बेझाड । प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको रिमिघा लेकमा पुगेपछि प्रकृतिसँग नरमाउने सायद कमै होलान् । यसको सुन्दरताले यहाँ पुग्ने जोकोहीको पनि मन लोभ्याइरहेको हुन्छ ।
रम्भा गाउँपालिका–२ फोक्सिङकोट र ३ पिपलडाँडाको माथिल्लो भागमा अवस्थित रिमिघा लेक पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनिन थालेको छ । धार्मिक, ऐतिहासिक, प्राकृतिक र वातावरणीय सौन्दर्य, जैविक विविधताका साथै पर्यटकीय महत्व बोकेको रिमिघा लेक सुन्दर र रमणीय छ । लेक समुद्री सतहदेखि एक हजार ७०० मिटर उचाइमा रहेको छ ।
यहाँ जोगी गुफा, देश हेर्ने ढुङ्गा, विशाल चौर, टुँडिखेल, इनार, भुरे राजाले बनाएको घरका भग्नावशेष, तीनकन्या मन्दिर, कालिकादेवी मन्दिरलगायतका धार्मिक तथा ऐतिहासिक स्थल छन् । यहाँबाट उत्तरतर्फ रहेका अग्लाअग्ला अन्नपूर्ण तथा धवलागिरि हिमशृङ्खलाका दृश्य अवलोकन गर्न पाइन्छ । तलतिर नागबेली आकारमा बहेको कालीगण्डकीको मनमोहक दृश्यले पर्यटकलाई लोभ्याइरहेको हुन्छ ।
ताहुँमा रहेको प्रसिद्ध रम्भादेवी मन्दिरदेखि दक्षिणतिर लगभग दुईदेखि साढे दुई किलोमिटरको दूरीमा रिमिघा लेक पर्छ । पूर्वपट्टी फोक्सिङकोटको झोकेदी, पश्चिपट्टि पिपलडाँडाको माथिल्लो घोङसिङ, उत्तरतर्फ फोक्सिङकोटको बोरोङसे, नम्टाहा, दक्षिणपट्टि फोक्सिङकोटकै झोकेदी भाग रिमिघा लेकसँग जोडिएको छ ।
यहाँ पाल्पा, स्याङ्जालगायतका विभिन्न स्थानका आन्तरिक पर्यटक घुमफिर गर्न तथा वनभोज कार्यक्रमका निम्ति पुग्ने गरेका छन् । पछिल्लो समय रिमिघा लेक आन्तरिक पर्यटकको गन्तव्यस्थल बनिरहेको छ ।
पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका निम्ति वैशाखभित्रमा यहाँ रिमिघा महोत्सव आयोजना गर्ने गाउँपालिकाले तयारी गरिरहेको छ । महोत्सवमा प्रसिद्ध रम्भादेवी मन्दिरको दर्शन गरेर रिमिघा लेकसम्म पर्यटक भित्र्याउने लक्ष्य छ । रिमिघा लेकको तल्लो भागमा ३०० मिटर जति सडक जोडिन बाँकी रहेकाले अहिले सडक बनाउने काम भइरहेको छ । तल्लो भागसम्म सडक जोड्ने र त्यहाँबाट १० मिनेट जति रिमिघा लेकसम्म पुग्न पैदलमार्ग निर्माण गर्ने गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारी बताउनुहुन्छ ।
“सडक नपुगेकाले सडक निर्माणमा जोड दिएका छाैं, रिमिघा लेकको तल्लो भागसम्म सडक जोड्ने काम सकिएपछि, पूर्वाधार विकास निर्माणका काम गर्ने गाउँपालिकाले योजना बनाएको छ”, अध्यक्ष भण्डारीले बताउनुभयो । अत्यन्त सुन्दर र समथर भूमिमा अवस्थित यस रिमिघा लेकमा पौराणिक समयमा राजा तथा ऋषिमुनिले तपस्या गरेको धार्मिक मान्यता छ ।
यस क्षेत्रमा खानेपानी व्यवस्थापन, क्रीडास्थल निर्माण, जोगी गुफा जाने बाटो निर्माण, दृश्यावलोकन स्तम्भ निर्माण, मोबाइल टावर निर्माण तथा साहसिक खेल प्याराग्लाइडिङको विकास गर्न सकेको खण्डमा पर्यटन विकासमा ठूलो टेवा पुग्ने देखिन्छ । विशेषगरी रिमिघा लेकमा नयाँ वर्षको अवसरमा घुम्न आउने पर्यटकको बढी चहलपहल हुन्छ । यस वर्षको नयाँ वर्षको पहिलो दिन मात्रै करीब छ हजार पर्यटक भित्रिएको बताइएको छ ।
यहाँ दिनहुँजसो विभिन्न स्थानबाट वनभोज आउनेको सङ्ख्या बढ्दो छ । वनभोज र घुमफिर गर्न आउने आन्तरिक पर्यटकलाई मध्यनजर राख्दै यहाँका स्थानीय युवाले खेलकूद, खानेपानी तथा साउण्ड सिस्टमको व्यवस्था गरिदिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: