Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

१७ हजार सवारी साधनमाथि कारवाही, एक करोड १६ लाख राजस्व

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटद्वारा दुईपाङ्ग्रे सवारी चालकका लागि आयोजित निःशुल्क स्वास्थ्य परीक्षण शिविर आज यहाँ सम्पन्न भएको छ । कार्यालयको आयोजना तथा त्रिशूली अस्पतालको सहयोगमा ७५ जना दुईपाङ्ग्रे सवारी चालकले स्वास्थ्य परीक्षण गराएका थिए । परीक्षणमा १२ चालकलाई रक्तचाप र सात चालकलाई कलर भिजन (आँखाको समस्या) तथा अन्य चालक सामान्य रहेको प्रहरी नायब निरीक्षक विकल भट्टराईले बताए। \'सडक दुर्घटना रोक्न हामीले आफ्ना तर्फबाट धेरै नै लागि परिरहेका छौँ । ठाउँठाउँमा बिग्रेका बाटाको मर्मत सुधारका लागि सडक सम्बन्धित निकायसँग समन्वय गरी दुर्घटना रोक्न विभिन्न बिषयमा छलफल गरिरहेका छौँ \' उनले भने । उनी भन्छन् \'हामीहरुले सडकमा बिभिन्न ट्राफिक सङकेत चिन्ह राखेका छौ । चारपाङग्रे देखि दुईपाङग्रे सवारी साधन धनी र चालकहरुलाई बेला, बेलामा शिविर, अन्य बिभिन्न प्रशिक्षण कार्याक्रम गरी रहेका छौ\' ।

भट्टराईका अनुसार चालु आव चैतसम्मको सडक दुर्घटनाको तथ्याङ्क हेर्दा ट्रक नौ, ट्रिपर, बस, माइक्रोबस र ट्रयाक्टर एक एक, कार र जीप दुई तथा मोटरसाईकल सात गरी २२ सवारी साधन दुर्घटनामा परेको छ । त्यस्तै चैतसम्म सवारी दुर्घटनामा परी मृत्यु हुनेमा पुरुष ३२, महिला पाँच तथा बालबालिका दुई छन् । त्यसैगरी २६ जना गम्भीर र १२ जना सामान्य घाइते भएका छन् ।

गत वर्ष सडक दुर्घटना २२, मृत्यु हुने २४, गम्भीर घाइते हुने १४ र सामान्य घाइते हुने ५२ रहेको ट्राफिक कार्यालयले जनाएको छ । दुर्घटनामा संलग्न सवारी साधनमा ट्रक १२, बस तीन, कार– जिप तीन, मोटरसाइकल सात र अन्य दुई रहेको बताइएको छ ।

सवारी साधनको रुट पर्मिट नभएका, ब्लुबुक फेल भएका, सवारी अनुमतिपत्र फेल भएका र नभएका गरी करीब सत्र हजार सवारी साधन कारवाहीमा रहेका छन् । तिनमाथि कारवाही हुँदा रु एक करोड १६ लाख १७ हजार राजस्व उठेको प्रहरी नायब निरीक्षक भट्टराईले बताउनुभयो । भट्टराईका अनुसार गत आव २०७४÷७५ मा कारवाही परेका १९ हजार ९१३ सवारी साधनबाट रु एक करोड २५ लाख ५४ हजार राजस्व उठेको थियो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending