Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

दुर्गम बस्तीमा सडक र सिँचाइ पुगेपछि....

दैलेख। सडक र सिँचाइको सुविधा पुगेपछि दैलेखका दुर्गम क्षेत्रका किसानले व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

गाउँमै मध्यपहाडी सडक र घरमै सिँचाइ कुलो निर्माण भएपछि दैलेखका जगनाथ, पगनाथ, मनघरका १५० किसान अहिले व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।

मध्यपहाडी लोकमार्ग गाउँ भएरै जान थालेपछि किसानले उत्पादन गरेका तरकारीको बजार पहुँच सहजै हरने र त्यसको बिक्रीबाट मनग्य आम्दानी हुन थालेपछि त्यहाँका किसान व्यावसायिक तरकारी खेतीतर्फ लागेको छन् ।

दैलेख र जाजरकोटको सिमानामा पर्ने भगवतीमाई गाउँपालिका–४ का ३० वर्षे नेत्र थापाले विगत ५ वर्षदेखि तरकारी खेती गरिरहेका छन् । अगुवा कृषकको सम्मान पाएपछि उनले टोलभरिका सबैलाई तरकारी उत्पादनका बारेमा सिकाउने गर्छन् । विशेष काम बाहेकको सबै समय तरकारी उत्पादनकै लागि व्यतित हुने गरेको थापाले बताए । अहिले गाउँभरि १५० जना किसान व्यावसायिक तरकारी उत्पादनमा लागेको थापाको भनाइ छ ।

गाउँबाटै मध्यपहाडी सडक र घरमै सिँचाइ पोखरी पाएपछि तरकारी खेतीलाई किसानले मुख्य आम्दानीको स्रोत बनाएका छन् । किसानले नौ किलोमिटर टाढाबाट सिँचाइका लागि पानी ल्याएका छन् । १५० किसानका लागि विभिन्न वडामा तरकारी उत्पादनमा सजिलो होस् भनेर आठ वटा पोखरी निर्माण गरिएको छ । भगवतीमाई गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले ८८ लाख रुपैयाँको लागतमा आठ वटा पोखरी निर्माण गरिदिएको छ । अहिले मनघर, जगनाथ र पगनाथका बासिन्दा मौसमी तथा बेमौसमी सबै तरकारीको व्यावसायिक उत्पादनमा जुटेका छन् ।

वडाकै पहलमा २ वर्षअघि खानेपानीको समस्या समाधान भएको थियो, अहिले सिँचाइ पोखरी बनेपछि मनघर तरकारी पकेट क्षेत्र निर्माण गरेर किसानको आयआर्जन बढाउने र गाउँमै रोजगारी दिने अभियान शुरु गरिएको वडा नं ४ का वडाध्यक्ष कृष्णबहादुर थापाले बताए ।

प्राकृतिक प्रकोपबाट किसानले लगाएको बाली जोगाउने अभियानअन्तर्गत बाली बीमा अनिवार्य गराउने अभियानमा वडा कार्यालय लागेको छ । मध्यपहाडी सडक सञ्चालन भएकाले किसानले उत्पादन गरेको तरकारी सहजै बिक्री वितरण हुने गरेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies