–वासुदेव पौडेल
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले माछापुच्छ्रे हिमालको पानी गाउँपालिकाभित्र ल्याउने गरी बृहत् योजना अघि सारेको छ । यसका लागि गाउँपालिकाले ‘एक घर, एक धारा’ अभियानलाई अगाडि बढाएको हो ।
गाउँपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा नै एक घर, एक धारा अभियान सञ्चालन गर्ने उल्लेख गरेको छ । माछापुच्छ्रे हिमालको फेदी (मर्दी हिमाल नजिकै)को लान्द्रुक बनबाट पानी ल्याउने गरी गाउँपालिकाले सम्भाव्यता अध्ययन गर्ने योजना प्रस्ताव गरेको हो ।
अन्नपूर्ण गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत शेषकान्त पौडेलका अनुसार बस्तीबाट झण्डै नौ किमि टाढा रहेको लान्द्रुक वनबाट खानेपानी ल्याउन लागिएको हो । गाउँपालिकाले सम्भाव्यता अध्ययन गरी सङ्घीय खानेपानी तथा सरसफाइ मन्त्रालयमा योजना प्रस्ताव गरिसकेको उनले जानकारी दिए ।
\'अन्नपूर्ण गाउँपालिकाका– १ देखि ७ सम्मका साथै पोखरा महानगरपालिका– २६ कास्कीकोटका बासिन्दालाई समेत खानेपानी पुर्याउने गरी योजना प्रस्ताव गरिएको छ\', उनले भने, \'कूल रु ७७ करोड लागत अनुमान गरिएको सो योजना सम्पन्न भएसँगै गाउँपालिकाका सातवटै वडा र पोखरा महानगरपालिका–२६ कास्कीकोटका स्थानीयवासी खानेपानीमा आत्मनिर्भर बन्ने छन् ।\'
समुद्री सतहबाट दुई हजार ६०० मिटर उचाइको लान्दु्रक वनस्थित पानीको मुहानमा चैतको खडेरीमा समेत पर्याप्त पानी हुने गरेको अध्ययनका क्रममा पाइएको पौडेलले जानकारी दिए । मुहान रहेका स्थानमा तीन वटा ठूला ठूला पानीका मुहान रहेको उनले जानकारी दिए ।
प्रस्तावित खानेपानी योजना मुहानदेखि सबैभन्दा टाढा नागडाँडासम्म ल्याइपुर्याउन २६ किलोमिटर दूरी पार गर्नुपर्छ । बृहत् खानेपानी योजनाको प्रस्ताव गरेको गाउँपालिकाले यस आर्थिक वर्षमा विभिन्न वडामा अन्य साना खानेपानीका योजना पनि सञ्चालन गरिरहेको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए ।
\'हामी गाउँपालिकालाई खानेपानीमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ लागेका छौँ\', उनले भने, \'पदयात्रा पर्यटन, दृश्यावलोकन आदिका प्रचुर सम्भावना बोकेको यस ठाउँलाई खानेपानीमा आत्मनिर्भर बनाउन सके यसले यहाँको पर्यटकीय विकासमा पनि उत्तिकै टेवा पुर्याउनेछ ।\'
चालू आवमा यहाँका एक हजार घरधुरीमा धारा पुर्याउने लक्ष्यका साथ विभिन्न साना खानेपानी योजना सञ्चालनका क्रममा रहेको उनले जानकारी दिए । उनका अनुसार विभिन्न वडा एवं स्थान विशेषमा सञ्चालित साना योजनामा स्थानीय अवस्थाका आधारमा १० देखि २० प्रतिशत जनश्रमदानसहित वडाले खानेपानीका लागि लगभग रु तीन करोड छुट्याएको छ ।
चालू साना योजनामध्ये गाउँपालिका–१ को लेवाडेका साथै कुँवरगाउँ, नेपाली थर, भुवाइँ थर र फल्ला पानीलाई लक्षित गरी सञ्चालित खानेपानी योजना अन्तिम चरणमा पुगेको छ । त्यस्तै वडा नम्बर २ को सेराचौर, वडा नं ४ सल्यान, वडा नं ८ वीरठाँटी, वडा नं १० को सिमेमा सञ्चालित खानेपानी योजनाको निर्माण कार्य सकिएको छ ।
वडा नम्बर ३ को पाउँदुरकोट, दमदमे, भिरमुनि दलितबस्ती, वडा नं ५ को पुरानोगाउँ दलित बस्ती, वडा नं ९ को तिखेढुङ्गा र वडा नं ११ को छोम्रोङमा सञ्चालित खानेपानी योजना सकिने क्रममा छन् । वडा नम्बर ६ मा सङ्घीय बजेटअनुरुप नै सञ्चालित खानेपानी योजना निर्माणका क्रममा छ ।
सञ्चालित योजनामध्ये कतिपयको काम सकिसकेको र कतिपय सकिने क्रममा रहेका कारण बाँकी योजना आगामी जेठको पहिलो सातासम्म सक्ने गाउँपालिकाको लक्ष्य छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: