Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

धार्मिकस्थलहरुलाई अन्तर्राष्ट्रियस्तरमा जोडनुपर्नेमा अध्यक्ष प्रचण्डको जोड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले नेपालका धार्मिकस्थलहरुलाई अन्तर्राष्ट्रियस्तरमा जोडनुपर्नेमा जोड दिएका छन्।

सीता जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र मिथिला प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शक्तिपीठहरुलाई जोडेर धार्मिक पर्यटन सर्किट बनाउन जोड दिएका हुन ।

“पशुपतिनाथदेखि लुम्बिनी र जनकपुर सर्किट तथा पूर्वको पाथिभरादेखि पश्चिमको बडिमालिकासम्म धार्मिक सर्किट बनाउनु जरुरी छ ।” अध्यक्षले भने, “भारत र नेपालका पनि मुख्य शक्तिपीठहरुको सर्किट बनाउन सकेमा यो क्षेत्रमा क्रान्ति नै आउँछ ।”

अध्यक्ष प्रचण्डले सीता र जनकको सम्बन्ध नेपाल र भारतसँग मात्रै नभएर दक्षिण पूर्वी एशियाका देशहरुमा समेत रहेको बताउँदै सीता जयन्तीलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा मनाउनुपर्ने समेत बताए । थाइल्याण्डको राजपरिवारले आफूलाई जनककै वंशज भएको बताउने स्मरण गर्दै प्रचण्डले यसमार्फत दुई देशको पर्यटनलाई अन्तर्सम्बन्धित गर्न सकिने समेत बताए ।

दोश्रोपटक प्रधानमन्त्री भएको बेला चीन र भारतका राष्ट्रपतिसँग गोवामा भेट हुँदा तीनैदेशलाई धार्मिक पर्यटनमार्फत जोडने प्रस्ताव राखेको बताउँदै अध्यक्षले इतिहास र संस्कृतिको बिरासतले यो सम्भव भएको समेत बताए । दुबै देशका प्रमुखहरुले ज्ञान, संस्कृति र कलाको इतिहासलाई जोडनुपर्ने विषयमा निकै सकारात्मक भनाई राखेको बताउँदै अध्यक्षले प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण, रामायण सर्किटको घोषणा तथा अयोध्या बस सेवा त्यसकै निरन्तरता भएको समेत बताए ।

कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले धार्मिकरुपमा सबै धर्म बराबर भएको टिप्पणी गरे । अध्यात्मिक चिन्तनभित्र कतिपय वैज्ञानिक पक्ष रहेको बताउँदै उनले वैज्ञानिक तथ्यहरुलाई धर्म या पन्थको जलप लगाउने काम विगतमा भएपनि अब त्यसो गरिराख्नु नपर्नेमा जोड दिए ।
अध्यक्ष प्रचण्डले सीता बीना राम र रामबिना सीताको कल्पना गर्न नसकिने भएपनि सीतालाई राम जत्तिकै महत्व नदिएको टिप्पणी गरे । सीताको भूमिका कम्ति नभएको उनको भनाई थियो । पितृसत्तात्मक चिन्तनले गर्दा रामनवमी भव्यताका साथ मनाईने तर सीता जयन्तीलाई त्यसरी नै मनाउने काम नभएको उनको भनाई थियो ।
अध्यक्ष प्रचण्डले सीतालाई धार्मिक अर्थमा मात्रै नलिएर यसको ऐतिहासिक र ज्ञानको बिरासतको महत्व बुझेर अघि बढनुपर्नेमा जोड दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending