भीमदत्तनगर । कञ्चनपुरमा नेपाल–भारत सीमा क्षेत्रमा पछिल्लो केही दिनयता भारतबाट रोजगारी गरेर घर फर्किने नेपाली लुटिने क्रम बढेको छ । नयाँ वर्ष (विशु पर्व) मनाउन भारतका विभिन्न शहरबाट मजदूरी गरेर फर्किरहेका नेपाली मजदूर सीमा क्षेत्रमा नेपाली तथा भारतीय लुटपाट गर्ने गिरोहको निशाना बनिरहेका छन् ।
भारतको अल्मोडाबाट मजदूरी गरेर फर्किने क्रममा मङ्गलबार बेलुकी भीमदत्तनगरपालिका–९ ब्रह्मदेव क्षेत्रमा नेपालीबाटै मुगुको लिबू गाउँपालिका–२ का ५० वर्षीय लालबहादुर शाही, १९ वर्षीय राजेश शाही र १८ वर्षीय नवीन बुढा नगद र सामानसहित लुटिएका छन् ।
जिल्ला प्रहरी कार्यालयले ब्रह्मदेव क्षेत्रमा उनीहरुलाई जुसमा नशालु पदार्थ खुवाएर लुटपाट गरिएको जनाएको छ । तीनसित रहेको २५ हजार भारु, तीन थान मोबाइल र अन्य लत्ताकपडा लुटेराले लगेका छन् । “दुई नेपाली युवाले नै हामीलाई नजिकपर्छ भनेर टनकपुरहुदै ब्रह्मदेव पु¥याए”, शाहीले भने, “खाजा खाउँ भने जुस खाएको त तीन जना बेहोस भएछौं ।”
केही समयपछि होसमा आएका शाहीले ब्रह्मदेव सिमा प्रहरीचौकीमा खबर गरेपछि उनीहरुको घटनास्थलबाट उद्दार गरिएको थियो । आज बिहान जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन आएका शाही बाहेक अन्य दुई भने अर्थचेत अवस्थामै थिए ।
प्रहरीले भने लुटेराहरुको खोजीकार्य भइरहेको जनाएको छ । उद्धार गरिएकालाई दातृ निकायको सहयोगमा घर पठाउने तयारी हुदैछ । तीनै जना गत मङ्सिर महीनामा रोजगारीका लागि भारत गएका थिए । त्यसैगरी कैलालीको मोहन्याल गाउँपालिका–२ का दुई युवक भारतबाट मजदूरी गरेर घरफर्किने क्रममा आज बिहानदेखि सीमावर्ती भारतीय बजार बनवासा क्षेत्रबाट सम्र्पक बिहीन भएका छन् ।
मोहन्याल–२ का रमित घर्ती र गगन रोकामगर चार लाख भारुसहित सम्र्पकबिहीन भएका हुन् । “बनवासाको पवन होटलसम्म हिजो बिहानसम्म आएको भन्ने छ, तर होटल साहुलाई सोध्दा टाँगामा महेन्द्रनगर गएको बताउँछन”, सम्र्पकबिहीन दुई युवकसँगै काम गरेका मोहन्यालकै मिलन रोकामगरले भने, “म अघिल्लो दिन यहाँ आइपुगे उनीहरु हरिद्वार पुग्दासम्म सम्र्पकै थिए ।”
सडकको काम गर्दै आएका करीब ६० मध्ये आफूसित ४२ जना घर फर्किएको मिलनको भनाइ छ । “साहुबाट पैसा लिनुपर्ने भएकाले रमित र गगन ढिलो हिँडेका हुन”, उनले भने । दुई दिनदेखि सम्र्पकबिहीन बनेपछि अभिभावक उनीहरुको खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय पुगेका छन् । प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले सम्र्पकबिहीन युवकद्वयको खोजीकार्य भइरहेको जानकारी दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: