Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

गाेविन्द केसीले गरे फेरि सत्याग्रहकाे चेतावनी, (हेर्नुहाेस् विज्ञप्तिकाे पूर्णपाठ)

काठमाडौं, ५ जेठ। डा. गोविन्द केसीले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले न्यायको रक्षक नै भक्षक भएको भन्दै न्यायाधिश नियुक्तिका क्रममा दलीय भागवण्डा हावी भएको बताएका छन् ।
न्यायलाई किनबेचको वस्तु बनाउने हो भने फेरि सत्याग्रहका कार्यक्रमहरु ल्याउन बाध्य हुने विज्ञप्ति मार्फत चेतावनी पनि दिए। न्याय परिषदको नेतृत्वलगायत दलीय भागवण्डामार्फत न्यायलयमा कार्यकर्ता व्यवस्थापन गर्ने प्रमुख दलका नेताहरु यो अवस्थाका लागि जिम्मेवार भएको समेत उनले बताए।

साथै डा.केसीले अनसनरत चिकित्सकहरुको माग सम्बोधन गर्नको लागि सम्बन्धित निकायलाई आग्रह समेत गरे। डाक्टर केसीले पेशागत सुधार र न्यायको माग गर्दै अनसनरत नर्सहरु जिता बराल र डिकी शेर्पाको जीवनरक्षाको लागि नर्सहरुको जायज माग सम्बोधन गर्न आवश्यक भएको स्पष्ट पारेका छन्।

जारी विज्ञप्तिमा भनिएको छ ‘स्वास्थ्य सेवा प्रवाहमा अद्वितीय भूमिका हुने नर्सहरु चर्को श्रम शोषणमा पर्नु, पेशागत सुरक्षा नहुनु, पेशागत माग राख्दा अपमानित हुनु, बारम्बार जायज आवाजहरु उठाइरहँदा कतै पनि सुनुवाइ, अनसनरत हुँदासमेत राज्य र सम्बन्धित निकाय संवेदनशील नहुनु हाम्रो समाजकै लागि लाजर्मदो कुरा हो।’

प्रेस विज्ञप्तिको पूर्णपाठ
आदरणीय पत्रकार मित्रहरु
मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सुशासन, सबै विपन्न नागरिकहरुको सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार तथा सबै विद्यार्थीको योग्यताका आधारमा निःशुल्क वा सस्तो शुल्कमा चिकित्सा तथा स्वास्थ्य शिक्षाका अन्य विषयहरु पढ्ने अधिकारका लागि हामी निरन्तर लडि आएको विदितै छ।

यसै क्रममा माफियाहरुको प्रभावमा परेर मेडिकल शिक्षाको गुणस्तर गम्भीर रुपमा खस्किने गरी निर्णयहरु गर्ने तथा निहित स्वार्थका लागि नियामक निकायहरुमाथि हस्तक्षेप गर्ने न्यायालयका पदाधिकारीविरुद्ध समेत हामीले संघर्ष गरिआएका छौँ।

पछिल्लो समय बिचौलिया तथा दलीय चाटुकारीका कारण बदनामी कमाएका व्यक्तिहरुलाई न्यायालय प्रवेश गराइएपछि मेडिकल शिक्षालाई अस्तव्यस्त बनाउने क्रम फेरि शुरु भएको छ। केही दिन अगाडि गत स्थापित नियम विपरीत ‘प्रवेश परीक्षा विना नै भर्ना हुन पाउँ’ भन्ने एक नीजी मेडिकल कलेजको कथित विद्यार्थीको निवेदनमा अन्तरिम आदेश जारी गरिएको छ।

जबकी गत पुसमा सर्वोच्च अदालतले नै त्यस्तो अन्तरिम आदेश जारी गर्न अस्वीकृत गरेको थियो।यस्ता निर्णयले वषौंको संघर्षपछि योग्य विद्यार्थीलाई मात्रै मेडिकल शिक्षाका लागि भर्ना गर्ने स्थिति भताभुंग पार्ने मात्रै हैन, शैक्षिक र आर्थिक अपराध गर्ने मेडिकल माफियाहरुलाई जतिसुकै नियम–कानुन मिचे पनि सर्वोच्च न्यायालयका खास मानिसहरुसम्म पुग्न सके उन्मुक्ति पाइन्छ भन्ने आत्मविश्वास समेत दिन्छ।

फलस्वरुप काउन्सिल र विश्वविद्यालयलगायत नियामक निकायहरुले जति प्रयास गरे पनि सुधारको प्रक्रिया अवरुद्ध हुन्छ र मेडिकल शिक्षाको गुणस्तर घटिरहन्छ।त्यसबाट अयोग्य स्वास्थ्य जनशक्ति निर्माण मार्फत आगामी धेरै दशकसम्म सेवाग्राही नागरिकहरुको स्वास्थ्य र जीवन खतरामा परिरहन्छ।

न्यायको रक्षक नै भक्षक हुने यस्तो अवस्थाको कारण न्यायाधीश नियुक्तिका क्रममा हाबी भएको दलीय भागवण्डा तथा विचौलिया व्यवस्थापन हो। त्यसैले न्याय परिषदको नेतृत्वलगायत दलीय भागवण्डामार्फत न्यायालयमा कार्यकर्ता व्यवस्थापन गर्ने प्रमुख दलका नेताहरु यो अवस्थाका लागि जिम्मेवार छन्।

अहिलेकै अवस्था रहेमा न्यायलाई किनबेचको वस्तु बनाउने व्यक्तिहरुदेखि त्यो अवस्था सुनिश्चित गर्ने नेताहरुलाई समेत जवाफदेही बनाउन सत्याग्रह समेतका विरोध कार्यक्रमहरु ल्याउन हामी बाध्य हुनेछौं। स्मरण रहोस, न्यायालयमा पुगेका खराब व्यक्तिहरुका कारण संस्थाका रुपमा न्यायालयको गरिमा नगिरोस् भनेर हामीले नागरिकका हैसियतले यस अगाडि सत्याग्रहसमेतका कार्यक्रम गरिसकेका छौँ र अबका दिनमा पनि हाम्रो त्यस्तो जिम्मेवारी रहने अवस्थाप्रति हामी सचेत छौँ।

राज्यको कुनै पनि अंगलाई दल विशेष, माफिया वा अपराधीहरुको स्वार्थ पुर्ति गर्ने माध्यम बन्न नदिन नागरिकका रुपमा हामी निरन्तर लागि रहनेछौँ। साथै पेशागत सुधार र न्यायको माग गर्दै अनसनरत नर्सहरु जिता बराल र डिकी शेर्पाको बिग्रंदो स्वास्थ्य अवस्था तथा सरकारले उहाँहरुको मागप्रति देखाएको चरम असंवेदनशीलताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

स्वास्थ्य सेवा प्रवाहमा अद्वितीय भूमिका हुने नर्सहरु चर्को श्रम शोषणमा पर्नु, पेशागत सुरक्षा नहुनु, पेशागत माग राख्दा अपमानित हुनु, बारम्बार जायज आवाजहरु उठाइरहँदा कतै पनि सुनुवाइ नहुनु तथा केही सीप नलागेर अनसनरत हुँदा समेत राज्य र सम्बन्धित निकाय संवेदित नहुनु हाम्रो समाजकै लागि लाजर्मदो कुरा हो।

हामीले यस अगाडि नै बारम्बार चिकित्सा लगायत स्वास्थ्य सेवाका सबै कार्यक्रमहरुको गुणस्तर कायम राख्नका लागि बलियो नियमनको माग गर्दै आएका छौँ। त्यसका साथै उत्पादित जनशक्तिको उपयुक्त रोजगारीका लागि समेत राज्यले जिम्मेवारी लिनुपर्छ। हाल कायम निम्छरो स्वास्थ्यकर्मी र नर्सःजनसंख्या अनुपातलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम सुधार गर्दै लगेर स्वास्थ्य सेवामा भुइँ तहदेखि नै नागरिकहरुको पहुँच बढाउनु अनिवार्य छ।

त्यसो गर्नुको सट्टा अहिले नै अन्यायमा परेका तथा चर्को बेथितिविरुद्ध आवाज उठाउने नर्सिङ अभियन्ताहरुको सुनुवाइ भइरहेको छैन। यसै विज्ञप्तिमार्फत तत्काल अनसनरत अभियन्ताद्वयका मागहरु पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँछौँ। दीर्घकालमा हाल कायम चिकित्सा तथा स्वास्थ्य शिक्षाको अन्धाधुन्ध व्यापारीकरण रोकेर दीर्घकालीन योजनासहित आवश्यक मात्रामा गुणस्तरीय जनशक्ति उत्पादन गर्ने तथा स्वास्थ्य सेवालाई भुइँतहसम्म बिस्तार गर्दै उत्पादित जनशक्तिलाई आत्मसम्मानसहितको रोजगारीको व्यवस्था गर्न माग गर्दछौँ।

यी लगायत मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका सबै उपलब्धिहरुलाई संस्थागत गर्नका लागि हामी लड्दालड्दै नेतामुखी र माफियामुखी प्रावधानहरु सहित सरकारले जबर्जस्ती चिकित्सा शिक्षा ऐन जारी गरेका छ।यस अगाडि हामीसँग सम्झौता भएबमोजिम जनतामुखी र विद्यार्थीमुखी प्रावधान राखी उक्त ऐन संशोधन गर्न पनि जोडदार माग गर्दछौँ।
-डा गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies