Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

यार्सागुम्बा र नगदसहित २० जना तस्कर पक्राउ

डोल्पा । हिमाली जिल्ला डोल्पाको ढाढाचौर यार्सापाटनबाट अवैध रुपमा छिरेका २० जना यार्सागुम्बा तस्कर पक्राउ परेका छन् । सुम्दो चेकपोष्टबाट खटिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका कर्मचारी र नेपाली सेनाको संयुक्त गस्ती टोलीले ढाढाचौर यार्सापाटनबाट १६ पुरुष र चार महिलासहित २० जनाको समूहलाई पक्राउ गरेको निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए ।

पक्राउ पर्ने सबै जुम्ला जिल्लाका भएको निकुञ्जले जनाएको छ । पक्राउ पर्नेमा गोठीचौर गाउँपालिका–१ का जुनबहादुर महतारा, कविता महतारा, सिर्जना ऐडी र सुशीला बस्नेत तथा वडा नं १ २ का सूर्य बोहोरा, बलीबहादुर बोहोरा, एकराज बुढा, मुनवीर बुढा, खुम बोहोरा, मानबहादुर ऐडी, खड्क बोहोरा, कमल बुढा, दलबहादुर थापा, सुशीलादेवी बुढा र कर्ण बुढा रहेका छन् । त्यस्तै तातोपानी गाउँपालिका–८ बस्ने कालीबहादुर थापा, तप्तबहादुर थापा, जनक थापा र निशान थापा तथा पातारासी गाउँपालिका–५ का गोर्ख बुढालाई पनि गस्ती टोलीले पक्राउ गरेको छ ।

उनीहरुबाट १५० ओटा यार्सागुम्बा, नगद रु दुई लाख ८१ हजार, कुटो १८, हँसिया एक थान र मोबाइललगायत सामानहरु बरामद गरिएको निमित्त संरक्षण अधिकृत यादवले जानकारी दिनुभयो । उनीहरु यार्सापाटन खुला गर्ने समय अगावै अवैध रुपमा चोरी–तस्करी गर्ने उद्देश्यले पाटनमा छिरेको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको निकुञ्जले जानकारी दिएको छ ।

जिल्लास्थित सरोकारवाला निकायको बैठकले यही जेठ १३ मा मात्रै डोल्पाका सम्पूर्ण यार्सा पाटन खोल्ने निर्णय गरेकाले पाटन खुल्नु अगावै चोरी शिकारी गर्ने उद्देश्यले पाटन छिर्ने जो कोहीलाई पक्राउ गरेर कारवाही गरिने निकुञ्जको भनाइ छ ।

वैशाखदेखि हालसम्म नेपाली सेना र निकुञ्जको टोलीले विभिन्न यार्सा पाटनबाट ५२ जना यार्सागुम्बा तस्कर पक्राउ गरिसकेको निकुञ्जले जनाएको छ । यसअघि पनि नेपाली सेनाको गस्ती टोलीले निकुञ्ज क्षेत्रमा पर्ने फेरीगाउँबाट कस्तुरीको छाला र १० वटा पासो बेवारिसे अवस्थामा फेला पारेर निकुञ्जलाई बुझाएको थियो ।

यार्सागुम्बा सङ्कलन गर्ने समय नजिकिँदै गएकाले निकुञ्ज क्षेत्रभित्रका यार्सा पाटनमा चोरी शिकारी बढ्नसक्ने भन्दै सेना र निकुञ्जका कर्मचारीको संयुक्त गस्ती टोली विभिन्न नाका र यार्सा पाटनमा खटिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: