पुरुषले सेवन गर्ने गर्भनिरोधक चक्की मानवमा गरिने सुरक्षासम्बन्धी प्रारम्भिक परीक्षणमा सफल भएको दाबी एउटा प्रसिद्ध चिकित्सकीय सम्मेलनमा गरिएको छ। दैनिक एक चोटि सेवन गर्नुपर्ने सो चक्कीमा शुक्रकीटको उत्पादन रोक्ने हर्मोन हुन्छ। पुरुषहरूका लागि परिवार नियोजनका लागि कन्डम र भ्यासेक्टमी मात्रै रहेको अवस्थामा यो चक्की एउटा स्वागतयोग्य साधन हुनेछ। तर एन्डोक्राइन सोसाइटीको वार्षिक सम्मेलनमा सो चक्की बजारमा उपलब्ध हुन अझै एक दशक लाग्न सक्ने बताइएको छ।
यौन इच्छा
यूकेमा ५० वर्षभन्दा अगाडि महिलाहरूले सेवन गर्ने गर्भनिरोधक चक्की उपलब्ध भएको थियो। तर किन पुरुषले सेवन गर्ने चक्की बन्न गाह्रो भएको होला? कसैले सामाजिक र व्यापारिक रुचि कम भएका कारण नबनाइएको दाबी गरे पनि सर्वेक्षणहरूमा धेरै पुरुषले उपलब्ध भए त्यस्तो चक्की प्रयोग गर्ने इच्छा व्यक्त गरेका छन्।
महिलाहरूले पुरुषले चक्की खाएको कुरा पत्याउँछन् कि पत्याउँदैन्न भन्ने अर्कै विषय हो। सन् २०११ मा यूकेमा गरिएको एक अध्ययनमा झन्डै आधा महिलाले त्यस्तो चक्की उपलब्ध भएमा आफ्ना पुरुष साथीले त्यो खाए वा नखाएकोमा चिन्ता लाग्ने बताएका थिए। पुरुषले सेवन गर्ने चक्की बनाउन सबैभन्दा ठूलो चुनौती भनेको त्यसले यौन इच्छा वा उत्तेजनामा असर नपार्ने बनाउनु हो।
पुरुषको अण्डकोषमा नियमित शुक्रकीट उत्पादन हुन्छ। त्यसमा हर्मोनको विशेष भूमिका हुन्छ। हर्मोनको मात्रा नघटाई अरू कुनै नकारात्मक प्रभावबिना नै शुक्रकीटको उत्पादन अस्थायी रूपमा रोक्नु प्रमुख चुनौती हो।
हाल एलए बायोमेड र वाशिङ्टन विश्वविद्यालयमा अनुसन्धान भइरहेको उक्त चक्कीले भने सोचिएको लक्ष्य प्राप्त गर्न सक्ने अनुसन्धाकर्ताहरूको भनाइ छ। उनीहरूले चालीस पुरुषमा भएको प्रारम्भिक सुरक्षापरीक्षण उत्साहवर्धक रहेको एन्डोक्राइन सोसाइटीको सम्मेलनमा बताए।
२८ दिन चलेको अध्ययनका क्रममा:
एन्ड्रजन हर्मोनमा आधारित चक्की सेवन गरेकाहरूमा शुक्रकीट उत्पादनका लागि आवश्यक हर्मोनको स्तर नक्कली चक्की सेवन गरेकाको तुलनामा निकै कम रहेको थियो भने परीक्षण सम्पन्न भएपछि सामान्य अवस्थामा फर्केको थियो।
उत्तेजनामा कमी
उक्त चक्कीको दुष्प्रभाव निकै कम र मन्द देखियो। पाँच पुरुषले चक्कीको प्रयोगपछि यौन इच्छामा कमी आएको बताएका थिए भने दुई जनाले लिङ्गमा हुने उत्तेजनामा कमी आए पनि यौन क्रियाकलापमा भने असर नपरेको जानकारी दिए।
अनुसन्धानमा संलग्न भएका सबै सुरक्षापरीक्षणमा उत्तीर्ण भए भने दुष्प्रभावका कारण कसैले पनि उक्त चक्की सेवन गर्न छोडेनन्। अनुसन्धानमा संलग्न रहेकी प्राध्यापक क्रिस्टिना वाङ र उनका सहकर्मी उत्साहित रहे पनि निष्कर्षबारे भने सचेत रहेका छन्। \"हर्मोनका दुईवटा गतिविधिको सम्मिश्रण रहेको चक्कीले शुक्रकीटको उत्पादन घटाउनेछ भने यौन इच्छामा भने कुनै किसिमको प्रभाव पार्नेछैन।,\" उनले भनिन्। तर यसले जन्म नियन्त्रण गर्न सक्छ वा सक्दैन भन्ने विषयमा थाहा पाउन लामो समयसम्म परीक्षण गर्नुपर्ने खाँचो रहन्छ।
पुरुषले सेवन गर्ने गर्भनिरोधक चक्कीमा औषधि उद्योगहरूले लगानी नगरेका कारण विकासमा बाधा परेको मानिन्छ। शेफिल्ड विश्वविद्यालयका प्राध्यापक एलान पेसी भन्छन्, \"पुरुषले सेवन गर्ने गर्भ निरोधक चक्कीको लामो असफल इतिहास छ र अहिले नयाँ उत्पादनहरूको परीक्षण हुनु सुखद कुरो हो।\" \"तर मुख्य कुरा भनेको के औषधि उत्पादकहरू यसलाई बजारमा ल्याउन इच्छुक छन् कि छैनन् भन्ने हो।\" \"दुर्भाग्यवश अहिले औषधि उत्पादकहरूमा यो इच्छा देखिएको छैन।\" बिबिसिबाट
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...


प्रतिकृया लेख्नुहोस्: