Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

नेकपाको नेतृत्व चयनपछि कार्यकर्तामा उत्साह

बाँके । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला नेतृत्व चयन भएपछि कार्यकर्तामा उत्साह देखिएको छ । जिल्ला नेतृत्व चयनले स्थानीय तहका कमिटीसमेत चलायमान हुन थालेका छन् । बाँकेमा दुई महीनाअघि नै आठै स्थानीय तहमा अध्यक्ष, सचिव र कमिटीका सदस्यले शपथग्रहण गरे पनि जिल्ला नेतृत्व चयन नहुँदा अलमलको अवस्था रहेको थियो ।

नेकपा बाँकेमा अध्यक्षमा पुराना कम्युनिष्ट नेता तत्कालीन माओवादी केन्द्रका संयोजक आइपी खरेल र सचिवमा तत्कालीन नेकपा एमालेका अध्यक्ष अशोक कोइराला चयन भएकाले पनि कार्यकर्ता पङ्क्तिमा उत्साह देखिएको नेकपा जानकी गाउँपालिका कमिटीका अध्यक्ष पदम धितालले जानकारी दिए ।

“कमिटीको पहिलो बैठक बसेर वडातहमा कमिटी गठनको प्रक्रिया र कार्ययोजना अगाडि बढाए पनि जिल्ला तहमा कमिटी नभएका कारण कार्यक्रम गर्न अलमल भएको थियो”, उनले भने, “अब जिल्ला नेतृत्वको टुङ्गो लागेको छ, जिल्ला कमिटी चलायमान भएपछि हामीलाई पनि काम गर्न सजिलो हुनेछ ।”

नेपालगञ्ज उपमहानगरपालिका कमिटीका सचिव दत्तप्रसाद आचार्यले जिल्ला नेतृत्व चयन नहुँदा सङगठन विस्तार र पार्टीका गतिविधि गर्न धेरै कठिनाइ भएको उल्लेख गरे । जिल्ला नेतृत्व चयनले पार्टी कमिटी र सर्वसाधारणसमेत उत्साहित भएको उनको भनाइ छ ।

नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले लामो समयसम्मको अन्योलका बीच अध्यक्ष र सचिव सिफारिस भएकाले सबैमा उत्साह ल्याएको बताए । अनौपचारिकरूपमा पार्टीका काम शुरु गरे पनि शपथग्रहणलगत्तै योजनाबद्ध तरिकाले अभियान सञ्चालन गरिने उहाँले जानकारी दिए ।

स्थानीय तह कमिटीलाई वडातहमा कमिटी गठन गर्न र कमिटीलाई चलायमान बनाउन अनुरोध गरेको नेकपा बाँकेका कार्यदल सदस्य गोपाल गिरीले बताए । बाँकेमा तत्कालीन नेकपा एमालेका अशोक कोइराला र गोपाल गिरी तथा तत्कालीन नेकपा माओवादी केन्द्रका अकल बम र प्रकाश सुवेदी नेकपा कार्यदल सदस्य रहेका थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending