कास्की। विभिन्न उत्सव, चाडपर्व, शुभकार्य तथा सभासमारोहमा बजाइने नौमती बाजा प्रवद्र्धन गर्ने उद्देश्यले ती बाजाको ठूलो आकारको आकृतिसहित उद्यान निर्माण गर्ने भएको छ ।
स्थानीय पर्यटन प्रवद्र्धन समितिको पहलमा कास्की माछापुच्छे« गाउँपालिका–६ धितालस्थित पोखरी डाँडामा सो उद्यान निर्माण शुरु गरेको समितिका अध्यक्ष सुनिल दाहालले बताए ।
नेपाली मौलिक संस्कृतिको रुपमा रहेको पञ्चेबाजा तथा नौमतीबाजाको प्रचलन केही वर्षयता घट्दै गएपछि यसको प्रवद्र्धन गर्न दमाहा, सनही, नरसिंहा, कर्नाल, ढोलक र ट्याम्केको आकृति सहितको उद्यान निर्माण गर्न लागिएको उनले बताए । चालू आर्थिक वर्षभित्रमै निर्माण सम्पन्न गर्ने गरी उद्यानको लागि जमीन समथर बनाउने र तामाको स्वरुपमा नौमती बाजाको आकृति निर्माणको काम भइरहेको समितिले जनाएको छ ।
“संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विनियोजित रु १५ लाख बजेटबाट सो काम शुरु गरिएको छ”, अध्यक्ष दाहालले भने, “नौमती बाजाको प्रयोग अहिले घट्दो छ । नयाँ पुस्ताले बाजा सुन्न त परै जाहोस् देख्न पनि पाएका छैनन् । त्यसैले सार्वजनिकस्थलमा राखेर भए पनि यसको प्रवद्र्धन गर्दै यसलाई पर्यटकीय गन्तव्य बनाउँछौँ”
समितिले करीब २० रोपनी जमीनमा बाजासहितको उद्यान निर्माण गर्न लागेको हो । मर्दी हिमाल पदयात्रामार्गमा पर्ने यो ठाउँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ । पोखराबाट ४५ मिनेटको दुरीमा पुगिने यस ठाउँबाट अन्नपूर्ण हिमशृङ्खला, पोखरा बजार तथा गाउँपालिकाका विभिन्न वडाको दृश्यावलोकन गर्न सकिन्छ ।
समितिका सचिव सोमनाथ ढुङ्गानाले बाजासहितको उद्यान निर्माणपछि पर्यटकको बसाइँ लम्बाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘पर्यटकका लागि प्रमुख गन्तव्य रहेको यस क्षेत्रमा यस्ता उद्यानको निर्माणले थप आकर्षित र आनन्दित बनाउने विश्वास लिएका छौं’, उनले भने ।
गण्डकी प्रदेश सरकारले पनि आन्तरिक भ्रमण वर्षका अवसरमा होमस्टेमा पर्यटकीय पूर्वाधार निर्माणमा पूँजीगत अनुदान उपलव्ध गराएसँगै होमस्टेका लागि यहाँ रु ३० लाख बजेट विनियोजन भएको छ । ह्याङजाकोट, भेँडाबारी र मर्दीहिमाल सामूदायिक होमस्टेमा गरी यहाँका १०० घरमा घरवास सञ्चालित छ । अस्तामका १० घरमा पनि व्यक्तिगत रुपमा घरवास सञ्चालन गरिएको छ भने पर्यटकको सुविधाका लागि यहाँ घरवाससँगै सुविधासम्पन्न होटल तथा रिसोर्ट खुलेका छन् । गाउँपालिकाका उपप्रमुख कृष्णकुमारी दवाडीले गाउँपालिकाका सबै वडा तथा पोखरा महानगरपालिका र माछापुच्छे« अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकनका लागि उपयुक्त गन्तव्य रहेको यो ठाउँमा निर्माण गरिने उद्यानबाट पर्यटकको बसाइँ बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
गाउँपालिकाले पर्यटन प्रवद्र्धनलाई मुख्य प्राथमिकतामा राखेको बताउँदै उनले नयाँ÷नयाँ गन्तव्य पहिचान र पूर्वाधार निर्माणलाई चालू आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिए ।
हेम्जाकोट, अस्ताम, धितालहुँदै मर्दी हिमालसम्म पर्यटन पदमार्ग निर्माणका लागि पनि गाउँपालिकाले योजना बनाएको उपप्रमुख दवाडीको भनाइ छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: