Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

बालाकोट आक्रमण: पाकिस्तानले देखायो भारतीय वायुसेनाले कारबाही गरेको ठाउँ

पाकिस्तानी अधिकारीहरूले विदेशी सञ्चारमाध्यम र रक्षा सहचारीहरूलाई भारतले गत फेब्रुअरीमा विवादित हवाई आक्रमण गरेको घटनास्थल देखाएको छ।

उनीहरूलाई बालाकोटस्थित एउटा इस्लामिक विद्यालयमा जान दिइएको थियो, जहाँ भारतीय सञ्चारमाध्यमहरूका अनुसार कश्मीर आक्रमणको प्रतिक्रियास्वरूप भारतले गरेको कारबाहीमा लडाकुहरू मारिएका थिए।

उक्त विद्यालयको भवन सकुशल देखिएको थियो।

पाकिस्तानी सेनाले आतङ्कवादी शिविरका रूपमा त्यसको प्रयोग गरिएको दाबी अस्वीकार गरेको छ।

भारतीय आमनिर्वाचनको पूर्वसन्ध्यामा उक्त विद्यालयको अवलोकन गराइएको हो।
बालाकोट घटनास्थललाई लिएर पाकिस्तान र भारत \'सूचनायुद्ध\' को अवस्थामा छन्।

पाकिस्तानले फेब्रुअरी २६ मा भारतीय बम खुला स्थानमा खसाइएको र त्यसबाट कसैलाई केही नभएको बताउँदै आएको छ।

तर भारतले आक्रमणबाट जैश-ए-मोहम्मद समूहका लडाकु ठूलो सङ्ख्यामा मारिएका र उनीहरूको शिविर ध्वस्त भएको बताउने गरेको छ।

सो घटनाको दुई हप्ताअघि भारत-प्रशासित कश्मीरमा ४० जना अर्धसैनिक जवानको ज्यान जानेगरी गराइएको हमलाको बदलास्वरूप आक्रमण गरेको भारतको भनाइ रहिआएको छ।

उक्त हमला कश्मीरमा भारतीय फौजमाथि गराइएको केही दशकयताकै ठूलो थियो र त्यसले भारत तथा पाकिस्तानबीच नयाँ युद्धको खतरा निम्त्याइदिएको थियो।

भारत र पाकिस्तान दुवै परमाणुशक्ति भएका राष्ट्र हुन्।

सञ्चारमाध्यमलाई बुधवार के देखाइयो?
विदेशी पत्रकार र कूटनीतिज्ञलाई पाकिस्तानी सेनाले बालाकोट र खैबर पख्तुन्ख्वा प्रान्तको भ्रमण गराएको थियो।

उनीहरूलाई मझौला आकारको एउटा खाल्डो देखाइएको थियो। पाकिस्तानी सेनाका अनुसार भारतीय वायुसेनाले खसाएको बमबाट त्यो खाल्डो बनेको थियो।

बीबीसीका उस्मान जाहिदका अनुसार विस्फोटका कारण एउटा घरमा सामान्य क्षति भएको थियो भने एक जना घाइते भएका थिए।

विदेशी पत्रकार र कूटनीतिज्ञले ढलेका केही रूख पनि देखे।

उनीहरूलाई तालिम उल कुरान मदरसा पनि लगिएको थियो। विदेशी सञ्चारमाध्यमले त्यस्तो भ्रमण गर्न पाएको त्यो पहिलो अवसर थियो।

सो भवनमा साढे दुई हजार बालबालिका अट्न सक्ने बताइन्छ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जेनरल आसिफ गफूरले मदरसाले \"कुनै हानि नपुर्‍याएको\" र आतङ्कवादी प्रशिक्षण शिविर भएको भन्ने भारतीय दाबीमा \"कुनै सत्यता नभएको\" बताए।

करिब डेढ सयदेखि दुई सय बालबालिकाले सो विद्यालयको मदरसामा कुरानको पाठ गरिरहेको देखियो।

यद्यपि बीबीसीले अन्तर्वार्ता गरेका एक शिक्षक र विद्यार्थीले आफूहरू सबै स्थानीयवासी भएको र भारतीय आक्रमणपछि मदरसा बन्द रहेको बताए।

सञ्चारमाध्यमलाई अनुमति दिइएको भए पनि छोटो अन्तर्वार्ता गर्न भनिएको थियो र भ्रमणलाई सीमित पारिएको स्पष्ट थियो।

भारत के भन्छ?
बीबीसीले सम्पर्क गर्दा भारतीय विदेश मन्त्रालयले \"फेब्रुअरी २६ को प्रतिआतङ्कवादी आक्रमणले लक्षित उद्देश्य हासिल गरेको\" अडानमा दोहोर्‍यायो।

मन्त्रालयस्थित एक अधिकारीले बुधवार भने, \"घटनाको डेढ महिनापछि सञ्चारमाध्यमलाई घटनास्थलको भ्रमण गराउनुले नै कुरा प्रस्ट हुन्छ।\"

बालाकोटमा गरिएको हवाई आक्रमणमा लडाकुहरूको शिविर ध्वस्त भएको र धेरै जना मारिएको भारतको दाबी छ
फेब्रुअरीमा अल जजीराका पत्रकारहरू सो क्षेत्रको (मदरसाको चाहिँ होइन) भ्रमण गर्दा उनीहरूले जैश-ए-मोहम्मदका संस्थापक मसूद अजहरलाई विद्यालयले आफ्नो \"नेता\" मानेको सङ्केत देखेका थिए।

बालाकोट हवाई हमलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी अभियानमा एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।

इन्डिया टुडेका अनुसार मोदीले मतदाताहरूलाई हवाई हमलामा संलग्न विमानचालकहरूको नाममा आफ्नो मत समर्पण गर्न भनेका छन्।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यसै हप्ता बीबीसीसँगको अन्तर्वार्तामा कश्मीर मुद्दामा भारतसँगको शान्ति यस क्षेत्रकै लागि \"महत्त्वपूर्ण\" हुने बताएका थिए।

विविसिबाट

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies