Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

नगरपालिकाले गरेको विकास निर्माण यस्तो छ : आठ सय मिटर सडकको बीचमा पाँच बिजुलीका पोल


काठमाडौँ । राप्ती नगरपालिकाले सडक निर्माण, सिँचाइजस्ता विकास निर्माणलाई तीव्रता दिइरहेको छ । तर, नगरपालिकाले गरेको विकास निर्माणका योजनामा त्रुटि नै त्रुटि छन् । नगरपालिकाले बनाएको सडक देखेर यात्रु नै व्यंग्य गर्छन् । पूर्व–पश्चिम राजमार्गआसपासका यी शाखा सडक नागबेली मात्र छैनन्, बीचमा बिजुलीका पोल ठडिएका छन् । समथरस्थलमा सीधा सडक बन्न सक्ने भए पनि उपभोक्ता खुसी पार्न नगरपालिकाले घुमाउरो सडक बनाएको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - नगर क्षेत्रका केही सडकमा पिचको सट्टामा कंक्रिट ढलान गरिएको छ । अलकत्रा पिचभन्दा महँगो भए पनि लामो समयसम्म नबिग्रने भएकाले ढलान गरेको राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले बताए । डुबानमा पर्ने र पानी जम्ने समस्याका कारण पनि ढलान गरेको उपप्रमुख लामाले बताए ।

‘२० देखि २५ प्रतिशत खर्च बढी लाग्ने रैछ,’ उनले भने, ‘जनअपेक्षाअनुसार नै पिचको साटो ढलान गरिएको हो ।’ वडाध्यक्ष र उपभोक्ता समितिका पदाधिकारीले भने बजेट कम पर्ने, तर थोरै बजेटमा धेरै काम गर्नुपर्दा समस्या हुने गरेको बताए । वडाध्यक्ष सुमिता डल्लाकोटीले कम बजेटमा धेरै काम गर्नुपर्दा समस्या भएको बताइन् ।

विकास अनुगमन
राप्ती नगरपालिका क्षेत्रमा भइरहेका विकास निर्माणको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको नेतृत्वको टोलीले आइतबार अनुगमन गरेको छ । विकास निर्माणबारे उपप्रमुख इमानसिंह लामाले जानकारी गराएका थिए । सो क्रममा डल्लाकोटीले बजेटअनुसार योजना आइतबार सम्पन्न गर्न र जनताको सहभागिता सुनिश्चित गराउन निर्देशन दिए । जनताको अपेक्षाअनुसार प्राथमिकता निर्धारण गरी योजना छनोट र बजेट विनियोजन गर्नुपर्ने उनको भनाइ छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE