काठमाडौं । लामो समयदेखि चर्चामा रहेको नेकपा एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको गृहकार्यलाई अन्तिम चरणमा पुर्याएका हुन्।
गत बिहीबार राती चन्द्रागिरी हिल्स रिसोर्टमा सचिवालय सदस्य रामबहादुर थापा र महासचिव बिष्णु पौडेलसहित आवासीय बैठक गरेका अध्यक्षद्वय ओली र दाहालले पार्टी स्थापना दिवस अप्रिल २२ अर्थात बैशाख ९ गतेभित्र सबै तहको एकताको टुंगो लगाउने गरी गृहकार्य तीव्र पारेका हुन्।
पार्टी सचिवालयका अधिकांश नेतासँग छुट्टाछुट्टै छलफल गरेका अध्यक्षद्वयले आज वरिष्ठ नेता माधवकुमार नेपालसँग एकताको बिषयमा छलफल गरेका छन्। गत साता बिरामी परेका कारण नेता नेपालसँग छलफल हुन पाएको थिएन । अध्यक्षद्वयले आज बालुवाटारमै वरिष्ठ नेता नेपालसँग एकताको बिषयमा छलफल गरेको स्रोतले बताएको छ।
‘अध्यक्षद्वयले बरिष्ठ नेता नेपालसँग छलफल गर्नुभएको छ, अब ढिला नगरी एकताको निर्णय लिनुपर्नेमा सबै नेताहरु सहमत हुनुहुन्छ, अब एकता प्रक्रिया लम्बिँदैन’ भेटबारे बालुवाटारस्रोतले बतायो । अस्पताल भर्ना भएपछि चिकित्सकको सुझावमा एक साता भेटघाट बन्द गरेका वरिष्ठ नेता नेपाल आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।
बालुवाटारमा प्रधानमन्त्री ओलीले समता स्कूललाई वल्र्ड बुक अफ रेकर्ड हस्तान्तरण गर्दा अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेता नेपालसमेत सहभागी भएपछि नेतात्रयबीच कुराकानी भएको तथ्य बाहिरिएको थियो ।
यसअघि चन्द्रागिरी बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डबीच वैशाख ९ भित्रै बाँकी रहेका एकताको काम टुंग्याउने सहमति भएको थियो । चन्द्रागिरी बैठकपछि नेता नेपालसँग पहिलो छलफल भएको हो ।
जिल्ला र जनवर्गीय संगठनको एकता प्रक्रिया लम्बिदा कार्यकर्ता पंक्तिमा निरासा छाउने अवस्था आएपछि अध्यक्षद्वयले एकताको कामलाई तीब्रता दिएका छन्। यसअघि नै अध्यक्षद्वय ओली र प्रचण्डले सचिवालय सदस्य तथा वरिष्ठ नेता झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठसँग परामर्श गरिसकेका छन्। अध्यक्षद्वय ओली र प्रचण्डले जिल्ला र जनसंगठनको नेतृत्वको विषयमा अन्तिम गृहकार्य गरिरहेको जनाइएको छ।
गत जेठ ३ मा केन्द्रमा एकता भएको नेकपाको जिल्ला नेतृत्व तथा जनवर्गीय संगठनको एकता र नेतृत्व टुंग्याउने मूल काम बाँकी छ । त्यस्तै पोलिटब्युरो गठन र केन्द्रीय समितिका सदस्यको कार्य विभाजन हुन सकेको छैन । यो काम सकेपछि पार्टी एकताको सन्देश लिएर जिल्ला तहमा जाने नेकपाको योजना रहेको छ । उक्त योजनाअनुसार बैशाख ९ गतेभित्र एकताको काम सम्पन्न गर्ने अध्यक्षद्वय ओली र प्रचण्डको योजना रहेको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: