बाजुरा । जिल्लाका अधिकांश गन्धर्व समुदायका लागि घरबासको व्यवस्था नहुँदा उनीहरुको त्रिपालमुनिको बास भएको छ । घुमन्ते जीवन अँगाल्दै आएका गन्धर्व जातिको स्थायी बासका लागि आफ्नो नाममा जमीन नभएको र जमीन नभएकै कारण उनीहरुले स्थायीरूपमा घर लगाउन नसकेकाले पुस्तौँदेखि अहिलेसम्म उनीहरु त्रिपालमुनि घरबास गर्न बाध्य भएका छन् ।
\'दिन गन्दै महीना आयो, महीना गन्दै वर्ष आयो, पञ्चायतपछि प्रजातन्त्र आयो, प्रजातन्त्रपछि, लोकतन्त्र, गणतन्त्र आयो, यो सँगै देशमा पनि परिवर्तन आयो तर जिल्लाका विभिन्न ठाउँमा बस्दै आएका हामी गन्धर्व परिवारको जीवन भने कहिल्यै फेरिएन\', बाजुरा बडिमालिका नगरपालिमा–२ द्यान जुगाडाका जोगगिरी वादी भनछन् । जोगगिरीले अहिले श्रीमती र चार छोरासहित गाउँमै अस्थायी रूपमा त्रिपालमुनि बसेर जीवन बिताइरहेको स्थानीय नरबहादुर रोकायाले जानकारी दिए ।
पहिले घर बनाएनौँ, हुक्का, सुल्पा बनाएर गाउँ–गाउँमा लगेर बेच्ने र तिहार लगायत विभिन्न चाडपर्वको समयमा सारङ्गी मादल आदि बजाउँदै गाउँगाउँमा माग्दै आफ्नो जीवन जीउन सहज हुन्थ्यो तर, अहिले परम्परागत पेशा पनि लोप हुँदै गएकाले परिवार पाल्न धौधौ भएको छ” जोगगिरीकी श्रीमती डल्लीले भनिन् ।
अहिले सदरमुकाम मार्तडीमा गएर कहिलेकाहीँ सारङ्गी बजाएर नजिकका विद्यालयमा गएर बिग्रेका मादल बनाउने र अरुको काम गरेर छाक टार्ने गरेको डल्लीको भनाइ छ । “घर बनाऊँ भने आफ्नो नाममा जग्गा नै छैन”, उनले भनिन् । घरबासका लागि वडा र नगरपालिकालाई सहयोग माग्ने उनको भनाइ छ ।
जिल्लाका अधिकांश ठाउँमा परम्परादेखि बस्दै आएका गन्धर्व परिवारको नाममा जमीन नभएकाले उनीहरुले अहिलेसम्म एक ठाउँमा निश्चित बसोबास हुनसकेको छैन । जिल्लामा आएको परिवर्तनसँगै महिला, दलित बालबालिकामा केही परिवर्तन आए पनि जिल्लाका विभिन्न ठाउँमा बस्दै आएको गन्धर्व परिवारमा भने समाजिक, आर्थिक बौद्धिकरूपमा केही परिवर्तन नभएको बूढीगङ्गा नगरपालिका–८ की हजारी गन्धर्वले बताए ।
जिल्लाका विभिन्न ठाउँमा बस्दै आएका गन्धर्व परिवारले बाजुराका विभिन्न ठाउँका गाउँगाउँमा सुल्पा दिँदै अन्न माग्दै जाने चलन पनि विस्तारै हराउँदै जाँदा यो समुदाय चिन्तित छ । कालोमाटोलाई पिट्दै बनाएका सुल्पा जिल्लाका तोली, छतारा, बारबीस जयवाग्यश्वरी, काँडा, गुदुखाती, आटीचौर, डोगडी, तोली र कैलाशमाडौँलगायतका ठाउँमा पुर्याउने र खेतीको याममा खलोको रूपमा अन्न उठाउँदै बालबच्चा छोरा छोरी घरपरिवार पालनपोषण गर्दै आएका गन्धर्व परिवार आफ्नो पेशा लोप भएको भन्दै चिन्तामा परेका हुन् ।
साविक गाउँ विकास समितिले दलित महिला, बालकालिका तथा जनजातिका लागि आरक्षण रकम विनियोजन गरेर उनीहरुलाई दिँदै आएको थियो । समितिबाट गन्धर्व परिवारका लागि केही मात्रामा रकम प्राप्त भएको र त्यो रकमले उनीहरुले चिसोको समयमा कम्मल मात्र किन्दै आएको दलित प्रतिनिधि इन्द्रबहादुर नेपालीले बताए । उनले भने, “लक्षित रकम उनीहरुलाई दिँदै गर्दा बालुवामा पानी हालेझैँ भएकाले उनीहरुलाई रकमभन्दा एक ठाउँमा घरबासका व्यवस्थाका लागि पहल गर्नुपर्ने देखिन्छ ।”
अहिले विभिन्न स्थानीय तहमा भएको स्वास्थ्य, सामाजिक परिवर्तनसँगै अधिकांश बूढापाकाले सुर्ती तमाखु खान छोड्दै गएपछि गन्धर्व परिवारको माटोबाट निर्माण गर्दै आएका सुल्पालाई कोही कसैले नराख्दा उनीहरुको पेशा पनि धरापमा पर्न गएको बडिमालिका नगरपालिका–२ का अध्यक्ष डम्मर महतले बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: