Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

मापदण्डविहीन संरचना धमाधम बन्दै

जीतपुर। वाणगङ्गा नगरपालिकामा भौतिक संरचना जथाभावी निर्माण हुने क्रम तीव्र हाँदै गएको छ । मापदण्ड विपरीत संरचना बनिरहे पनि त्यसको नियमन गर्ने नगरपालिकाले कडाइ गर्न सकिरहेको छैन । संरचना निर्माणका क्रममा मापदण्डको बेवास्ता गर्ने गरेको पाइएको छ ।

नगरभित्रका बजार क्षेत्रमा स्थानीय बासिन्दाले एकातिर सडक अतिक्रमण गरेर मापदण्ड विपरीत घर टहरा निर्माण गरिरहेका छन् भने अर्कातिर अनिवार्य रुपमा नक्शा पास गरेर बनाउने काम भएको छैन । इच्छा लागेकाले नक्सा पास गर्छन् भने कतिपयले त्यसको औचित्य नै देख्दैनन् । नगरपालिकाले नक्शा पास नगर्नेमाथि कारवाही गर्न सकेको छैन । मापदण्ड विपरीत घरटहरा निर्माण हुँदा पनि नगरपालिकाले रोक्न सकेको छैन । \'बारम्बार अनुरोध गरेको छौँ तर स्थानीयवासीले अनुरोधलाई अस्वीकार गरेका छन् \', नगरका उपप्रमुख चक्रपाणि अर्यालले बताए ।

बजार क्षेत्रभित्र घरटहरा निर्माण गर्दा सडकबाट छाडिनुपर्ने न्यूनतम दूरी नराखी केही घरटहरा निर्माण भइरहेका छन् । घर निर्माण गर्दा अनिवार्य नक्शा पास र स्वीकृति लिनुपर्ने प्रावधान रहे पनि नगरवासीले जानाजान मिचेका छन् । बजार क्षेत्रका बासिन्दाले नगरपालिकाको मापदण्ड मिचेर घर बनाउनाका साथै सडकमा निर्माण सामग्री राखेर आवतजावतमा समेत अवरोध पुर्याउन छाडेका छैनन् ।

अतिक्रमित टहरा र ठेलागाडाले बजार क्षेत्रका सडकमा चल्ने सवारी साधानलाई गाह्रो भएको सवारी चालकहरुको भनाइ छ । मुख्य सडक चार नम्बर चोकको आसपासमा सडक मिचेर बनाइँदै गरेका घर नै नक्शा पास नगरी बनाइएको छ । यसरी नै बस्ती विस्तार हुने हो भने केही समयपछि नियन्त्रण गर्न नसकिने उपप्रमुख अर्यालले बताए । स्थानीय तहले नक्शा पास गरेर मात्र घर निर्माण गर्न सूचना जारी गरे पनि अटेरी भइरहेको छ । नगरपालिका गठन भएको करीब चार वर्ष पुग्दासमेत अधिकांशले घर बनाउँदा नक्शा पास नगरेको देखिएको छ । थोरै घरको मात्र नक्शा बने पनि पास गर्ने चलनको विकास हुन नसकेको नगरपालिकाका प्राविधिकले बताएका छन् ।
कारवाही तयारी

अधिकांशले घरको नक्शा नबनाएको भेटिएपछि नगरपालिकाले अनुगमन गरेको थियो । अनुगमनका क्रममा नयाँ घर बनाउँदा नगरपालिकाको स्वीकृति लिनुपर्नेबारे अधिकांशले जानकारी नभएको बताउने गरेको इञ्जिनीयर सुरज घिमिरे बताउछन् । सचेत नगरवासीले दिने गरेको यस्तो जवाफ सही नभएको उनको तर्क छ । नगरपालिकाको स्वीकृति आवश्यक हुन्छ भन्ने थाहा पाएकाहरुले झञ्झटिलो र खर्चिलो हुने भ्रमले नक्शा नै पास नगरी घरसंरचना बनाइरहेका छन् । नक्शा पास सुलभ छ तर जनताले उल्टो बुझेको उनको भनाइ छ । शहरीकरणका भौतिक संरचना निर्माण लथालिङ्ग हुन थालेपछि नगरपालिका कारवाहीमा उत्रने तयारीमा छ ।

मापदण्ड विपरीत बनेका संरचना भत्काउन कानून बनाइएको बताइन्छ । यदि नगरपालिकाको आग्रहलाई अटेरी गरे स्वयं नगरपालिकाले नै भत्काउने अधिकार कानूनमा स्पष्ट व्यवस्था गरिएको भन्दै समयमा सचेत बन्न उपप्रमुख अर्यालले सुझाव दिए । कुनै पनि भौतिक संरचना बनाउन नियम पालना गर्नुपर्ने भन्दै नगरले मापदण्ड मिचेर बनाउने कुनै पनि संरचना भत्काउन बाध्य हुने नगरप्रमुख मङ्गलप्रसाद थारुको भनाइ छ । समाजका प्रतिष्ठित मानिसलाई नक्शा पास गर्नुपर्नेबारे जानकारी भए पनि नजानेको जस्तो गर्दै आएको नगरपालिकाको ठम्याइ छ । अहिलेसम्म नगरपालिकाले मापदण्ड विपरीत र नक्शा पास नगरी बनेका र बन्न लागेका पुराना र नयाँ घर गरी १३० घर निर्माण रोक्का गरेको सूचना टाँसिएको छ जसमा नयाँ ९० र पुराना ४० छन् ।

जनशक्ति अभाव

मापदण्ड नपुगेका, अरुको जग्गामा घर बन्न लागेका, ऐलानी जग्गा कब्जा गर्न गएका र केही भाग सार्वजानिक जग्गालाई छोएका र पिलरका साइज नमिलेका घर रोक्का गरिदिएको बताइन्छ । नगरपालिकामा पनि प्राविधिक जनशक्तिका अभावमा सोचेअनुरुपको अनुगमन हुन नसक्दा धमाधम मापदण्डहीन संरचना निर्माण हुने क्रममा जारी छ । नगरपालिकाले नक्शा दर्ता गरेका मात्र घरको अनगुमन गर्ने तर अरु दर्ता नभई बनेका घरको संरचनाको भने अनुगमन नगर्दा पनि मापदण्ड विपरीतका घर बनिरहेका छन् । प्राविधिक जनशक्ति समयमा नगरपालिकामा नआउँदा अनुगमनमा समस्या भएको बताइएको छ ।

नगरपालिकामा २०७३ सालदेखि यही वैशाख १२ गतेसम्म नयाँ र पुराना घर गरी पाँच हजार १३ घर पसल दर्ता भएका छन् जसमा पुराना घर चार हजार ३७४ र नयाँ घर ६३९ दर्ता भएका छन् । यस्तै अभिलेख भएका पुराना घर एक हजार १० छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies