पर्वत । दक्षिण पर्वतको पैँयु गाउँपालिका–६ स्थित चेतकुमारी आलेको घरमा कोही नभएको मौका पारी चोरी गर्ने कार्यमा संलग्न दुईलाई इलाका प्रहरी कार्यालय हुवास पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पैँयु गाउँपालिका–६ बस्ने ३६ वर्षीय नारायण आले र २६ वर्षीय सोम राना रहेका छन् ।
उक्त घरको दराज तोडफोड गरी चोरी गरेको रानीहार एक थान, बटारे बाला एक थान, छापे औँठी एक थान, चन्द्रमा एक थान, झुम्का दुई थान, विन्दिया एक थान, बेरुवा औँठी एक थान र सिक्री एक थान अभियुक्त नारायण आलेको घरको शौचालयमा लुकाइ राखेको अवस्थामा फेला परेको थियो । शुक्रबार चोरी गरेका अभियुक्तलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
मेरुदण्ड पक्षघात भएका गिरीलाई प्रवासीद्वारा रु दुई लाख सहयोग
पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटका मेरुदण्ड पक्षघातबाट पीडित युवालाई प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । बारीमा मकै छर्ने बेला गोरुले हानेर लडेपछि मेरुदण्ड पक्षघातबाट पीडित बनेका ३२ वर्षीय माधव गिरीलाई अमेरिकामा बस्दै आएका प्रवासी नेपालीले रु दुई लाख १० हजार आर्थिक सहयोग गरेका हुन् ।
पर्वत र छिमेकी जिल्लाबाट अमेरिका पुगेका प्रवासीसँग सङ्कलन गरिएको रकम जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि। पौडेलले पीडित गिरीको घरमा नै पुगेर हस्तान्तरण गरेका हुन् । उक्त रकम खुर्कोटबाट वैदेशिक रोजगारका लागि अमेरिका पुगेका कुमार केसीको पहलमा सङ्कलन गरिएको थियो । केसीको पहलमा करीब ३० जनाले २५ देखि १२० डलरसम्म सहयोग गरी एक हजार ९०० अमेरिकी डलर सङ्कलन गरी पठाएका थिए ।
गिरीले ज्याला मजदूरी गरी पाँच जनाको परिवार पाल्दै आएका थिए । गिरीको उपचारमा मात्रै रु पाँच लाखभन्दा बढी खर्च भएको स्थानीय समाजसेवी शेषराज रेग्मीले बताए ।
उपचारपश्चात् ज्यान बचे पनि उहाँको घाँटीभन्दा तलको कुनै पनि शरीरको भाग स्वचलित छैन । चौबीसैँ घण्टा ओछ्यानमा थलिएका गिरीको एक श्रीमती, दुई छोरी र छोरा छन् । दुर्घटनापछि श्रीमती पार्वती चौबीसैँ घण्टा श्रीमानको सेवामा खटिनुपर्ने अवस्था आएपछि छोराछोरीको पढाइ, उपचारमा लागेको ऋण तिर्ने र बिहान–बेलुकाको छाक जुटाउने चिन्ता भएको श्रीमती पार्वती गिरी बताउछिन् ।
करीब चार वर्ष विदेशमा बिताएका गिरी ०७२ माघमा घर फर्किनुभएको थियो । कतार, साउदी र ओमनलगायत थुप्रै देशमा गए पनि अपेक्षित पारिश्रमिक नपाएपछि परिवारसँगै बसेर गाउँमै उद्यम गर्ने अभिलाषाका साथ घर फर्किएका गिरी घर फर्किएको दुई महीनामा नै दुर्घटनामा परेका थिए । रासस
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: