एक कर्मचारीले गर्ने कामको जिम्मेवारी, काम गर्नुपर्ने समय उसको क्षेत्राधिकार तय गरिएको हुन्छ तर सुन्दा अनौठो लाग्न सक्छ की यहाँका एक कर्मचारीले छ जिल्लाको काम एक्लैले भ्याउनुपर्ने बाध्यता छ ।
कार्यालय समयसम्म मात्र होइन साँझ बिहान अहोरात्र खटेरे थप पाँच जनाले छ जिल्लाको गर्नुपर्ने काम एक्लैले गर्दै आएका व्यक्ति हुन्, सुर्खेतस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापा । जनशक्ति अभावका कारण छ जिल्लाको काम उनले जेनतेन एक्लैले हेर्दै आएका हुन्। काम विशेष कार्यालय बाहिर जानुपर्दा जिम्मेवारी सम्हाल्ने अर्को कुनै कर्मचारी नहुँदा यहाँ निकै समस्या हुने गरेको छ ।
हुम्ला, डोल्पा, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सुर्खेत जिल्लाको काम आफू एक्लैले सम्हाल्नुपरेको उनले बताए । निमित्त प्रमुृख थापाले वैशाखसम्म जाजरकोट, दैलेख र सुर्खेतको काम सम्पन्न गरेका छन् भने अन्य जिल्लाको काम सम्पन्न गर्ने तयारीमा छन्। कार्यालय प्रमुख नहुँदा निमित्त कार्यालय प्रमुखका रुपमा समेत काम गर्दै आएका खाद्य निरीक्षक थापाले गत साउनदेखि आफू एक्लैले छ जिल्लाको काम गर्नुपरेको गुनासो गरे ।
मानव स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने निकायमा कर्मचारी नहुँदा नागरिकको खाद्य सुरक्षाको अधिकारमा समस्या आउन नदिन कर्णालीको भौगोलिक अवस्था, ठूलो कार्यक्षेत्र र जोखिमपूर्ण यात्रा गर्नुपर्दा पनि सहकर्मीविना एक्लैले काम गर्नुपरेकोले निकै गाह्रो भएको उनको भनाइ थियो ।
“न सवारी साधन छ नत अन्य कुनै सेवा सुविधा”, रासससँग कुरा गर्दै निमित्त कार्यालय प्रमुख थापाले भने, \'बजार अनुगमन तथा निरीक्षणका लागि जान पनि अन्य निकायको सवारी साधन माग्नुपर्छ । विभागमा सवारी साधनको माग गर्दा अहिलेसम्म कुनै सुनुवाइ भएको छैन । विविध समस्याले कार्यालयले लिएको लक्ष्य पूरा गर्न कठिन हुने देखिन्छ ।\'
उनले थपे, \'छ जनाको दरबन्दीमा कार्यालय सहयोगी र म मात्रै छु । स्टोर, लेखा, प्रशासन, अभिलेखलगायत सबै काम आफैले हेर्नुपर्छ । म बाहिरिँदा नागरिकले दिएको निवेदन÷उजुरी बुझ्ने र हेरेर जवाफ दिने मान्छेसमेत छैन । लेखापाल नहुँदा तलब खान त्यत्तिकै समस्या भएको छ ।\'
निमित्तप्रमुख थापाका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले चालू आवमा यो क्षेत्रका खुद्रा पसल, उद्योग, होटल तथा मिठाइ पसल निरीक्षण गर्दै आएको छ । अहिले निरीक्षण र गुणस्तर जाँच मात्र नभई कार्यालयले प्रवद्र्धनात्मक कार्य पनि थालेको उनले बताए । वडास्तरीय खाद्य स्वच्छता समूह गठन तथा परिचालन, खाद्य स्वच्छतासम्बन्धी तालीम, उपभोक्ता भेला, खान हुने र नहुने खाद्यवस्तु, तिनको गुणस्तर र खाद्य उपभोगका विषयमा विद्यार्थीलाई पढाउने गरिएको उनको भनाइ थियो ।
यसैगरी खाद्य ऐन, २०२३ र दाना पदार्थ ऐन, २०३३ अन्तर्गत रहेर बन्द तथा खुला १२० प्रकारका खाद्यवस्तुको लेबल तथा तिनको गुणस्तरको नमूना लिएर जाँच गर्दै आइएको निमित्त प्रमुख थापाले बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: