुडामणि शर्माले नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रलाई रु एक करोड मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन् ।

केन्द्रले गलकोट प्रशाखा स्थापनाका लागि जग्गा खोजी गरिरहे पनि तीव्र शहरीकरण भएको गलकोट नगरपालिकामा आवश्यक जग्गा नपाउँदा समस्या भइरहेको थियो । आफ्ना स्व बाबा डण्डपाणि शर्माको स्मृतिमा गलकोट नगरपालिका–२ नरेठाटीस्थित मध्यपहाडी लोकमार्गसँगैको दुई रोपनी तीन दाम दुई पैसा जग्गा प्राधिकरणको नाममा नामसारी गरेको उनले बताए । \'गलकोटमा कार्यालयको सेवा प्राप्त गर्नु पश्चिमवासीकै लागि खुशीको कुरा हो\', दाता शर्माले भने, \'आफ्ना बाबुबाजेको जग्गामा सरकारी कार्यालय स्थापनाका लागि जग्गा प्रदान गर्दा म खुशी छु ।\'

जिल्लामा पहिलोपटक सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै उक्त केन्द्रले प्रशाखा स्थापना गर्न लागेको केन्द्रका प्रमुख कपिलराज पाण्डेयले बताए । यही जेठ ७ गते मङ्गलबार मात्र जग्गादाताले प्राधिकरणको नाममा जग्गा नामसारी गरिदिएको उनको भनाइ थियो । \'हामी लामो समयदेखि प्रशाखा स्थापनाका लागि जग्गाको खोजीमा थियौँ\', प्रमुख पाण्डेयले भने, \'निःशुल्क प्राप्त भएको जग्गामा तत्कालै प्रशाखा भवन निर्माण थाल्नेछौँ ।\' उनका अनुसार प्रशाखा स्थापना भएपछि पश्चिम बागलुङका सेवाग्राही जिल्ला सदरमुकाम आउनुपर्ने बाध्यता अन्त्य हुनेछ । प्रशाखाबाट विद्युत् मिटर वितरणलगायत वितरण केन्द्रबाट गरिनै सबै प्रकारका सेवा उपलव्ध गराइने जनाइएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: