Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

बनारसबाट मोदीलाई चुनावी मैदानमा यी पूर्वसैनिकले दिए चुनौती

भारतको बनारसबाट उम्मेदवारी दिएका प्रधानमन्त्री नरेन्द्र मोदीले देशव्यापी निर्वाचन अभियानका क्रममा राष्ट्रवाद, देशभक्ति र सेनाको प्रशंसा गर्दै हिँडेका छन्।

आफूले सेनालाई बलियो बनाएको र स्वतन्त्र राखेकाले सेना सर्जिकल स्ट्राइक र हवाई आक्रमणमा सफल भएको दाबी मोदीले प्राय:दोहर्याइरहन्छन्।

तर बनारसको चुनावी मैदानमा उनै मोदीलाई एक पूर्वसैनिकले चुनौती दिएका छन्।

सात चरणमा मतदान सम्पन्न हुनेगरी भारतमा एप्रिल ११ मा मतदान सुरु भएको हो।
उत्तर प्रदेशको बनारसमा मतदान हुन बाँकी नै छ।

भाइरल भिडिओ र फौज
मोदीविरुद्ध उठेका पूर्वसैनिकको नाम हो तेजबहादुर यादव हो।

दुई वर्षअघि सीमा सुरक्षा बल (बीएसएफ) का जवान तेजबहादुरको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यसमा उनले फौजका जवानलाई दिइने खानाको गुणस्तरबारे प्रश्न उठाएका थिए।

अधिकृतहरूसँग त्यसबारे गुनासो गर्दा पनि केही नभएको र गृह मन्त्रालयमा चिट्ठी लेख्दा पनि सुनुवाइ नभएको उनको भनाइ थियो।

त्यो भिडिओले सैनिक र राजनीतिक क्षेत्रमा हलचल केही दिन हलचल नै मच्चाइदियो।

सेनाले त्यसबारे छानबिनको आदेश दियो। पछि उनी पदमुक्त भए।

मोदीविरुद्ध किन?

हरियाणाका बासिन्दा तेजबहादुरले आखिर बनारसको चुनावी मैदान किन रोजे तरु

सेनालाई लिएर राजनीति गर्ने व्यक्तिलाई हराउन त्यसो गरेको उनको तर्क छ।

उनी भन्छन्, म काशी विश्वनाथको आशीर्वादले नक्कली चौकीदारलाई हराउन चाहन्छु जसले सेनामाथि राजनीति गर्छन्। उनले हाम्रो सेनाको नाम बदनाम गरे, जसले गर्दा जवानको आत्मविश्वास कमजोर भएको छ।

उरी आक्रमणपछि सेनाको तर्फबाट गरिएको ुसर्जिकल स्ट्राइकु र यस वर्ष पुलवामामा भएको आक्रमणपछि वायुसेनाले पाकिस्तानतर्फ गरेको आक्रमणको श्रेय भारतीय जनता पार्टीका नेता र कार्यकर्ताले प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिन्छन्।

कतिपय सन्दर्भमा प्रधानमन्त्री मोदी विगतका सरकारले सेनालाई छुट नदिएका कारण देशभित्र आक्रमण भएको आरोप लगाउँछन्।

त्यसबारे तेजबहादुर यादव भन्छन्, त्यस्तो होइन। सेनाले यसअघि पनि आक्रमण गर्थ्यो। तर त्यसलाई लिएर राजनीति हुँदैनथ्यो। वर्तमान सरकारले सेनाको कामलाई लिएर राजनीति गरिरहेकाले त्यसको उत्तर दिन म निर्वाचनमा उठेको हुँ ।

उनको भनाइ छ, आजसम्म हामीले सिमानाको रक्षा गर्‍यौँ। तर जबसम्म देशको जवान संसद्‍मा पुग्दैन तबसम्म यो देशको सुरक्षा सुनिश्चित हुँदैन।

पुलवामा आक्रमण कसरी भयो?

प्रधानमन्त्री मोदी र भाजपा नेता चुनावी सभामा मोदी नेतृत्वमा भारत निकै बलियो बनेको दाबी गर्छन्।

तेजबहादुर यादव भने भारत त्यति बलियो बनेको भए पुलवामा आक्रमण कसरी भयो भनी प्रश्न उठाउँछन्।
उनले त्यसमा षड्यन्त्र लुकेको आशङ्का गर्दै भन्छन्, मोदीको डर अर्को कुनै देशमा भएको भए पुलवाम जस्ता ठूला आक्रमण कसरी सम्भव भयोरु आजसम्म यति ठूलो आक्रमण सेनामाथि भएको थिएन। कतै राजनीतिकै निम्ति उनले आफैँ त्यो आक्रमण गराएका त हैनन्रु

पुलवामा आक्रमणको छानबिन हुनुपर्ने उनको माग छ।

जम्मु(कश्मीरका राज्यपालले नै त्यस घटनामा कुनै त्रुटि भएको स्वीकार गरिसकेका छन् भने त्यसको छानबिन किन गराइएन भन्ने उनको प्रश्न छ।
असली चौकीदार कोरु
तेजबहादुर यादवले आफ्नो चुनावी प्रचारमा वितरण गरिरहेको पोस्टरमा आफू देशको असली चौकीदार भएको उल्लेख गरेका छन्।

असली र नक्कली चौकीदारबारे उनी भन्छन्, यति वर्षसम्म सीमाको चौकीदारी हामीले गर्‍यौँ भने देशको असली चौकीदार पनि त हामी हौँ।

उनको प्रश्न छ, यदि मोदीले आफूलाई चौकीदार मान्छन् भने रफाल विमान खरिद प्रकरणको फाइल कसरी चोरी भयो। नीरव मोदी र अन्य व्यक्तिहरू देशबाट भागे भने उनी केका चौकीदार भएरु

चुनावी लाभको निम्ति मोदी र उनको भाजपा सेनाको नाम दुरुपयोग गरेको आरोप लगाउँदै भूतपूर्व उच्च सैनिक अधिकृतहरूले तत्काल त्यो रोक्न राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए। /बीबीसी

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE