Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

कालाजार रोगी भन्छन्– 'पत्नी र नातिनी बिते, अब मेरो र छोराको पालो'

\"kalajar\"३ असार, विराटनगर । चारैतिर अग्ला बाँसको घारीका बीचमा मुसहर जातिको बस्ती । बस्तीभित्र ससाना परालका छाप्राहरु । हेर्दा नै अति विपन्न परिवार बस्ने थलो । अचेल सो बस्तीमा कालाजार रोगी देखिन थालेका छन् । विराटनगर उपमहानगरपालिकासँग जोडिएको पूर्वी भागमा अवस्थित वैद्यनाथपुर गाविस–५ अन्तर्गत खाप टोलको वस्तुस्थिति हो यो । सो टोलामा मुसहर जातिका ६४ परिवारको बसोबास छ । सबै सुकुम्बासी हुन् । दिनभरि मजदुरी गरेर घरखर्च टार्ने अवस्था छ, उनीहरूको । सोही बस्तीमा बस्ने ६५ वर्षीय शिवा ऋषिदेवको अवस्था कहालिलाग्दो छ । उनले आफ्नी श्रीमती गुलोदेवी र नातिनी सुमित्रालाई वर्ष नबित्दै कालाजार रोगका कारण गुमाइसकेका छन् । यतिखेर, शिवा र उनका ११ वर्षीय छोरा राजन कालाजार रोगबाट पीडित छन् । \'पत्नी र नातिनीको मृत्यु भइसक्यो, अब मेरो र छोराको पालो छ\', उनी भन्छन्, \'खानका लागि केही छैन । उपचार कहाँबाट गर्नु ।\' कालाजार रोगबाट पीडितलाई आराम गर्नुपर्ने आवश्यकता हुन्छ । तर उनीहरु दिनभर बनिबुतो गरेर घरखर्च धान्न बाध्य छन् । घरमा अरु कोही छैनन्, आफैँ खाना पकाएर खानु पर्दछ, पकाउन नसके भोकै सुत्नुपर्ने हुन्छ । रातको समयमा ज्वरोले छटपटाउनुबाहेक अरु कुनै विकल्प नरहेको बताउँदै उनी भन्छन्–\'हामी गरिबको उपचारको व्यवस्था अविलम्ब हुनुपर्छ ।\' सोही टोलाका अर्का कालाजार रोगी बनारस ऋषिदेव एक वर्षभन्दा बढी समयदेखि बिरामी छन् । कोसी अञ्चल अस्पतालमा उपचार गराएको उनी बताउछन्। \'सित्तैमा औषधि पाइन्छ, गाविस जानु भनेर अस्पतालले गाविस पठाइदियो । गाविसमा पुगेर पूर्जा थमाएपछि औषधि त दिएन, तर भने, ‘नो टेन्सन’, यसको अर्थ के हो, पत्रकारजी ?” उनकी श्रीमती टुप्कीले सोधीन् । अशिक्षित बस्तीका उनीहरुलाई कालाजार रोगको उपचारका लागि सरकारले निःशुल्क रुपमा औषधि उपचारका साथै आवतजावतका लागि एक हजार नगद र सुपानेट झुल उपलब्ध गराउँछ भन्ने विषयमा जानकारी छैन । सोही बस्तीका ६० वर्षे वृध्द देवु ऋषिदेव खेतमा काम गरिरहेका बेलामा ढुङ्गामाथि लडेपछि कम्मरमा गम्भीर असर परेकाले थला परेका छन् । क्षमताअनुसार उपचार त गराए पनि उनको रोग निको भएन । एक वर्षदेखि हिँड्डुल गर्न नसक्ने उनलाई अपाङ्ग परिचयपत्र प्राप्त गरेर मासिक आर्थिक भत्ता पाउने विषयमा थाहा छैन । निर्वाचनका बेलामा मेरो बस्तीमा निकै चहलपहल हुन्छ, नेताहरु आइरहेका हुन्छन्, अहिले गाउँदेखि जिल्लास्तरका कुनै नेता हामीहरुको अवस्था बुझ्न बस्तीमा नपसेकोमा देवु ऋषिदेवले नेताहरुमाथि पटक–पटक आक्रोस पोखे । जिल्ला जनस्वास्थ्य कार्यालयले कालाजार रोगीको खोजपडताल कार्यक्रम सुरु गरेको छ । सो कार्यक्रमअन्तर्गत जेठ २२ गते सो बस्तीका मानिसको रगत परीक्षण गर्दा सात जनामा कालाजारका लक्षण देखापरेको सो कार्यालयले जनाएको छ । मोरङ जिल्लामा विगत नौ महिनामा ८२ जना नयाँ कालाजारका रोगी फेला परेका छन् । पुरानोसमेत गरी १८९ जना बिरामी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङले जनाएको छ । आव २०६७/०६८ मा १७५ जना बिरामीमध्येबाट तीन जनाको मृत्यु भएको थियो । आव २०६८/०६९ मा ९२ जना रोगी रहेका थिए । यस जिल्लाका ववियाविर्ता, मझारे, भातिगछ, सिसवनीजहदा, कटहरि, दुर्वैसा, टङ्कीसिनुवारी र वैद्यनाथपुर गाविसमा रोगी फेला परेका हुन् । सेन्डफ्लाइ नामक भुसुनाबाट यो रोग लाग्ने गर्छ । यो रोगलाई निको पार्नका लागि प्रयोग हुँदै आएको मिल्टोफ्फोसिन नामक औषधिलाई सो रोगको जिवाणुले पचाइसकेका छन् । सो कारणले रोग निको नहुन थालेपछि नेपाल सरकारले अब एमप्रोटिसन ‘बी’ नामक भाइल प्रयोगमा ल्याएको सो कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर रामकुमार लामाले जानकारी गराए । अस्पतालमा भर्ना गरी बिरामीको उमेर र रोगको अवस्थाका आधारमा सिरिन्ज माध्यमबाट औषधि दिने गरिएको उनले बताए । मोरङका अधिकांश कालाजार रोगीलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाउने गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कालाजारबाट प्रभावित ठाउँमा कीटनाशक औषधि छर्ने काम सम्पन्न भइसकेको र नयाँ पत्ता लागेका वैद्यनाथपुर र पानीट्याङ्की गाविसमा चाँडै नै औषधि छर्कने भेक्टर कन्ट्रोल सुपरभाइजर लामाले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies