Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

रोकिएको विमानमा रातभर यात्रु राखिनु ‘अपराध’

काठमाडौं । सामान्य परिस्थितिमा कुनै पनि जहाज निर्धारित तालिकाभन्दा कति ढिला (डिले) हुन सक्छ ? यदाकदा एक–दुई मिनेट। कतार, थाईजस्ता प्रतिष्ठित एयरलाइन्स त सेकेन्ड पनि ढिला गर्दैनन्। डिले भए कर्मचारी कारबाहीमा पर्छन्।

आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - नेपाल एयरलाइन्सका लागि भने डिले सामान्य मानिन्छ। अझ निर्धारित समयभन्दा ४५ मिनेट ढिलासम्म उड्न नसकेर भएको ठूलो क्षतिमा उसले अरू निकायलाई दोष दिएर पन्छिने गरेको छ। गत मंगलबार बेलुकी समयमा दुबई नउडाएर धावनमार्ग बन्दले विमान रोकिएको विषयलाई उड्ययन क्षेत्रमा ‘गम्भीर अपराध’ का रूपमा लिइएको छ। सबैभन्दा ठूलो बदमासी त यात्रुलाई रातभर विमानमै थुनिएको छ।

बेलुकी ९ बजे जहाज चढेका करिब १ सय ५० जनालाई भोलिपल्ट बिहान ५ः१५ मा मात्र बाहिर निकालिएको थियो। उडान हुन नसक्नुमा नेपाल एयरलाइन्सले ३–४ मिनेटको मौका नदिइएको आक्षेप लगाउँदै आएको छ। जब कि नोटाम (विमानस्थल बन्दको सार्वजनिक सूचना) तीन महिनाअघि जारी गरिएको थियो।

‘केही मिनेटले गर्दा समस्या भएको होइन। ९ः१५ मा उड्नुपर्ने फ्लाइट नम्बर आरए २३१ को जहाज १० बजे पनि उड्न सकेन’, नागरिक उड्डयन प्राधिकरण सम्बद्ध स्रोतले भन्यो, ‘अनि चार मिनेट नदिएर करोडौं क्षति भयो भन्दै हामीलाई दोष दिन थालियो। यो उड्डयनको संवेदनशीलता बुझेर पनि बुझ पचाएजस्तो भयो।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग नयाँ कालोपत्र गर्न तीन महिनाका लागि दैनिक १० घन्टा बन्द गरिएको छ। त्यसका लागि तीन महिनाअघि नोटाम जारी गरिएको थियो। नोटाम अर्थात् नोटिस टु एयरमेन (उड्डयनकर्तालाई सूचना) विमानस्थलमा हुने अवरोधबारे सार्वजनिक आह्वानबाट दिइने पूर्वजानकारी हो। यही आधारमा सम्बन्धित विमानस्थालमा उडान भर्ने विभिन्न मुलुकका विमानले तालिका मिलाउँछन्।

नेपाल एयरलाइन्सको दुबई उडान नोटामबाट प्रभावित हुने समयमा पर्दैन। किनकि यसले थप ४५ मिनेट पाउँछ। बेलुकी ८ः२५ मा बे (उड्डयन गेट) मा राखिएको जहाज आरामले प्रक्रिया पूरा गर्दा पनि ९ः१५ मा उड्न सक्थ्यो। ग्राउन्ड ह्यान्डलिङ उसको आफ्नै थियो। बाधा पुर्‍याउने केही थिएन। कुनै भीभीआईपीलाई कुर्नुपरेको पनि थिएन।

उक्त वाइड बडी ए ३३०–२४३ जहाजमा २ सय ७६ यात्रु थिए। १० बजे जब विमानस्थल बन्द भयो अनि यसले उड्न अनुमति मागेको थियो। एयर ट्राफिक कन्ट्रोलरले नोटामका कारण अनुमति दिएनन्। ‘नोटाम यस्तो सूचना हो जसमा एक सेकेन्ड पनि हेर्न मिल्दैन। कसैले मनखुसी दिएमा कारबाहीमा पर्छ’, उड्डयनका एक विज्ञले भने।

नेपाल एयरलाइन्सले यात्रु चढाउन थालिसकेपछि ९ः१० मा हङकङबाट क्याथे ड्रागन ल्यान्ड गर्‍यो। यात्रु उतार्‍यो। फटाफट यताका यात्रु चढायो। र, ९ः५७ मा ३ सय ५ यात्रु लिएर उड्यो। ‘नेपाल एयरलाइन्सलाई छिटो उड्न हामीले पटकपटक सचेत गराएका हौं’, नागरिक उड्डयनका कर्मचारी भन्छन्, ‘बेला छउन्जेल खेलाँची गरे। घर्किएपछि जबरजस्ती गर्न खोजे। हामीले नियम उल्लंघन गर्न सकेनौं।’

स्रोतका अनुसार चालक दलले करिब ११ बजेसम्म पनि उच्चस्तरीय ‘पावर’ लगाएर उडाउने प्रयास गर्‍यो। तर, सम्भव भएन। अन्ततः ११ः०७ मा चालक र क्रु मेम्बर सबै निस्किएर गए। एक सय २० भन्दा केही बढी यात्रुलाई लगेर होटलमा राखे। बाँकी जहाजमै छाडिए।

‘करिब १ सय ५० यात्रु जहाजमै छन् भन्ने कतैबाट थाहा भएन’, विमानस्थल सुरक्षा सम्बद्ध एक अधिकारी भन्छन्, ‘बिहान जब तिनले हल्लीखल्ली गरे, अनिमात्र प्रहरीले थाहा पायो। र, ५ः१५ मा उद्धार गरी पुरानो अध्यागमन रद्द गरेर पुनः अध्यागमन प्रक्रिया पूरा गराइएको थियो।

धावनमार्ग पुर्निर्माण चाइना नेसनल एरो टेक्नोलोजीले गरिरहेको छ। समयमा कुनै हालतमा सक्ने ऊसँग सर्तनामा गरिएको छ। स्रोत भन्छ, ‘त्यसका लागि उसले दैनिक १० घन्टा पूरापूर काम गर्न पाउनुपर्ने सर्त राखेको छ। ‘एक मिनेट रोक्यो भने उसले बहाना पाउँछ’, स्रोतले भन्यो, ‘त्यसैले नोटाममा पूर्ण प्रतिबद्ध रहने सरकारको नीति छ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending