Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

कतै तपाइँको मोटरसाइकल असुरक्षित ठाउँमा पार्किङ गरिएको त छैन ?

काठमाडौं । तपाइँले मोटरसाइकलको चाबी लगाउन भुल्नु भएको त छैन ? चाबी लगाए पनि ह्याण्डिल बन्द गर्न पो बिर्सनु भयो कि ? या असुरक्षित ठाउँमा पार्किङ गर्नु भएको त छैन ?त्यसो भए मोटरसाइकल चोरी हुने सम्भावना बढी नै हुन्छ ।

चोरहरुले पार्टपूर्जा परिवर्तन गरेर मोटरसाइकल चलाउने गरेकाले तपाइँको मोटरसाइकल भेटिने सम्भावना कम छ । काठमाडौँ उपत्यकामा मोटरसाइकल चोरी गरेर पार्टपूर्जा परिवर्तन गर्ने चोरहरु सक्रिय छन् । मोटरसाइकल ग्यारेज सञ्चालक समेत यसमा संलग्न भएको खुल्न आएको छ ।

यस्तै घटना काठमाडौँको गोकर्णेश्वरको अत्तरखेलमा भएको छ । स्थानीय राजन कार्कीको पार्किङ गरिएको मोटरसाइकल वैशाख २८ गते चोरी भएको भनी महानगरीय प्रहरी वृत्त बौद्धमा आएको निवेदन दर्ता भयो । त्यसको अनुसन्धान गर्ने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीको मोटरसाइकल मर्मत केन्द्रमा विभिन्न मोटरसाइकलका पाटपूर्जा फेला परेका छन् ।

मोटरसाइल मर्मत केन्द्र (ग्यारेज)मा चोरीको मोटरसाइकल लुकाइछिपाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले उक्त स्थानमा खोजी गर्दा उनको मोटरसाइकलका पार्टपूर्जा मोटरसाइकलबाट अलग्याइएको अवस्थामा फेला परेको थियो ।

ग्यारेजमा फेला परेका अन्य ब्राण्डका मोटरसाइकलका पार्टपूर्जासमेत चोरीको भएको आशङ्का गरियो । ती पार्टपूर्जा बरामद गरी सम्बन्धित तीन जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिएका छन् । पक्राउ पर्नेमा काठमाडौँको शङ्खरापुर नगरपालिका–५ पालुबारीका ग्यारेज सञ्चालक तिलकबहादुर तामाङसहित निराजन ओझा र मोहम्मद सज्जाद खान रहेको बोगटीले बताए ।

उक्त ग्यारेजबाट पार्टपूर्जा अलग गरिएको मोटरसाइकलको ट्याङ्की छ थान, साइलेन्सर पाइप, रिङ, टायर, लेगगार्ड र इञ्जिन बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुले पाटपूर्जा निकालेर फरकफरक मोटरसाइकलमा जोड्ने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरीले यसअघि पनि यस्ता घटना भइरहेकाले आफ्ना सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न र राम्ररी ताला लगाउन अनुरोध गरेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending