Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

ऐतिहासिक केदारनाथ मन्दिरको उद्घाटन

भक्तपुर । भक्तपुर दरबार स्क्वायरस्थित पुरातात्विक एवं ऐतिहासिक केदारनाथ मन्दिरको मङ्गलबार उद्घाटन गरिएको छ । गत २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएपछि पुनःनिर्माण गरिएको उक्त मन्दिर नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले उद्घाटन गरेका हुन् ।

भक्तपुर नगरपालिका–३ दरबार स्क्वायरस्थित केदारनाथको मन्दिर भक्तपुर नगरपालिकाले उपभोक्ता समितिमार्फत पुनःनिर्माण गरेको हो । कार्यक्रममा सांसद सुवालले भक्तपुर नगरलाई सांस्कृतिक नगर घोषणा गर्न सरकारसँग माग गर्दै उपत्यकाका मूर्त र अमूर्त सम्पदाको संरक्षण र संवद्र्धनको आवश्यकता रहेको औँल्याए ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्र्धारित समयभन्दा अगावै केदारनाथ मन्दिर पुनःनिर्माण सम्पन्न भएको बताउँदै सम्पदा पुनःनिर्माणमा कहिल्यै पनि अरुको भर पर्न नहुने बताए । त्यस अवसरमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, नपाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारी, कार्यक्रमका सभापति एवं भक्तपुर नपा–३ का वडाध्यक्ष राजकृष्ण गोरालेलगायतले यहाँका सम्पदा पुनःनिर्माणमा नगरपालिकाले देखाएको अग्रसरता नमूना रहेको चर्चा गरे ।

कार्यक्रममा केदारनाथ मन्दिर पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष रामकृष्ण त्वायनाले मन्दिरको साँचो भक्तपुर नपाका प्रमुख प्रजापतिलाई हस्तान्तरण गरे ।

वडा कार्यालय उद्घाटन

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिका–१ को नवनिर्मित वडा कार्यालय भवनको मङ्गलबार उद्घाटन गरेका छन् ।

उनले नक्सा पास र मापदण्डबारे सर्वसाधारण जनतालाई अभिमुखीकरण गर्दै जानुपर्ने र नगरभित्रका घर पुनःनिर्माण तथा नवनिर्माण नक्साबमोजिम नै बनाउनुपर्नेमा जोड दिँदै सम्पदा उत्खननमा सम्बन्धित नगरपालिका, प्रशासन र पुरातत्व विभागको सहभागिता आवश्यक रहेको बताए ।

कार्यक्रममा भक्तपुर नगरपालिका प्रमुख प्रजापतिले विकास निर्माणको काम ठेक्कापट्टामा गराउँदा गुणस्तरहीन निर्माण भइरहेकाले नगरपालिकाले उपभोक्ता समितिमार्फत गराइरहेको बताउनुभयो । नपाका उपप्रमुख जोशी, नपाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारी, वडा नं १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीलगायतले उपभोक्ता समितिमार्फत भइरहेको काम प्रभावकारी भइरहेको बताउनुभयो ।
–––

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending