जाजरकोट। व्यावसायिक कृषकको सङ्ख्या बढ्दै गएकाले यस वर्षदेखि जिल्लामा मौरी जोन सञ्चालन गरिने भएको छ । मह उत्पादनतर्फ कृषकको आकर्षण बढ्दै गएकाले मौरीे जोन लागू गर्न लागिएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ मार्फत लागू गर्न लागिएको बताइएको छ । कृषिमा आधुनिकीकरण, बजारीकरण, उपयुक्त वातावरण सिर्जना हुँदै गएका कारण मौरी जोन शुरु गर्न लागिएको हो । गत वर्षदेखि नै उक्त परियोजनाअन्तर्गत सुन्तला जोन कार्यक्रम नलगाड नगरपालिका र कुशे गाउँपालिकामा सञ्चालन भइसकेको छ ।
यस वर्षदेखि मौरीे जोन कार्यक्रम सो परियोजनाबाट लागू हुन लागेको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बताए । उत्पादन र कृषक सङ्ख्याको आधारमा मौरी जोन कार्यक्रम भेरी नगरपालिका, कुशे गाउँपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिकामा लागू हुने भएको हो ।
उक्त कार्यक्रम स्वीकृत हुन कुनै पनि बालीको पाँच सय हेक्टर भन्दा बढीमा खेती र मौरीका लागि २० हजारभन्दा बढी घारमा मौरी पालिएको हुनुपर्छ । जाजरकोटमा त्यो क्षेत्रमा मापदण्ड पुगेकाले सरकारले कार्यक्रम लागू गर्न लागेको हो । हाल यहाँ ५६० हेक्टरमा सुन्तला खेती गरिन्छ । दुई हजार भन्दा बढी किसानले सुन्तला खेती गदै आएका कृषि ज्ञान केन्द्रका प्रमुख चित्रबहादुर रोकायले जानकारी दिए । वार्षिक रु एक करोड भन्दा बढीको सुन्तलाको कारोबार हुँदै आएको छ ।
यस्तै मौरीका लागि जोन कार्यक्रमले कृषकको सङ्ख्या र गुणस्तरमा समेत वृद्धि हुने मौरीविज्ञले बताएका छन् । सो कार्यक्रमले किसानलाई अनुदान, सहुलियत ऋण, आधुनिक प्रविधिको सुविधा दिने भएकाले यस क्षेत्रको आर्थिक बिकासमा थप टेवा पुग्ने कृषकको अपेक्षा छ । जनताको माग र आवश्यकताका आधारमा नयाँ कार्यक्रम थप्दै जाने योजना रहेको मन्त्री बस्नेतले जानकारी दिए । उनले भने, \'किसानको जीवनस्तर बदल्नु नै अहिलेको मुख्य आवश्यकता हो, राजनीतिक अवस्था बदलेर मात्र किसानको अवस्था फेरवदल नहुने रहेछ, त्यसैले हामी जनताको अवस्था बदल्न आवश्यकताका आधारमा योजना छनोट गरी जिल्लामा भित्र्याइरहेको छौँ ।\'
हाल यहाँ झण्डै नौ सय ५० घरधुरीका मौरीपालक किसान रहेका छन् । झण्डै वार्षिक दुई सय मेट्रिक टन भन्दा बढी मह उत्पादन हुँदै आएको छ । सरकारले कृषि उत्पादनको आयात कम गरी देशलाई आत्मनिर्भर बनाउन देशभरि नै जोन, ब्लक र पकेट क्षेत्र घोषणा गरी कार्यक्रम सञ्चालन गर्दै आएको छ । मौरीका लागि चाहिने चिउरी फुलको जंगल पाँच सय हेक्टर क्षेत्रफलमा फैलिएको केन्द्रले जनाएको छ ।
नलगाड, बारेकोट, भेरी, छेडागाड र जुनिचाँदेमा तोरी खेतीसमेत गरिँदै आएको छ । मौरीको चरिचरणका लागि तोरी अर्को महत्वपुर्णबालीका रुपमा रहेको छ । तोरी र चिउरीको जंगलबाट मौरीले मह उत्पादन गर्दछन् । प्रतिघार वर्षेनी २० किलो मह सेरेना मौरीले उत्पादन गर्छ भने मेलीफेरी मौरीले प्रत्यक वर्ष ६० किलो भन्दा बढी उत्पादन गर्ने रोकायले जानकारी दिए । सुन्तलाको जोनबाट फाइदा लिएका यहाँका किसानहरु मौरी जोनबाट थप सेवा लिएर मौरी पालन व्यवसायमा लाग्नाले आम्दानीको स्रोत बढ्ने विश्वास लिइएको नलगाड–३ कल्पतका मौरीपालक किसान भद्रे पुनले बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: