शरीरमा प्रतिरोधक क्षमता बढाउने खानेकुराका बारेमा तपार्इहरूलार्इ कत्तिकाे थाहा छ ? हुनत हामी खाना खार्इ नै रहेका हुन्छाैं तर खानेकुराकाे पहिचान र मात्र बारे जानकारी भए त्याे सुनमा सुगन्ध हुन्छ । हामीले अाफ्नै वरपरि पाइने खानेकुरा नै हाम्राे स्वास्थ्यका लागि कति प्रभावकारी छन् भन्ने ज्ञान नहुँदा हामी पछि परिरहेका छाैं । यदि ती कुराहरुको मात्रै प्रयोग गर्न सकियो भने रोग प्रतिरोधक क्षमतामा बृद्धि गर्न धेरै सोचिरहनै पर्दैन ।
सुन्तला
सुन्तला, कागती, अनार, कटहर आदि फलमा भिटामिन ‘सी’ पर्याप्त मात्रामा पाइन्छ। यसले हरेक रुरोगसँग लड्ने श्वेत रक्तकोशिका निर्माण गर्न मद्दत गर्छ । यस्ता फलको सेवनबाट बन्ने एन्टिबडिज कोशिकाको सतहमा एक प्रकारको आवरण बनाउँछ, जसले शरीरभित्र भाइरस पस्न दिँदैन । त्यसैगरी कोलेस्ट्रोल बढाउँछ र ब्लडप्रेसरलाई पनि नियन्त्रणमा राख्छ। यसले हृदयको धमनीमा बोसो जम्ने प्रक्रियालाई कम गर्छ। यी फलमा पाइने नेचुरल केमिकल कम्पाउन्डले शरीरको रोग प्रतिरोधक क्षमतालाई समेत सक्रिय बनाउँछ ।
लसुन
लसुनले धेरै मात्रामा एन्टी अक्सिडेन्ट बनाएर मानव शरीरको इम्युन सिस्टमलाई बिरामसित लड्ने शक्ति प्रदान गर्छ। यसमा सलिसिन नामक तत्व पाइन्छ, जसले शरीरलाई इन्फेक्सन र ब्याक्टेरियासित लड्ने शक्ति प्रदान गर्छ। प्रतिदिन भोजनमा लसुनको प्रयोग गर्नाले पेटको अल्सर र क्यान्सरबाट जोगिन सकिन्छ । दैनिक लसुन सेवन गर्नाले ब्लडप्रेसरलाई नियन्त्रणमा राख्न सहयोग पुग्छ र यसबाट लामो समयसम्म शरीरको इम्युन सिस्टम पनि बलियो रहन्छ।
ब्रोकाउली
ब्रोकाउलीमा भिटामिन ए र सीबाहेक ग्लुटाथियोन नामक एन्टी अक्सिडेन्ट तत्व पाइन्छ । यसले इम्युन सिस्टमलाई बलियो बनाउँछ । स्टिम गरेर यसलाई सलादका रुपमा सेवन गर्दा शरीरलाई पर्याप्त मात्रामा प्रोटिन तथा क्याल्सियम प्राप्त हुन्छ ।
बदाम
दैनिक ८ देखि १० वटा बदाम भिजाएर खानाले शरीरको रोग प्रतिरोधक क्षमता बढ्नुका साथै मस्तिष्कलाई तनावसित लड्न शक्ति समेत प्राप्त हुन्छ । यसबाट प्राप्त हुने भिटामिन ईले शरीरमैं रहेका नेचुरल किलर सेल्स बढाउन मद्दत गर्छ। विषाणु र क्यान्सरयुक्त कोशिकालाई नष्ट गर्न सघाउछ । बदामले शरीरमा बी टाइपको कोशिकाको संख्या बढाउने काम गर्छ। यी कोशिकाले एन्टिबडिज निर्माण गर्छन्, जसले शरीरमा भएका हानिकारक ब्याक्टेरियालाई नष्ट गर्न सहायता गर्छ। बदाममा पाइने भिटामिन ईले छालालाई स्वस्थ बनाउनुका साथै रिंकल समेत बस्न दिँदैन ।
पालुंगो
पालुंगो पौष्टिक तत्वले परिपूर्ण यो तरकारीलाई सुपर फुड पनि भनिन्छ । यसमा फोलेट नामक तत्व पाइन्छ । जसले शरीरमा नयाँ कोशिका बनाउनुका साथै ती कोशिकामा रहेका डिएनएको मर्मत गर्ने काम पनि गर्छ साथै यसमा भएको फाइबर आइरन, एन्टी अक्सिडेन्ट तत्व र भिटामिन सीले शरीरलाई हरेक तबरबाट स्वस्थ राख्छ । उमालेको पालुंगो सेवन गर्नाले पाचन प्रणालीले सही ढंगमा काम गर्छ र कब्जियतको समस्या पनि कम भएर जान्छ ।
च्याउ
मसरुम शरीरको रोग प्रतिरोधक क्षमता बढाउन मसरुम अत्यन्त लाभदायक हुन्छ । यसले श्वेत रक्त कोशिकालाई सक्रिय बनाएँछ । यसमा सेलेनियम नामक मिनरल, एन्टी अक्सिडेन्ट तत्व भिटामिन सी, रिबोफलेविन तथा नाइसिन नामक तत्व पाइन्छ । मसरुममा एन्टी भायरल, एन्टी ब्याक्टेरियल तथा एन्टी ट्युमर तत्व हुन्छ। प्रतिदिन ३० ग्राम मसरुम सेवन गर्न सके इम्युन सिस्टम बलियो रहन्छ। सलाद, सुप र पास्तासित यसको राम्रो प्रयोग हुन सक्छ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...



प्रतिकृया लेख्नुहोस्: