Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

असिनाले ४ करोडको इँटा नष्ट

सर्लाही । असिनापानीले सर्लाहीमा करिब साढे ४ करोड इँटा क्षति भएको छ। इँटा पानीले गलेर नष्ट भएको छ। सोमबार अबेर रातिदेखि मंगलबार बिहानसम्म परेको असिना र पानीले इँटा नष्ट भएको सर्लाही इँटा उद्योग व्यवसायी संघले जनाएको छ।

आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - पकाउनका लागि तयारी अवस्थामा राखिएको इँटा गल्दा उद्योगीको बिचल्ली भएको संघका अध्यक्ष मेथुर चौधरीले बताएका छन्। जिल्लामा करिब ८० वटाभन्दा बढी इँटाभट्टा छन्। सबैको करिब करिब बराबरमै क्षति भएको छ। आफ्नो किसन इँटा उद्योग र शक्ति इँटा उद्योगमा १३ लाखभन्दा बढीको क्षति भएको छ। पकाउनका लागि सुकाएर राखिएको इँटा नष्ट भएको छ। ‘एउटा इँटा बनाउनदेखि लिएर सुकाउनसम्म दुई रुपैयाँ खर्च हुन्छ’, चौधरीले भने, ‘आफ्नो दुईवटा उद्योग मिलाएर १३ लाख इँटा नष्ट भएको छ। १३ लाख इँटा नष्ट हुदाँ करिब २६ लाखको क्षति भएको उनले बताएका छन्। ठूलो मात्रामा क्षति हुदाँ उद्योगीको बिचल्ली भएको छ। एक दुई हप्ता मात्र समय भएको भए सबै इँटा पाक्थ्यो। तर, प्रकृतिलाई कसले रोक्न सक्छ भन्दै उनले दुखेसो पोखे।

पकाउन तयारी अवस्थामा राखेको इँटा रातको समयमा असिना पर्दा सबै नष्ट भएको चन्दन इँटा उद्योगका सञ्चालक लाल बिहारी रायले बताए। करिब ५५ हजार इँटा गलेर नष्ट भएको छ। पानी पर्दा इँटा भट्टामा पकाउन बालिएको आगो निभ्दा आगो छेक्न बनाइएको छेकन समेत भत्केको छ। आगो निभ्दा अहिले भट्टा बन्द भएको छ। आगो निभ्दा भट्टाभित्र पकाउनका लागि राखिएको इँटासमेत अब राम्रोसँग पाक्दैन।

असिनासँगै लामो समय सम्म हुरीबतास र पानी परेपछि बढी क्षति भएको विकास इँटा उद्योगका सञ्चालक पप्पु यादवले बताए। दुईवटा उद्योग मिलाएर आफ्नो करिब ८ लाखभन्दा बढी इँटा गलेर नष्ट भएको छ। ‘काँचो इँटाको बिमा पनि गर्न मिल्दैन्’, यादवले भने, ‘इँटा गल्दा धेरै उद्योगीको उठिबास नै भएको छ।’ पाकेको भए लगानी उठ्थ्यो। तर, काँचोमा गल्दा मजदुर खर्च, जग्गा भाडा खर्च खेर गयो। बैंकसँग ऋण लिएर व्यवसाय गर्ने उद्योगीलार्ई यसवर्ष उपाय छैन। काम गरेपछि मजदुरलाई पैसा तिर्नैपर्छ। जग्गा भडा तिर्नैपर्छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending