Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

विपन्न परिवारलाई निःशुल्क मिटरबक्स, वर्षौंको सपना पूरा

भोजपुर । करीब तीन वर्षअघि गाउँमा बिजुली आए पनि भोजपुर नगरपालिका–५, बोखिमका भीम राईको परिवारले धिपधिपे टुकीको भरमा रात कटाउने गरेका थिए । आर्थिक अवस्था कमजोर भएका कारण उनले घरमा बिजुली जोड्न सकेका थिएनन् तर वडाको सिफारिश लिएर विद्युत् प्राधिकरण पुगेपछि वैशाख दोस्रो हप्ता नै घरमै निःशुल्क मिटरबक्स जडान गरिदियो ।

\'निःशुल्क मिटरबक्स पाएपछि बल्ल बिजुली बत्ती बाल्ने सपना पूरा भएको छ,\' उनले भने, \'टुकीको धिपधिपे उज्यालोमा रात काट्नुपर्ने दिन गए ।\' उनीजस्ता मिटर किन्न नसक्ने विपन्न परिवारलाई निःशुल्क मिटरबक्स वितरण गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको निःशुल्क मिटर पाएपछि विपन्न परिवारको वर्षौंको सपना पूरा भएको हो ।

वडाको सिफारिशपछि भोजपुर–८, पोखरेका रमेश विश्वकर्माले पनि निःशुल्क मिटर पाए । सदरमुकाम छेउमै घर भए पनि आर्थिक अवस्था कमजोर भएकाले उनले वर्षौंदेखि दिनरात टुकीमै रात गुजार्नु परेको थियो । प्राधिकरणले निःशुल्क मिटर जडान गरिदिएपछि मात्रै आफ्नो घर उज्यालो बनेको उनले बताए ।

टेम्केमैयुङ गाउँपालिका–७, कोटका हर्कराज राई र जानुकादेवी राईले पनि वडाको सिफारिशका आधारमा मिटर लिएका छन् । गाउँमा बिजुली पुगेको एक वर्षपछि उनीहरुले पनि सो सेवा उपभोग गर्न पाएका हुन् । गाउँका ५० भन्दा बढी घरधुरीले बिजुली बाल्दा आर्थिक अवस्था कमजोरीले उनीहरुको घरमा बिजुली पुगेको थिएन ।

भोजपुर–८ का वडाध्यक्ष गोपाल कार्कीले प्राधिकरणको सहयोगले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका परिवारको घरमा बत्ती बाल्ने सपना पूरा भएको बताए । \'हामीले परिवारको अवस्था हेरेर निःशुल्क मिटरका लागि सिफारिश गर्ने गरेका छौँ,\' उनले भने ।

नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले नौवटै स्थानीय तहका ८१ वटै वडाबाट आर्थिक अवस्था कमजोर भएको सिफारिश ल्याउनेलाई निःशुल्क रूपमा विद्युत् मिटर दिइने जनाएको छ । प्राधिकरणको केन्द्रीय कार्यालयबाट आएको परिपत्रअनुसार विपन्न परिवारलाई विद्युत् मिटर दिन थालिएको वितरण केन्द्रका प्रशासन प्रमुख गणेशप्रसाद खनालले बताए । अतिविपन्न परिवार तथा सांस्कृतिक महत्वका सम्पदाका लागि निःशुल्क मिटर उपलब्ध गराइने व्यवस्था छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending