Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

भुइँको टिप्ने कि गोजीको जोगाउने ?

\"sangit_shrota_article\"नेपाली कांग्रेसको ऐतिहासिक दस्तावेज–अंशबाट टिप्पणी सुरु गरौँ । कांग्रेसको २०१२ सालमा वीरगञ्जमा सम्पन्न राष्ट्रिय महाधिवेशनको घोषणापत्रमा २००७ सालको दिल्ली सम्झौताको संश्लेषण गर्दै भनिएको छ– ‘‘दिल्ली सम्झौतालाई एक प्रकारले महाराजाधिराज, कांग्रेस तथा राणाहरूबीचको एउटा सम्झौता भन्न सकिन्छ । यसप्रकार बनेको संयुक्त सरकार ती तीन परस्पर विरोधीहरू सम्मिलित हुनुको उपज थियो । यी शक्तिहरू राजकीय, क्रान्तिकारी र प्रतिक्रियावादी थिए । तर तिनै शक्तिहरूमध्ये क्रान्तिकारी शक्ति नै सबैभन्दा शक्तिशाली थियो । यसबाट कांग्रेसलाई शक्ति एवम् प्रोत्साहन मिल्ने गथ्र्यो (पृ. ९३) ।’’ सात सालको क्रान्तिको नेतृत्व गर्ने राजनीतिक शक्ति नेपाली कांग्रेस थियो । उसले राजा र राणासँग सम्झौता गरेको थियो र सम्झौता परस्पर विरोधी शक्तिहरूको लेनदेन हो भन्ने राम्रोसँग बुझेको देखिन्छ । अर्कोतिर ऐतिहासिक राजनीतिक परिवर्तनसँगैको सम्झौतामा क्रान्तिकारी शक्ति नै बढी प्रभावशाली र समर्थ हुन्छ भन्ने कुरा पनि कांग्रेसले दस्तावेजमा उल्लेख गरेको छ । साठीको दशकको ऐतिहासिक परिवर्तनको हक र जसको मूल हिस्सा माओवादी आन्दोलनलाई जान्छ । माओवादी आन्दोलनकै ‘ब्याकिङ’मा ०६२/६३ को आन्दोलन उठेको दुनियाँलाई थाहै छ । संविधानसभा र गणतन्त्रको एजेन्डालाई राष्ट्रिय बहसमा ल्याएको माओवादी आन्दोलनले नै हो । सात सालको परिवर्तनकारी शक्ति नेपाली कांग्रेस भएजस्तै साठीको दशकको त्यस्तो शक्ति माओवादी हो । पहिलो संविधानसभा रहुन्जेल ऊ प्रभावशाली र शक्तिशाली पनि थियो । तर, दोस्रो संविधानसभाको नतिजाले उसको संख्यात्मक शक्ति संकुचित भयो । यति हुँदाहुँदै पनि अहिले संस्थागत भइसकेका वा हुँदै गरेका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताजस्ता उपलब्धिको जिम्मेवार कर्ता माओवादी नै हो । यी उपलब्धिलाई एउटा ठेगान लगाउनका लागि पनि तत्कालका लागि यो वा त्यो सम्झौतामा पुग्नुको कुनै विकल्प माओवादीसँग थिएन । सात सालमा कांग्रेसले राजा र राणासँग सम्झौता गरेको थियो, अहिले माओवादीले संसदवादी शक्ति अर्थात् कांग्रेस–एमालेसँग सम्झौता गरेको छ । तर, यहाँ बिडम्बनापूर्ण कुरा के छ भने माओवादी आन्दोलनको सम्झौताको यात्राका सीमा र शक्तिलाई माओवादीकै समर्थक र शुभेच्छुकले ठीकसँग बुझ्न सकेको देखिँदैन ।
एकातिर संविधान निर्माणकै किचकिचमा सम्पूर्ण मुलुक अल्झाइरहने, अर्कोतिर दिन दुई गुना रात चौगुनाको हिसाबमा माओवादी आन्दोलनलाई शक्तिहीन र संकुचित पारिरहने आन्तरिक/बाह्य दुवैतिरको षड्यन्त्रमा माओवादी फसिरहेको थियो । पछिल्लो सहमतिले माओवादीलाई त्यस्तो निरन्तरको अवरोहपूर्ण यात्राबाट बाहिर झिकेको छ ।
बाह्रबुँदे हुँदै पछिल्लो सोह्रबुँदेको खुड्किला फड्केको माओवादी शक्ति संघीयतासहितको संविधान निर्माण गरेर आफ्नो सम्झौताको पछिल्लो राजनीतिक कोर्स पूरा गर्ने बाटोमा छ । एकातिर संविधान निर्माणकै किचकिचमा सम्पूर्ण मुलुक अल्झाइरहने, अर्कोतिर दिन दुई गुना रात चौगुनाको हिसाबमा माओवादी आन्दोलनलाई शक्तिहीन र संकुचित पारिरहने आन्तरिक/बाह्य दुवैतिरको षड्यन्त्रमा माओवादी फसिरहेको थियो । पछिल्लो सहमतिले माओवादीलाई त्यस्तो निरन्तरको अवरोहपूर्ण यात्राबाट बाहिर झिकेको छ । सहमतिमा संघीयताको नाम र सीमाबारेको उधारो बुँदा र संसदीय व्यवस्थामा जाने फरक मतसहितको समर्थनले राजनीतिक क्षेत्रमा आलोचना र विरोध निम्त्याएको छ । त्यो स्वाभाविक पनि छ । सामान्यतः विरोध र आलोचना शुभेच्छुक र नजिकका आफन्तहरूबाटै हुने हो, सरोकारवालाहरूबाटै हुने हो । यसले भोलि नामांकन र सीमांकनमा सही निर्णय गर्न मद्दत नै पुग्छ । तर, सम्झौतामा आफूले भनेको सबै कुरा पुग्नैपर्ने अड्डीले नकारात्मकतातिर लैजान सक्छ । भुइँको टिप्न खोज्दा गोजीको पनि भुइँभरि हुन सक्ने स्थितिबाट पार पाउन यतिखेर माओवादी सहमतिमा पुगेको देखिन्छ । सम्झौता सम्झौतै हो । सम्झौता विजयको घोषणापत्र होइन र आत्मसमर्पणको कागज पनि होइन । प्रमुख दलहरूबीच १६ बुँदे सहमति भएपछि अहिले त्यसका कर्ताहरूलाई सत्तोसराप गर्नेहरू र वाहवाही गर्ने दुवैथरी देखिएका छन् । बाह्रबुँदेदेखि सुरु भएको सम्झौताको यात्रामा सोह्रबुँदे एउटा खुड्किलो मात्रै हो भनेर बुझ्न नसक्दा दुईथरी अतिवादी उत्तेजनामा पुग्नु स्वाभाविक हुन्छ । माओवादी आन्दोलन युद्धकालीन उत्तराद्र्धदेखि नै कुनै न कुनै रूपमा सम्झौताको संक्रमणकालीन राजनीतिक बाटो हुँदै तत्काललाई सशस्त्र संघर्षका उपलब्धिलाई संस्थागत गर्न चाहन्थ्यो । त्यसका लागि उसका न्यूनतम सर्त अन्तरिम सरकार हुँदै संविधानसभा, गणतन्त्र र राज्यपुनर्संरचना थिए । संसदवादी सात दलसँगको बाह्रबुँदे समझदारीदेखि यताको विगत एक दशकमा माओवादी आन्दोलनले सम्झौताकै आरोह–अवरोह पार ग¥यो । यसबीचमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी व्यवस्था लगायत केही आधारभूत लोकतान्त्रिक पद्धति संस्थागत पनि भइसकेको छ । नयाँ संविधानले पूर्णता नपाएका कारण सम्झौताको चक्र अझै अधुरो छ । त्यही चक्र पूरा गर्नु नै १६ बुँदेको अभीष्ट देखिन्छ । माओवादी आन्दोलन र २०६२/०६३ को आन्दोलनका उपलब्धिलाई संविधानतः संस्थागत गर्ने दायित्व पूरा नहुँदै माओवादी आन्दोलनभित्र टुटफुट सुरु भयो । वैचारिक एवम् सांस्कृतिक विचलन र सैद्धान्तिक अस्पष्टताहरूलाई व्यवस्थित बहसका आधारमा टुंगोमा पु¥याउने काम झण्डै अलपत्रजस्तै रह्यो । हेटौंडा महाधिवेशनबाट समाजवादी क्रान्तिको कार्यदिशा तय गरेको एकीकृत माओवादी राष्ट्रिय राजनीतिमा अहिले पनि सात सालपछिको कांग्रेसजस्तै भूमिकामा छ । भौतिक रूपमा संविधानसभामा कमजोर उपस्थिति हुनु वा माओवादी आन्दोलनले टुटफुट र विचलन बेहोर्नु परे पनि संसदवादी र बुर्जुवा श्वेतवस्त्रधारीहरूको संसार अहिले पनि माओवादीको आन्दोलनको वैचारिक शक्तिसँग तर्सिरहेको छ । बरु माओवादी आफै वैचारिक सुदृढीकरण र संगठनात्मक जागरण ल्याउन चुकिरहेको छ । आन्दोलनलाई एकीकृत बनाउने र कार्यदिशाको नयाँ मिलनविन्दु खोज्ने काममा उसको ध्यान नपुगेकोतिर, स्थानीय स्तरसम्म जनताका सुखदुःखसँग पार्टीलाई जोड्ने काममा असफल भइरहेकोतिर, पार्टी–निर्माण र वैचारिक बहस ओझेलमा परेकोतिर भने आलोचकहरूले जति भने पनि पुग्दैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies