सिन्धुली । फिक्कल गाउँपालिका कार्यालयबाट गत साता टेन्डर फाइल गायब भएको छ। पहिलो कम्पनीले काम नगर्ने भएपछि दोस्रोलाई जिम्मा दिने तयारी गर्दा कागजपत्र नभेटिएको प्रमुख प्रशासकीय अधिकृत दीपक रिजालको भनाइ छ।
आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - ‘न्यून रकम कबोल गर्ने श्रीकृष्ण दाहाल जेभीसँग निर्माण कार्य सम्पन्न गर्ने आधार माग गर्दै सम्झौताका लागि पत्र पठाएका थियौं’, उनले भने, ‘तर, काम गर्न नसक्ने पत्र गाउँपालिका कार्यालयलाई पठायो।’
वडा नम्बर ३ चनौटेमा ७९ लाख २६ हजार रुपैयाँ लागतमा स्वास्थ्य चौकी भवन बनाउन गाउँपालिकाले फागुन २ मा टेन्डर खोलेको थियो। १२ निर्माण कम्पनीले आवेदन दिएका थिए। त्यसमध्ये श्रीकृष्ण दाहाल जेभी र सिद्धकाली निर्माण सेवाले न्यून रकम कबोल गरेका थिए। कबोल गरिएको रकमअनुसार कामको जिम्मा दिन सम्झौता भए पनि पछि श्रीकृष्णले काम नगर्ने जनाएको थियो।
सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ अनुसार उक्त कम्पनीलाई कारबाही र धरौटी जफत गर्दै सिद्धकालीलाई सम्झौताका लागि आसयपत्र प्रकाशन गरिएको थियो। उक्त कम्पनीले ५१ लाख रुपैयाँमा काम सम्पन्न गर्ने कबोल गरेको थियो। ‘सम्झौताको सम्पूर्ण काम सकी कार्यादेश लिने तयारी गर्दा कार्यालयमा कागजात फेला परेन’, उनले भने, ‘टेन्डर त नियमअनुसार भएको हो तर कागजपत्र कसरी हरायो भन्ने गम्भीर छ। यस विषयमा म आश्चर्यमा परेको छु।’ गाउँपालिकामा आकस्मिक बैठक बसी छानबिनका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको उनको भनाइ छ।
सिद्धकालीका प्रोप्राइटर रुमबहादुर राईले सम्झौताका लागि आफूले पेस गरेको बैंक ग्यारेन्टी, आवश्यक कागजपत्र र सम्झौता किताबसमेत गाउँपालिकाले नियोजित तरिकाले गायब पारेको बताए। ‘मैले ११ लाख ५० हजारको बैंक ग्यारेन्टीपत्रसहित आवश्यक कागजात बुझाएर सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको थिएँ’, उनले भने, ‘हाकिम साबले अध्ययन गरी सही गरी पठाइदिन्छु भन्नुभएको थियो ।
निर्माण व्यवसायी संघ सिन्धुलीका उपाध्यक्ष उद्धवप्रसाद दाहालले यो घटनालाई लापरवाहीको पराकाष्ठाको संज्ञा दिए। कर्मचारीकै मिलेमतोमा टेन्डरका कागजपत्र चोरी भएको आरोप उनले लगाए। ‘पहिलो फर्मलाई दिनुपर्ने ठेक्का दोस्रो फर्मसँग सम्झौता गरियो। सम्झौतापछि कागजपत्र हरायो’, उनले भने, ‘यो नजिकको निर्माण कम्पनीलाई टेन्डर पार्ने खेल हो।’
गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले कर्मचारीको लापरवाहीका कारण टेन्डर फाइल हराएको बताइन्। उनका अनुसार आवश्यक छानबिनका लागि जिल्ला प्रहरीमा पत्र पठाइएको छ। मुचुल्कासहित निवेदन आएकाले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यही वर्ष निर्माण सम्पन्न हुनुपर्ने भवन फागुनमा मात्र टेन्डर भएको थियो।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: