Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

मंगलबारको राशिफलले तपाईंलाई के भन्छ ?

काठमाडाैं । वि.सं.२०७६ साल वैशाख २४ गते । मंगलबार । ईश्वी सन् २०१९ मे ०७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख शुक्ल पक्ष । तिथि तृतीया,५३ घडी ३५ पला,रातको ०२ बजेर ४९ मिनट उप्रान्त चतुर्थी । नक्षत्र रोहिणी,२९ घडी ३४ पला,बेलुकी ०५ बजेर १२ मिनेट उप्रान्त मृगशिरा । योग अतिगण्ड,४७ घडी १६ पला,रातको १२ बजेर १७ मिनेट उप्रान्त सुकर्मा । करण तैतिल,दिउसो ०३ बजेर २३ मिनेट उप्रान्त गर,रातको ०२ बजेर ४९ मिनेट उप्रान्त तैतिल वणिज । आनन्दादिमा मातंग योग । चन्द्रराशि बृष,रातको ०४ बजेर ४९ मिनेट मिथुन ।

परशुराम जयन्ती। अक्षय तृतीया। धर्मघटादि दान गर्ने दिवस। त्रेतायुगादि। लुभुमा महालक्ष्मी–भैरव यात्रा। किरात समाज सुधार दिवस। कोटेश्वर महादेवस्थानमा शिव–पार्वती विवाह महोत्सव।

काठमाडौंमा सूर्योदय ०५ बजेर २२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४० मिनेट । दिनमान ३३ घडी १४ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) परिवारका साथ रहेर मिठो मसिनो खाने अवसर प्राप्त भएपनि खानपिनको तालमेल नमिल्दा स्वास्थ्य गडबड हुनेछ । पढाइ लेखाइमा मन नजादा अन्य प्रतिष्पर्धिहरु भन्दा पछि परिनेछ । व्यापारमा लगानी गर्ने उपयुक्त समय नरहेकोले तत्काल कुनै व्यावसाय थालनी नगर्नुनै राम्रो रहकोछ । माया प्रेममा रमाउँन चाहनेहरु आज भरसक नभेट्दा नै राम्रो रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत् अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउँदा मन प्रशन्न रहनेछ । आत्मविश्वासमा बृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिनेहुदा मानसम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आत्मिय मित्र तथा सहयोगिको सहयोग नपाउदा थालेका कामहरु बिचमा छोड्नुपर्ने हुन सक्छ । व्यापार व्यावसायमा समय दिन सकिने छैनभने सोचे जस्तो आम्दानी नहुदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकूल बन्नेछ भने यहि बेलामा आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन् । प्रेमप्रशङगमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लाभ स्थानमा गोचर गर्ने चन्द्रमाले व्यापार व्यावसायमा लगानी गरि मनग्गे नाफा कमाउन सकिनेछ भने सरकारि स्रोत साधन प्रयोग गर्न पाइने योग रहेकोछ । पैत्रिक धन तथा सम्पति हातलागि हुनेयोग रहेकोछ । शिक्षा भनेजस्तो गतिमा लान सकिनेछ भने प्रतिस्पर्धिहरुलार्ई किनारा लगाउँनदै आफ्नै पोल्टोमा नतिजा ल्याउँन सकिनेछ । प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ नयाँ काम गरि समाजको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । रोजगारिका अवसर सिर्जना गरि मनग्गे धनसम्पति कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट लाभ पाउँनेछन् । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ सफलताको सिडिहरु चढ्न सकिनेछ । व्यापार व्यावसायमा लगानी बढाई मनग्गे धन कमाउन सकिने समय रहेकोछ । प्रेमका कोपिलाहरु पक्रियर जानेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) साथिभाई तथा परिवारकै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायमा लगानी नगर्नुहोला आजगरिने व्यावसायमा घाटालाग्न सक्छ । ध्यान अन्यत्रै मोडिदा पढाइ लेखाइमा अरु भन्दा पछि परिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्रा हुने अधिक सम्भावना रहेको छ । धर्म कर्ममा मन जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायमा नाफा कमाउन बढिनै संघर्ष गर्नुपर्नेछ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । श्वासप्रश्वास तथा छाति सम्बन्धि समस्याले सताउने हुदा काम गर्न अप्ठ्यारो महशुस हुनेछ । दिदीबहिनि सँग मनमुटाब बढ्ने योग रहेकोछ । सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला, दिन मध्ययम रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सांगठनिक टिम परिचालन गरि व्यावसाय बिस्तार गर्न सकिनेछ भने व्यापारबाट मनग्गे फइदा हुनेयोग रहेकोछ । भौतिक सम्पति तथा सवारि साधनको प्राप्तिको गतिलो योग रहेकोछ । नोकरिका सुगम स्थानमा स्थानान्तरण हुनेछ भने भनेजस्तो काम पाइने हुँदा मनग्गे धन कमाउन सकिनेछ । जीवनसाथिको सहयोग महत्वपुर्ण कामहरु समयमा सम्पादन हुनेहुँदा मन प्रशन्न रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) वादबिवाद तथा प्रतिश्पर्धामा तपार्ईँको जित निश्चित हुनेछ । मुद्दा मामिलामा तथा न्यायलयबाट हुने निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ ठाउमा लगानी गर्ने अवसर आउनेछ । मायाप्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिड्नेछन् । पुरानो रोग निको भएर जाने तथा पुराना समस्या हल भएर जानेछ । खोजमुलक क्षेत्रमा रुचि बढ्नेछ । मावलि पक्षबाट तपार्ईँको काममा आर्थिक हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मानव निर्मित स्रोत साधनको प्रयोग गर्दा सावधानि अपनाउनु होला नराम्रो घट्ना हुन सक्छ । माया प्रेममा एक अर्का बिच नचाहादा नचाहादै छुट्टिनु पर्दा नरमाईलो महशुष हुनेछ । पढाइ लेखाइमा मिहिनेतगरे अनुशार नतिजा नआउने हुनाले मन चिन्तित हुनेछ । व्यापार व्यावसायमा नाफा कमाउन प्रशस्त समय खर्चिनु पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) घर जग्गा तथा सवारि साधनको व्यापार व्यावसायबाट सन्तोष जनक नाफा कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने छ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछाडि परेको भान हुनेछ । छाति सम्बन्धि समस्याले नसताउला भन्न सकिन्न । आमा तथा आमासरहका मानिस सँग विवाद हुनेछ । प्रेम प्रशङमा रमाउने चाहने हरुका लागि समय मध्ययम रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने पेशा व्यावसाय फस्टाएर जानेछ । न्यालयबाट हुनेन्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउँनेछन् भने बिवादलाई हल गर्दै अगाडि बढ्न सकिनेछ । व्यावसायिक यात्राको तयारि गर्न सकिनेछ भने यात्रा उलिब्धिमुलक नै रहनेछ । पढाइ लेखाइ मा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेकोछ । शाहसिलो काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending