Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

राज्यको चौथो अङ्गलाई अंकुश लगाउने नीति र नियत बन्द गर !

काठमाडौं । विवेकशील नेपाली दलले राज्यको चौथो खम्बा स्वतन्त्र प्रेसलाई नै प्रतिकूल असर पार्नेगरि सरकारले ल्याएको विधेयकले नेतृत्वलाई जवाफदेही बनाई राख्न चाहिने स्वतन्त्र रुपमा सूचना सम्प्रेषण गर्ने संयन्त्रहरुलाई नै अंकुश लगाएको बताएको छ । आइतबार बिज्ञप्ती जारी गर्दै विवेकशील पाटीले नेपालमा नागरिकलाई विवेकशील र सरकारलाई सेवक बनाउन स्वतन्त्र अभिव्यक्ति र यसको संरक्षक स्वतन्त्र प्रेस अपरिहार्य रहेको बताएको हो ।

बिज्ञप्तीमा भनिएको छः–

राज्यको चौथो खम्बा स्वतन्त्र प्रेसलाई नै प्रतिकूल असर पार्नेगरि सरकारले ल्याएको विधेयकले नेतृत्वलाई जवाफदेही बनाई राख्न चाहिने स्वतन्त्र रुपमा सूचना सम्प्रेषण गर्ने संयन्त्रहरुलाई नै अंकुश लगाउने देखेका छौँ।

नेपालमा नागरिकलाई विवेकशील र सरकारलाई सेवक बनाउन स्वतन्त्र अभिव्यक्ति र यसको संरक्षक स्वतन्त्र प्रेस अपरिहार्य छ। स्वस्थ, स्वतन्त्र, मर्यादित र उत्तरदायी पत्रकारिताको विकास तथा सम्वर्द्धन गर्नुपर्ने बेलामा नेपाल सरकार मन्त्री परिषद्वबाट पारित भई संसदमा बैशाख २६ गते दर्ता भएको मिडिया काउन्सिल सम्वन्धी विधेयकका प्रावधानप्रति विवेकशील नेपालीको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकार महासंघ, प्रेस काउन्सिल, अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाहरू लगायतका सरोकारवाला पक्षहरुसँगको छलफल र सहमति तथा जानकारी विना संसदमा दर्ता गरिएको उक्त विधेयकका प्रावधानहरुले सरकार, प्रेस र जनताबीच सेतु हुनुपर्ने तथा स्वायत्त र अर्धन्यायिक निकायको रुपमा रहनुपर्ने मिडिया काउन्सिललाई कार्यपालिकाकै नियन्त्रणभित्र ल्याउने यस कोशिसले स्वतन्त्र पत्रकारितामाथि नै अंकुश लगाउने हाम्रो ठहर छ ।

जरिवाना, क्षतिपूर्ति तथा जेल सजाय सम्वन्धी व्यवस्थाले नियन्त्रण तथा सन्तुलनको मर्म अनुरुप लोकतन्त्रलाई जीवन्त राख्ने स्वतन्त्र प्रेसलाई निरुत्साहित गर्ने तथा सत्ता र शक्तिमा रहेकाहरुको स्तुतिगानमै सीमित गर्ने नियत रहेको हो भन्ने शंका प्रबल भएको छ । उक्त विधेयक संसदबाट तत्काल फिर्ता लिई सरोकारवाला पक्षहरू समेतको छलफल र सहमतिमा नेपालको संविधानको मूल मर्म र भावना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी अन्तर्राष्ट्रिय मूल्य-मान्यताका आधारमा मस्यौदाको संसोधन गरी संसदमा पुनः पेश गर्न सरकारलाई सुझाउँछौँ ।

संघीय संसदमा विचाराधीन अवस्थामा रहेका विज्ञापन सम्वन्धी विधेयक र सूचना प्रविधि सम्वन्धी विधेयकमा रहेका अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता विरोधी दफा तथा नियन्त्रणमुखी प्रावधानहरू सच्चाउन पनि विवेकशील नेपाली माग गर्दछ । अनलाइन मिडिया निर्देशिकामा सुधार, फौजदारी संहिता र कार्यविधी संहिताको सुधार, गोपनियताको हक सम्बन्धी ऐन सुधार गर्नुका साथै मस्यौदा हुँदै गरेका आम संचार विधेयक र सार्वजनिक सेवा प्रसारण विधेयकका सम्वन्धमा सबै सरोकारवाला पक्षसँग छलफल र सहमति कायम गर्न आग्रह गर्दछ । यी सबै विधेयकमा रहेका व्यवस्थाहरूले सरकारको लोकतन्त्र प्रति अनुदार नियन्त्रणमुखी चरित्र प्रष्टिदै गएको हामीले महसुस गरेका छौँ ।

प्रदेशमा बनेका नियन्त्रणमुखी मिडिया ऐनहरु संघीय ऐनहरु नबनेसम्म कार्यान्वयन नगर्ने र तिनीहरुमा पनि थप सुधार गर्न पनि हामी सम्बद्ध पक्षहरूको ध्यानाकर्षण गर्दछौं । यी कानूनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोग, संरक्षण र संवर्द्धनको सुनिश्चितता गर्नको लागि विवेकशील नेपाली सरकार र सम्वद्ध सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

मिडिया काउन्सिल विधेयक लगायतका अन्य विधेयकमा राखिएका अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता विरोधी र समाजलाई नियन्त्रणमुखी बनाउने व्यवस्था बिरुद्धसमाजलाई जानकारी गराउने जनजागरण अभियानहरूमा विवेकशील नेपाली सशक्त रुपमा ऐक्यबद्धता व्यक्त गर्दछ ।
नमस्ते ! नेपाल आमाको जय होस् !

मिलन पाण्डे

प्रवक्ता

विवेकशील नेपाली दल

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending