काठमाडौँ। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ वर्ष २०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिदै सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका छन् ।
प्रदेश नं १ का मुख्यमन्त्री राईले जारी गरेको शुभकामना सन्देशमा भनेका छन्, “नयाँ वर्षको आगमनसँगै मुलुकमा शान्ति, स्थिरता, सुशासनका साथै समद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्ने स्पष्ट गन्तव्यतर्फ अगाडि बढिरहेको हुँदा हामी सबैका लागि यो वर्ष सुखद् र उपलब्धिमूलक बन्न सक्ने छ ।”
त्यसैगरी प्रदेश ३ का मुख्यमन्त्री पौडेलले शुभकामना सन्देशमार्फत समृद्ध प्रदेश निर्माणमा प्रतिवद्ध रहेको जनाएका छन् । “प्रदेश सरकार प्रदेश भित्रका राजनीतिक, मानवीय, भौतिक, आर्थिक, सामाजिक, सांस्कृतिक स्रोतसाधनको पहिचान र उपयुक्त तरिकाले परिचालन गरी लक्षित दीर्घकालीन सोच “स्वस्थ सुसंस्कृत र सुखी जनता, समाजवाद उन्मुख समृद्ध प्रदेश निर्माणमा प्रतिवद्ध रहेको व्यहोरा अनुरोध गर्दछु”, मुख्यमन्त्री पौडेलले सन्देशमा भनेका छन् । यसका लागि प्रदेशवासी नागरिकहरुको सकारात्मक सोच र रचनात्मक सहयोग, उत्साहजनक सहभागिता र स्वस्थ आलोचनाको अपेक्षा गरेको छु सन्देशमा उल्लेख छ ।
त्यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले प्रदेश सरकारका लागि २०७५ साल विभिन्न चुनौतीका बाबजुद विकास र समृद्धिका लागि जग निर्माणको महत्वपूर्ण वर्षका रूपमा व्यतित भएको र कानूनी र संरचनागत जग बलियो र मजबुत भएकाले समृद्धिका धेरै महत्वपूर्ण इँटाहरु थप्न नयाँ वर्ष २०७६ मा सफल हुनेछौँ भन्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: