Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

६ वर्षमा एसिड प्रहारका १५ घटना

काठमाडौं । काठमाडौं झोछेंमा गत वर्ष ट्युसन पढ्न गएका किशोरी सीमा बस्नेत र संगीता मगरमाथि एसिड प्रहार भयो। एसिड प्रहार गरेका जीवन विकले ‘फिल्मी शैली’ अपनाएको बयान प्रहरीलाई दिएका थिए। उनले न्युरोडस्थित एक ब्याट्री पसलबाट एसिड किनेर किशोरीमाथि प्रहार गरेका थिए।

आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - एसिडको खुलेआम बिक्रीमा निगरानी नगरिँदा आपराधिक मानसिकता भएका व्यक्तिले यसलाई हतियार बनाउँदै आएका छन्। घातक रसायन एसिडको खुलेआम बिक्री भइरहेको बुधबार साँझ भएको अर्को घटनाले पुष्टि गर्छ। कालोपुलमा जेनी खड्कालाई एसिड प्रहार गरेका विष्णु भुजेलले बनेपास्थित एक सुनपसलबाट खरिद गरेको बयान दिएका छन्।

बस्नेत र मगरमाथि एसिड प्रहार गर्ने विक पक्राउ गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले जथाभाबी एसिड बिक्री गर्नेमाथि कडाइ गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका थिए। प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार विगत ६ वर्षयता देशभरमा १५ वटा एसिड प्रहारका घटना भएका छन्।

२०७१ देखि २०७६ जेठसम्म आइपुग्दा एसिड प्रहारबाट १२ महिला र तीन पुरुष पीडित भएका छन्। तीमध्ये दुईको मृत्यु भएको छ। अन्य घाइते भएका छन्। प्रहरीले एसिड प्रहारमा संलग्न दुई जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाएको छ भने १२ जनाविरुद्ध ज्यान मार्ने उद्योग र एकजनाविरुद्ध केही सार्वजनिक अपराध सजाय ऐनअन्तर्गत मुद्दा चलाएको छ।

ब्याट्री पसल, सुनचाँदी पसल, सवारीसाधनका वर्कसपलगायत स्थानमा एसिड खरिदबिक्री हुन्छ। एसिड प्रहारका घटना हुन नदिन यसको जथाभाबी बिक्रीवितरण रोकिनुपर्ने बताउँछन् विज्ञ। नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी भन्छन्, ‘रिसइबी साँध्ने सजिलो बस्तु बन्यो एसिड। जथाभाबी बिक्री गर्ने बाटो रोक्नुपर्ने देखियो। व्यवसायी हो भन्ने पुष्टि भएमा मात्रै बिक्री गर्ने गरी निर्देशिका जारी गर्न सकिन्छ।’

प्रहरी प्रवक्ता डिआईजी पोखरेलले एसिड धेरै काममा आवश्यक पर्ने भएकाले यसको बिक्रीवितरणमा कडाइ गर्न सहज नहुने बताए। उनले भने, ‘एसिड धेरै उपयोगी र दुरुपयोग गर्नेका लागि खतरनाक हो। यसको बिक्रीवितरणमा रोक लगाउनुभन्दा पनि पीडक आफैं बढी सचेत हुनुपर्छ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending