सवारी दुर्घटनाको एक कारण लागु पदार्थ सेवन (लापसे) रहेको पाइएपछि प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालयले लापसे जाँच अभियान चलाएको बताएको छ।
लागु पदार्थ सेवन गरी सवारी चलाउने चालकको सङ्ख्या बढेको गुनासो आएसँगै दुर्घटना समेत बढ्दा त्यसको नियन्त्रणका लागि पथलैयास्थित कार्यालयले लापसे जाँच अभियान सुरु गरेको प्रवक्ता प्रहरी निरीक्षक रिपेन्द्र सिंहले बताए।
ट्राफिक कार्यालयले राजमार्गमा चल्ने सवारी चालकहरूको मूत्र परीक्षण सडकमा नै गर्न सुरु गरेको हो।
नेपालमा ड्रग युरिन टेस्ट किटुबाट सडकमै जाँच गरिएको यो पहिलो पटक भएको कार्यालयले दाबी गरेको छ।
यो अभियानको केही दिनमै उपलब्धिमूलक साबित भएको प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक योगबहादुर पालले बताए।
चेकजाँच गर्ने तरिका
मादक पदार्थ सेवन गर्दा समातिने डर भए पछि चालकहरूले लागु पदार्थ सेवन गर्न थालेको सिंहको भनाइ छ।
सिंहले भनेस् लागु पदार्थ सेवन गरी तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भई थुप्रै युवाको ज्यान गएकाले पनि दुर्घटना न्यूनीकरण गर्न मापसे र लापसे जाँच एकैसाथ गर्न थालिएको हो।
ब्रेथलाईजरबाट मापसे जाँचसँगै प्रहरी प्रधान कार्यालयसँग समन्वय गरेर ड्रग युरिन टेस्ट किटबाट जाँच गर्दा चालकहरूले लागु पदार्थ सेवन गरेको पत्ता लगाउन सकिएको सिंह बताउँछन्।
उनले भनेस् हामी सवारी चालकलाई सानो डब्बामा पिसाब लिएर आउन लगाउँछौँ र उक्त पिसाबलाई किटमा हाल्दा ३० सेकेन्ड भित्र लागु पदार्थ खाएको वा नखाएको थाहा हुन्छ।
लागु पदार्थ सेवन गरेको पाइएमा दुर्घटना न्युनीकरण गर्न सवारीधनीलाई जानकारी गराएर र अन्य सवारी चालक बोलाएर सो सवारी साधन र यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउने गरेको प्रहरी उपरीक्षक पालले बताए।
कारबाही प्रक्रिया
चैत मसान्तदेखि लापसे चेकजाँचको क्रममा दुई जनाले गाँजा सेवन गरेको पाइएको छ।
यो नयाँ सु्रुवात भएको कारण उनीहरूलाई एक दिन प्रहरी कार्यालयमा राखिएको र जरिबाना तिराइएको सिंहले बताए।
कार्यालयले मापसे र लापसेसँगसँगै पहिलेदेखि गर्दै आएका सवारी चालकको आँखा, रक्तचाप, सवारीको अवस्थाको समेत चेकजाँच गर्दै आएको छ।
दुर्घटना न्यूनीकरण गर्न यस अभियानलाई प्रदेश नम्बर २ को विभिन्न जिल्लाका सडकमा विस्तार गरेर निरन्तरता दिने योजना रहे पनि किट महँगो पर्ने हुँदा दीर्घकालीन रूपमा सञ्चालन गर्न चुनौती रहेको कार्यालयले जनाएको छ।
प्रदेश नम्बर २ मा चालु आर्थिक वर्षको साउनदेखि यही बैशाख २१ गतेसम्म भएका ९ सय ४८ सवारी दुर्घटनामा ३ सय ४५ जनाको ज्यान गइसकेको छ। मृत्यु हुनेमा पुरुष २ सय ४३ जना, महिला ५५ जना, र बालबालिका ४७ जना रहेका छन्।
ती दुर्घटनाहरूमा ४ सय ६८ गम्भीर र ३ सय ३३ सामान्य घाइते भएका छन्।
कार्यालयले चालु आर्थिक वर्षको चैत्रसम्ममा विभिन्न शीर्षकमा करिब एक लाख ७७ हजार जनालाई कारवाही गरी झन्डै १२ करोड रुपैयाँ जरिबाना गरेको छ।
सवारी दुर्घटना न्युनीकरण प्रयास
दुर्घटना न्युनीकरणका लागि ट्राफिक प्रहरीले दिनहुँजसो चेकजाँचमा समेत कडाइ गरिरहेको जनाएको छ।
त्यस्तै विभिन्न संघसंस्थाहरूसँगको सहकार्यमा चालक, अभिभावक तथा विद्यालय र कलेजका विद्यार्थीहरूको आँखा जाँच गर्नुका साथै ट्राफिक नियमबारे जनचेतना जगाउने कार्यक्रम सञ्चालन गरेको पालले बताए।
यसका साथै ट्राफिक सम्बन्धी एपको व्यवस्था गरेको जनाएको छ।
उक्त एपले लामो दुरीको सवारी चालकबारे जानकारी पठाउने हुँदा चेकजाँच गर्न सजिलो हुने बताइएको छ। /बीबबीसी
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...


प्रतिकृया लेख्नुहोस्: