Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

नेपाल एकिकरण क्रममा गोर्खाली सेना हिँडेको रुट प्रबर्धन गर्दै अभियन्ताहरू

सिन्धुली । समृद्ध सिन्धुली अभियानले ऐतिहासिक हरिहरपुरगढीलाई तत्कालीन गोर्खाली सेनाले अंग्रेजी सेनालाई परास्त गरेको सिन्धुलीगढीसँग जोड्ने पदमार्ग निर्माणलाई तीब्र बनाएको छ ।

नेपाल एकिकरणका क्रममा तत्कालीन गोर्खाली सैनिकहरू हिँडेका ऐतिहासिक स्थलहरूलाई पर्यटकीय पदमार्गले जोड्ने योजना अनुसार अभियानले हरिहरपुरगढी–सिन्धुलीगढी पदमार्ग निर्माण सुरु गरेको हो । नेपाल एकिकरण गर्ने पृथ्वीनारायण साहकी पत्नी इन्द्रकुमारीले घन्ट चढाएको घण्टेस्थित महादेवको मन्दिरबाट पदमार्ग निर्माण सुरु गरिएको हो ।

पदमार्ग निर्माणमा दैनिक ८५ जना कामदार खटिएको पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष लीलानाथ घिमिरेले बताए । घण्टेबाट सुरुभएको पदमार्ग निर्माण ऐतिहासिक हरिहरपुरगढी किल्ला, जितपुरगढीहुँदै भिमगढ पुगेको छ । ‘दैनिक ८० देखि ९० जना कामदार जंगलमै बास बसेर काममा खटिएका छन्,’ अध्यक्ष घिमिरेले भने, ‘सबैको सक्रिय सहभागिताले पदमार्ग निर्माण सोचेभन्दा तीब्र रुपमा भइरहेको छ ।’ कामदारले बाटोमा पर्ने चौतारा, प्रतीक्षालय निर्माण, मर्मत गरिरहेका छन् ।

पदमार्गमा पर्ने खोरभञ्ज्याङमा काठको कलात्मक प्रतीक्षालय निर्माण गरिएको छ । यस्तै प्रतीक्षालय जीतपुरगढीमा निर्माण हुँदै योजना छ । धरान–चतरा जोड्ने मदनभण्डारी लोकमार्गमा पर्ने घन्टेमा पदमार्ग सुरु हुने कलात्मक प्रवेशद्वार निर्माण भइरहेको छ । ‘मदन भण्डारी लोकमार्गमा यात्रा गर्नेहरू पदमार्गहुँदै एक घण्टामै ऐतिहासिक हरिहरपुरगढी पुग्न सक्छन्, पदमार्गका अध्यक्ष लीलानाथ घिमिरेले भने, चौधौं सताब्दीमा बनेको ऐतिहासिक किल्ला हेर्न हरेक नेपालीलाई यो पदमार्गले सघाउने छ ।

तत्कालीन गोर्खाली सेनाले नेपाल एकिकरण क्रममा हिँडेको बाटोलाई पर्यटकीय पदमार्ग बनाउन समृद्ध सिन्धुली अभियानले काम थालेको हो । अभियानलाई नेपाली सेनाले पदमार्ग निर्माणमा सघाउने भएको छ । सेनाको लेफ्टिनेन्टको नेतृत्वमा ४० जनाको समुह हरिहरपुरदेखि पदमार्गको पाइलट ट्रेल निर्माण गर्दै सिन्धुलीगढीतर्फ अगाडि बडेको सिन्धुलीस्थित बर्दबहादुर गणका गणपति राजिव थापाले जानकारी दिए ।

नागरिक अधियन्ताहरूसँग मिलेर हामी तत्कालीन गोर्खाली सेनाहरू हिँडेको बाटोलाई पर्यटकीय पदमार्ग निर्माणमा सघाइरहेका छौं,’ उनले भने, ‘पहिलो चरणमा अप्ठारा ठाउँलाई हिँड्न लायक बनाउने, विश्राम गर्न चौतारा, प्रतीक्षालय बनाउने, संकेत चिन्हरू राख्ने खाम हाम्रो टोलीले गर्ने छ । दोस्रो चरणमा हामी पदमार्ग निर्माण उपभोक्ता समितिले निर्माण गरेर बाँकी रहेको सिन्धुलीगढीसम्मको सबै पदमार्ग निर्माण गर्ने योजनामा छौं ।’ एकिकरण पदमार्गलाई प्रबर्धन गर्ने सेनाको नीति अनुसार हरिहरपुरगढी र सिन्धुलीगढी पदमार्ग निर्माण थालिएको उनले जानकारी दिए ।

चौधौं सताब्दीमा बनेको हरिहरपुरगढी अझै ओझेलमा छ । त्यही समयमा बनेको सिन्धुलीगढी तत्कालीन ब्रिटिस सेनालाई पराजित गरेको गौरवशाली इतिहास बोकेर बसेको छ । यी दुई स्थल पदमार्गले जोड्न सकिने आफ्नो अध्ययनले देखाएको घिमिरेले बताए । अभियानका संयोजक लीलानाथ घिमिरेसहित प्राविधिक, समाजशास्त्री, पत्रकारलगायत ८ जनाको टोलीले गत महिना पदमार्गको अध्ययन गर्न हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म ७ दिन लगाएर यात्रा गरेको थियो ।

सिन्धुलीगढी भारतमा शासन गरिरहेको तत्कालीन अंग्रेज सेनालाई काठमाडौंतर्फ आउँदै गर्दा गोर्खाली फौजले पराजित गरेर लखेटेको ऐतिहासिक स्थल हो । पृथ्वीनारायण शाहको नेपाल एकिकरण अभियानलाई रोक्न आएका अंग्रेजी फौजलाई विक्रम संवत् १८२४ मा वीर गोर्खालीले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा लडेर परास्त गरेका थिए । संसारमा आफ्नो साम्राज्य खडा गर्न अगाडि बढेको बेलायती साम्राज्यलाई परास्त गरेको सम्झनामा हरेक बर्ष विजयोत्सव मनाइन्छ । सिन्धुलीगढी किल्ला विक्रम संवतको १४ औं सताब्दीमा स्थापना भएको इतिहासकारहरूको भनाइ छ ।

त्यस्तै हरिहरपुरगढी सिन्धुलीगढीको भन्दा पूरानो इतिहास बोकेको किल्ला हो । बाराको सिम्रौनगढमा बंगाल मुसलमानको भिषण आक्रमणबाट सिम्रौनगढ राज्यको पतन भएपछि बाराका तत्कालित राजा हरिसिंह देव वि।सं। १३८७ मा सिन्धुली आएर सानो किल्ला बनाएर बसेका थिए । त्यही किल्लाले राज्यको रूप लिएको थियो । यस किल्लालाई राजा हरिसिंह देवकै नामबाट हरिहरपुरगढी भनेर भन्न थालियो । झण्डै ६ सय बर्षअघि बनेको यो किल्ला अहिले पनि पुरानो स्वरुपमा जस्ताको तस्तै छ ।

ऐतिहासिक महत्व बोकेका यी दुई गढीको प्रचार–प्रसार गरि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पदमार्ग निर्माण सुरु गरिएको संयोजक घिमिरे बताउछन् । ‘कतिपयलाई सिन्धुलीगढी र हरिहरपुरगढीको महत्वबारे थाहै छैन,’ उनले भने, ‘राष्ट्रिय गौरवका रुपमा रहेको ऐतिहासिक सिन्धुलीगढी र हरिहरपुरगढीबारे प्रचार–प्रसार गरि पर्यटन प्रवद्र्धन गर्ने हाम्रो उद्देश्य हो ।’ यस यात्राले नेपाल र नेपालीको स्वाभिमान जोगाउने राष्ट्रकै महत्वपूर्ण स्थलको प्रचारमा सघाउ पुग्ने आफूले विश्वास लिएको उनले बताए ।

पदमार्ग निर्माण गर्न पूर्वमन्त्री तथा सांसद हरिवोल गजुरेलले केही रकम छुट्याएका छन् । उक्त रकमबाट उपभोक्ता समिति गठन गरेर निर्माणको काम सुरु गरिएको हो । ‘ऐतिहासिक स्थलहरू जोड्ने पदमार्गमा पर्यटकहरूलाई हिँडाउन सके स्थानीय बासिन्दालाई आय आर्जनमा सघाउन सकिन्छ,’ गजुरेलले भने, ‘त्यसैले पदमार्ग निर्माण गर्न प्रयास गरेको हुँ ।’ उनले यस पदमार्गलाई स्थापित गर्न आफूले निरंतर सहयोग गरिरहने बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending