Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

विप्लव समर्थक पत्रकारलाई राज्यविरुद्धको मुद्दा

काठमाडौं। विप्लव निकट पत्रकारलाई सरकारले राज्यविरुद्धको मुद्दा चलाएको छ। सरकारले जनपत्रकार संगठन, नेपालका काठमाण्डौं संयोजक जितेन्द्र महर्जनलाई राज्य विरूद्वको कसुरमा मुद्वा चलाएको हो । चैत्र २८ गते पक्राउ परेका महर्जनलाई प्रहरीले राज्य विरूद्वको कसुर सम्बन्धि मुद्दा लगाएको हो ।

नेपाल भाषाको पत्रिका ञन्हूगु ज्वजलपा वास्पौझ का प्रधानसम्पादक महर्जनलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनपत्रकार संगठनको काठमाडौं संयोजक भएकै कारण चैत २८ गते प्रहरीले गिरफ्तार गरेको थियो। गणतन्त्र आएपछि पहिलोपटक सरकारले पत्रकार विरूद्व राज्य विरूद्वको कसुर सम्बन्धि मुद्दा चलाएको हो । समाचार संकलनकै शिलिशीलामा हिँडिरहेका बेला संयोजक महर्जनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो ।

जनपत्रकार संगठन नेपालको पहलमा नेपाल पत्रकार महासंघले पत्रकार महर्जनको गिरफ्तारी गैरकानूनी भएको भन्दै सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै बन्दीसहित गिरफ्तार गुर्नको कारण पेश गर्न बैशाख २ गते सरकारलाई आदेश समेत दिएको थियो । यता जनपत्रकार संगठन नेपाल केन्द्रीय समिति र उपत्यका क्षेत्रीय समन्वय समितिले समेत प्रेस विज्ञप्ति जारी गर्दै गिरफ्तार पत्रकार तथा काठमाडौं जिल्ला संयोजक महर्जनलाई अबिलम्व रिहाइको माग गर्दै रिहाइ नगरे आन्दोलनमा जाने चेतावनीसमेत दिएको छ ।

जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले पत्रकार महर्जनलाई सरकारले राजनीतिक आस्थाका कारण प्रतिशोध साँध्ने उद्देश्यले पक्राउ गरी राज्य विरुद्धको मुद्दा लगाएको टिप्पणी गरेका छन् । अध्यक्ष डुम्रेले गणतन्त्र प्राप्तिपछि समेत कम्युनिष्ट सरकारले पत्रकारलाई राज्य विरुद्धको मुद्दा लगाउनुले नेपालको मिडिया जगत कतिको सुरक्षित भन्ने गम्भीर प्रश्न चिन्ह खडा भएको भन्दै सरकारको प्रेस विरोधी नीतिको भण्डाफोर गर्नुपर्ने बताए । जनपत्रकार संगठन हामीले बिधिवत दर्ता गरेका छौँ कानुनी प्रक्रिया पुरा गरी नेपालको प्रचलित कानून र पत्रकार आचार सहिंताअनुसार कलम चलाउँदा समेत पत्रकार गिरफ्तारी हुनुले राज्य आलोचना सहन नसक्ने ठाउँमा पुगेको बताए ।

\"\"

आइतबार पत्रकार महर्जनको सर्वोच्चमा सुनुवाई हुनेछ । नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएपछि उक्त पार्टी निकट पत्रकारविरूद्व समेत सरकार आक्रामक देखिएको छ । यसअघि जनपत्रकार संगठन, नेपाल कालिकोट संयोजक कर्ण विकलाई रेडियो स्टेशनभित्रबाटै प्रहरीले गिरफतार गरेको थियो भने व्यापक बिरोध पछि विक रिहाइ भएका थिए । गिरफ्तार पत्रकार महर्जन रिहाइका लागि नेपाल पत्रकार महासंघ, जनपत्रकार संगठन नेपाल, फ्रिडम फोरम, राष्ट्रिय मानवअधिकार आयोगलगायत विभिन्न पत्रकार सम्बद्ध संघ संगठनहरुले आवाज उठाएका छन् ।

\"\"

महर्जनका लागि बरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोख्रेल, कान्ति ढुंगाना, चुडा बहादुर तिवारी लगायतले कानूनी सहयोग गरिरहेको संगठनका महासचिव हिम विष्टले जानकारी दिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies