Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

निःशुल्क स्वास्थ्य शिविरबाट १०१ अपाङ्गताले लिए सेवा

अछाम। अछामको मेल्लेख गाउँपालिका–३ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट १०१ अपाङ्गता भएका व्यक्तिले सेवा लिएका छन् ।

शिविरमा सात जनाको माइनर शल्यक्रिया गरिएको छ भने १६ लाई शल्यक्रियाका लागि सिफारिश गरिएको छ । यस्तै दुईलाई सहायक सामग्री वैशाखी र ह्वीलचियर उपलब्ध गराइएको छ भने चारलाई सहायक सामग्री उपलब्ध गराउन नाप लिइएको छ । शिविरकै अवसरमा अन्य ९० लाई अपाङ्गतासम्बन्धी अभिमुखीकरण र ८३ लाई परमर्श सेवासमेत दिइएको छ ।

मेल्लेख गाउँपालिकाको आयोजना र विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र काभ्रेको प्राविधिक सहयोगमा सञ्चालन भएको सो शिविरमा गाउँपालिकाले २३ लाई अपाङ्गता परिचयपत्र वितरणसमेत गरेको छ । गाउँघरमै अपाङ्गता भएका लागि स्वास्थ्य शिविर र सरकारी सुविधा उपलब्ध भएपछि अपाङ्गता भएका व्यक्ति निकै खुशी भएको स्थानीय लालबहादुर चदाराले बताए ।

गाउँपालिकासँगको सहकार्यमा अपाङ्गताको उपचारसँगै निःशुल्क औषधि तथा फिजियोथेरापी सेवा उपलब्ध गराएको अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रका नेत्रबहादुर देउजाले बताए ।

अपाङ्गता भएर गाउँघरमै कष्टकर जीवन बाँचिरहेका व्यक्तिका लागि गाउँमै पुगेर सेवा दिन पाउँदा निकै खुशी लागेको भन्दै मेल्लेख गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हिक्मत बुढाले अपाङ्गता भएकाका लागि यो सुवर्ण अवसर भएको बताए । अपाङ्गता भएका व्यक्तिलाई पनि सपाङ्गसरह जीवन जिउनका लागि स्थानीय सरकारमार्फत पनि आवश्यक कार्यक्रम अघि बढाइने मेल्लेख गाउँपालिकाका अध्यक्ष लोकबहादुर बोहराले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending