Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

नेपाल–चीन सीमापार रेल्वेबाट कनेक्टिभिटीको उचित लाभ : राष्ट्रपति विद्यादेवी

बेइजिङ । राष्ट्रपति विद्यादेवी भण्डारीले हिमालय सीमापार बहुआयामिक सन्जालका साथै नेपाल–चीन सीमापार रेल्वे विकासबाट दुई देशमात्रै नभएर यस क्षेत्रका अन्य मुलुकलाई पनि कनेक्टिभिटीको लाभ मिल्ने बताएकी छन् ।

आजको कान्तिपुर दैनिकमा खबर छ - नेपालजस्तो भूपरिवेष्टित मुलुकका लागि सामाजिक तथा आर्थिक विकासमा कनेक्टिभिटीको ठूलो महत्त्व रहेको उल्लेख गर्दै भण्डारीले बढदो कनेक्टिभिटीका कारण व्यापार, लगानी, पर्यटन तथा जनस्तरीय सम्बन्धबीच व्याफक अवसर खुल्ने विश्वास व्यक्त गरिन् ।

बिहीबारदेखि बेइजिङमा चलिरहेको दोस्रो बेल्ट एन्ड रोड (बीआरआई) अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा शुत्रबार सम्बोधन गर्दै उनले भनिन्, ‘लामो समयको राजनीतिक उतारचढावपश्चात् नेपाल पनि राजनीतिक स्थिरतामा गएको छ । हाम्रो अबको उद्देश्य जनजीवनमा देखिने खालको परिवर्तन ल्याउनु हो ।’

राष्ट्रपति भण्डारीले न्यानो आतिथ्यताका लागि विश्वको सर्वोच्च शिखर सगरमाथा र बुद्धको जन्मभूमि नेपालका तर्फबाट चिनियाँ राष्ट्रपति सी चिनफिङलाई धन्यवाद दिँदै नयाँ चीन स्थापनाको ७०औं वार्षिकोत्सवका उपलक्ष्यमा बधाई तथा शुभकामना दिइन् । विभिन्न ३७ मुलुकका राष्ट्र तथा सरकार प्रमुख, राष्ट्रसंघका महासचिव र अन्तर्राष्ट्रिय मुद्रा कोषका महानिर्देशकसहित लगभग ५ हजार विदेशी प्रतिनिधिमाझ राष्ट्रपति भण्डारीले नेपाली भाषामै सम्बोधन गरिन् ।

नेपालको राष्ट्रिय आकांक्षा पनि ‘समृद्ध नेपाल, खुसी नेपाली’को अवधारणाबाट निर्देशित भएको बताउँदै उनले सन् २०३० को सहस्राब्दी विकास लक्ष्य प्राप्तिका लागि नेपालले पनि मध्यम आय भएको मुलुक बन्ने अठोट गरेको बताइन् । उनले भनिन्, ‘हाम्रो लक्ष्य भनेको अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुनु हो ।’ दुई पक्षीय तथा बहुपक्षीय सहयोग र छिमेकीको समर्थनमा विकास साझेदारसहित अन्य मित्रराष्ट्रसँग मिलेर आफ्नो देशको विकास चुनौती सामना गर्न नेपाल इच्छुक रहेको भन्दै उनले बीआरआईले साझा मानवजातिलाई समुन्नत बनाउन चिनियाँ राष्ट्रपति सीको दुरदर्शिताको पनि प्रशंसा गरिन् ।

विश्वका विभिन्न भागमा गरिबी घटदै गएको, स्वास्थ्य र शिक्षामा सहज पहुँच बढेको र प्रविधिको क्रान्तिले सम्भावनाका ढोका खोलेको भन्दै उनले सहकार्यबिना यस्ता फाइदाको परिकल्पना गर्न नसकिने बताइन् । ‘यद्यपि पुराना चुनौती यथावत् छन्, अर्थतन्त्रको बाँडफाँट समान नभएकाले कैयन् नागरिक अझै पनि गरिबीको चपेटामा छन्,’ उनले भनिन् ।

संरक्षणवाद र एकपक्षीयतावादका कारण प्राप्त उपलब्धि खतरातर्फ धकेलिने भन्दै उनले उज्ज्वल तथा सुन्दर भविष्यको खोजीका लागि एसिया विश्व अर्थव्यवस्थाको एक विद्युत्गृह जस्तै भएको बताइन् । कनेक्टिभिटी बढाउने, पूर्वाधार निर्माण, बजार–बजारबीचको सम्पर्क तथा क्षेत्रीय र त्योभन्दा पर राष्ट्रहरूबीच सहयोग बढाउनेमा बीआरआईले खेलेको भूमिका अतुलनीय रहेको उनको भनाइ थियो ।

आफ्नो उद्घाटन मन्तव्यमा राष्ट्रपति सीले अन्तर्राष्ट्रिय आदानप्रदान तथा सहयोगका लागि न्यायिक तथा मैत्रीपूर्ण वातावरण तयार गर्नका लागि खुलापनको नीति कार्यान्वयनमा अधिक महत्त्व दिने तथा विश्वको समग्र आर्थिक नीतिगत समन्वयलाई मजबुत बनाउने बताए ।

चीनले उत्पादन तथा सेवाको आयात बढाउने बताउँदै उनले बौद्धिक सम्पदा रक्षाका लागि अन्तर्राष्ट्रिय सहयोग बलियो पार्ने र चीन तथा अन्य क्षेत्रमा विदेशी लगानी बजार प्रवेशलाई विस्तार गर्ने बताए । उनले भने, ‘अझै खुलापनलाई बढाउन सिलसिलेवार सुधारका कदम चाल्न चीन तत्पर छ ।’ विकासको असन्तुलन नै संसारको सबैभन्दा ठूलो असन्तुलन हो भन्दै उनले धेरै देशहरूसँग उच्च मापदण्डसहित स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गर्न तथा विश्वमा परस्पर सम्पर्क र साझेदारी सम्बन्ध नै बीआरआईको महत्त्वपूर्ण पाटो रहेको औंल्याए ।

बीआरआईको गुणस्तरीय विकासका लागि ३ सुझावअन्तर्गत व्यापक विचार विमर्श, साझा सहयोग र सहभागितामा जोड दिँदै सीले सन् २०१७ मा भएको प्रथम बीआरआई सम्मेलनका निष्कर्ष सुचारु ढंगले कार्यान्वयनमा लगिएको पनि बताए ।

उद्घाटन सत्रमा राष्ट्रपति सीसँगै विभिन्न देशका राष्ट्र तथा सरकारप्रमुखहरूले पनि सम्बोधन गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, पाकिस्तानी प्रधानमन्त्री इमरान खान, मलेसियाली प्रधानमन्त्री महाथिर मोहम्मद लगायतले सम्बोधन गरे । राष्ट्रपति सीले शुक्रबार साँझ साढे ७ बजेदेखि ग्रेट हल अफ द पिपुल्समा राष्ट्र तथा सरकार प्रमुखहरूका सम्मानमा दिएको रात्रिभोजमा राष्ट्रपति भण्डारी पनि सहभागी भइन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending