Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

हावाहुरीबाट प्रभावित बारा र पर्सामा एकै साथ आवास निर्माण शुरु, मन्त्रीहरुद्वारा शिलान्यास

बारा । सरकारले गत चैत १७ गते हावाहुरीसहितको असिनापानी र चक्रपातबाट क्षति भएका बारा र पर्साका विभिन्न स्थानमा एकैसाथ पुनःनिर्माणको काम शुरु गरेको छ ।

जनता आवास ९बारा–पर्सा० निर्माण आयोजनामार्फत शुरु गरिएको उक्त पुनःनिर्माण कार्यक्रमको आज १२ स्थानमा एकैसात शिलान्यास गरिएको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बाराको फेटा गाउँपालिका–६ पुरैनियाँ, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले महागढीमाई–७ तेलगाई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सुवर्ण गाउँपालिका–४ हर्दिया तथा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पचरौता नगरपालिका–७ बेनौलीमा पुगेर जनता आवास कार्यक्रम अन्तर्गत निर्माण हुने निजी आवास भवनको शिलान्यास गरेको हो ।

उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले परवानीपुर–४ चैनपुर, गृहमन्त्री रामबहादुर थापाले प्रसौनी गाउँपालिका–४ खटुवाजग्दी, शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले फेटा गाउँपालिका–४ भरबलिया, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले भलुहीमा आयोजित समारोहमा निर्माण गर्न लागेका जनता आवासको शिलान्यास गरेकि थिइन् ।

यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले पर्साको वीरगञ्ज महानगरपालिका–२२ जगनाथपुर र सोही नगरपालिका–५ उदयपुर घुर्मीमा खानेपानीमन्त्री बीना मगरले जनता आवास कार्यक्रमको शिलान्यास गर्नुभएको हो । त्यसैगरी, प्रदेश नं–२ का मुख्यमन्त्री लालबाबु राउतले कलैया उपमहानगरपालिका– १३ छोट्की फुलबरिया र देवताल गाउँपालिका–७ रामपूर्वा पुगेर घर निर्माण कार्यकोे शिलान्यास गरेका थिए ।

उक्त कार्यक्रम अन्तर्गत नेपाली सेनाले बारामा एक हजार ३६२ तथा पर्सामा ९१ घर निर्माण गरी साउनसम्ममा हस्तान्तरण गर्ने जनाएको छ । उक्त कार्यक्रमका लागि सरकारले नेपाली सेनालाई रु ७९ करोड उपलब्ध गराउने छ । जनता आवास अन्तर्गत बन्ने तीन कोठे भवन निर्माण लागत प्रति घर रु पाँच लाख ४५ हजार खर्च हुने अनुमान गरिएको छ । सो कार्यका लागि नेपाली सेनाका प्राविधिकसहित तीन हजार सैनिक खटिने छन् ।

गत चैत १७ गतेको चक्रपातमा २८ को मृत्यु हुनका साथै ठूलो परिमाणमा भौतिक संरचना र सम्पति क्षति भएको थियो । सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले सरकारले प्राथमिकताका साथ बारा र पर्सामा अघि बढाएको जनता आवास कार्यक्रमलाई सहयोग पु¥याउन स्थानीय र जनप्रतिनिधिलाई आह्वान गरे।

उनले भने, “नेपाली सेनाले उच्च प्राथमिकताका साथ। वर्षा अगाडि नै आवास निर्माण सम्पन्न गर्नेछ, यो परियोजनालाई सफल तुल्याउन सङ्घीय, प्रदेश र स्थानीय तह मिलेर काम गर्नुपर्छ, आपत्विपत्मा परेका जनताको समस्या समाधान एक भएर अघि बढौँ, आवास निर्माणका लागि आवश्यक बजेटसहित कार्ययोजना बनाइएको छ ।”

उपप्रधानमन्त्री यादवले भने, “जनता आपतविपत् र प्राकृतिक विपत्तिमा परेका बेला राज्यले जनतालाई राहत दिनु कर्तव्य हो, जनताको साथमा हामी छौ, राज्य छ, सरकार छ, जनता निरही छैनन् भन्ने कुराको सन्देश आज हामीले दिएका छौ ।”

गृहमन्त्री थापाले भने, “जहाँ जनतालाई सङ्कटपर्छ, त्यहाँ सरकारसँगै हुन्छ भन्ने सन्देश दिएका छौं, एकै दिन १२ स्थानबाट कामको थालनी हुनुले काम समयमै हुन्छ, सेनाले यस किसिमको काम फत्ते गर्दै आएको छ, यो काम पनि बर्षात् अघि नै पूरा गर्दछ ।” उर्जामन्त्री पुनले निर्माणको कामलाई तदारुकताका साथ गर्न र बर्षाद अघि नै सम्पन्न गर्ने लक्ष्य राखेर निर्माणको कामको जिम्मेवारी नेपाली सेनालाई दिइएको बताए ।

शहरी विकासमन्त्री राईले जनता आवासअन्तर्गत बलियो घर निर्माण हुने र त्यसमा एउटा सानो परिवार समान्य ढङ्गबाट बस्न सक्ने बताए । उनले बर्षात् अघि पीडित बलियो छानामुनी बस्न सकुन भनेर छिटो तयार गर्न नेपाली सेनालाई जिम्मेवारी दिइएको जानकारी गराए ।

प्रदेश नं २ का मुख्यमन्त्री राउतले हावाहुरी प्रभावित बारा र पर्साका जनताको राहतका लागि सङ्घीय सरकारले देखाएको चासो र चिन्ताप्रतिको कामको स्वागत गर्दै नेपाली सेनाले समयमै सम्पन्न गर्ने गरी कार्यायोजना बनाएर गरेको कामप्रति कृतज्ञता प्रकट गरे।

नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तण्डुलले नेपाली सेनाले पुनःनिर्माणको जिम्मेवारीलाई चुनौती र अवसरका रुपमा लिएर स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गरी भवन निर्माण तोकिएको समयभित्र सम्पन्न गरिने प्रतिबद्धता जनाए ।

पर्सा जगरनाथपुरका हावाहुरी प्रभावित पुनकाल साहले भने, “हामी अत्यन्त खुशी भएका छौँ सरकारका मन्त्री आएर हाम्रो घरको शिल्यान्यास भएको छ, नेपाली सेनाले नयाँ घर बनाएर दिने भनेको छ, हामी वर्षात् अघिनै नयाँ घरमा बस्न पाउनेमा ढुक्क छौँ ।”

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending