बेझाड । रामपुर नगरपालिका–६ विजयपुरका जमुना घिमिरेले दुई छोरीको साथमा जीवनयापन गर्दै आएकी छिन् ।
श्रीमानको निधन भएपछि उनलाई जीवन गुजारा गर्न भने त्यति सजिलो थिएन । दुई छोरीको पठनपाठन र घरायसी खर्च चलाउने जिम्मेवारी उनीमाथि आइपुगेको थियो । दुःखकष्टका साथ जनजिविका चलाउँदै आएका धिमिरेलाई रामपुर नगरपालिका–६ कार्यालयले आयआर्जन गर्नका लागि बाख्रा उपहार दिएपछि उनको परिवारमा खुशियाली छाएको छ ।
\'एकल महिलालाई लक्षित गरी वडाले गरेको यस कार्यप्रति खुशी छु, बाख्रा पालेर आयआर्जन गरेर परिवारमा आम्दानीको स्रोत बढाउनेछु\', उनले भनिन् । माऊ बाख्राको राम्रोसँग स्याहारासुसार गरी यसैबाट सङ्ख्या बढाउँदै लैजाउने उनले बताइन् ।
एकल महिला भनेपछि अझै पनि समाजमा व्यवसाय गर्न असहयोग गर्ने चलन विद्यमान नै छ । एकल जीवन बिताएका महिलाको जीवनस्तर उकास्नका निम्ति कार्यालयले एक वटा माऊ बाख्रा उपहारस्वरुप दिएको छ । एउटा माऊ बाख्रालाई राम्रोसँग घाँसपात, दानापानी गरेर गुजारा चलाउने कविता भण्डारीले बताइन् ।
माऊ बाख्रा पाएपछि उनले खुशी हुँदै उनी भन्छिन्, \'समाजमा एकल महिला भनेर हेयको दृष्टिकोण राख्नेका निम्ति अब्बल महिलाका रुपमा बाख्रापालन व्यवसाय गरेर नमुनाका रुपमा आफूलाई चिनाउनेछु ।\' बाख्रा पालेर घरखर्च, छोराछोरीको पढाइ खर्च चलाउने उनको धोको छ । एकल महिलालाई आयआर्जन गरी आत्मनिर्भर बनाउन वडाका ६० वर्ष उमेरभित्रका नौ जना एकल महिलालाई बाख्रा वितरण गरिएको हो ।
यहाँका झुमाकुमारी कुमाल, शुभद्रा थापा, माया घर्ती, भानियमाया घर्ती, मुमाकुमारी पौडेल, दिलकुमारी खासु, कविता भण्डारी, स्यानी कुमाल र जमुना घिमिरेलाई प्रतिव्यक्ति रु पाँच÷पाँच हजारका दरले एक÷एक वटा माऊ बाख्रा उपहारस्वरुप वितरण गरिएको छ । महिला शीर्षकमा विनियोजित ५० हजार बजेटबाट आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले उनीहरुलाई अनुदानमा माऊ बाख्रा वितरण गरिएको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताए ।
यस कार्यक्रमले महिलालाई आयआर्जनमा ठूलो टेवा पुग्ने रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताइन् । उनले नगरभित्रका एकल महिलालाई भेला गराई नगरस्तरीय समिति गठन गर्ने र आयआर्जन, सीपमूलक तालीम सञ्चालन गर्ने नगरपालिकाले योजना बनाएको बताइन् ।
वडा कार्यालयले कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न अनुदानका कार्यक्रम गरिरहेको छ । सामूहिक तरकारी खेती गर्न महिला समूहलाई अनुदान रकम, मल, बीउबिजन, कृषिजन्य सामग्री सहयोग गरिरहेको छ । पाँच वर्षभित्र कृषि र पर्यटनको रुपमा चिनाउने लक्ष्यका साथ वडाले विभिन्न कार्यक्रम अगाडि बढाएको छ । नगरकै कृषि उत्पादनका लागि नमूनाका रुपमा चिनिएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: