Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

पीडितलाई ३ लाख उठाउन दोब्बर खर्च

काठमाडौं । तपाईंसँग प्रशस्त पैसा छ। विपत्ति पीडितलाई सहयोग गर्न रहर छ। सोझै दिनुहुन्छ कि त्यो रकम खर्च गरेर अरूसँग थोरै दान माग्नुहुन्छ ? ठूला विपत्तिसँगै चन्दा उठाउनेका अनेक विकृति देखिने गर्छन्। बारा घटनामा त्यस्तै पाइएको छ। झन्डै एक महिना लगाएर ३ लाख रुपैयाँ उठाउने लक्ष्यसहित ‘हितेरी’ नामक संस्थाले ठूलो विज्ञापन छापेको छ। त्यसलाई उसले करिब साढे ७ लाख रुपैयाँ तिर्नुपर्छ।

आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - हितेरी क्राउडफन्डिङ साइट हो। क्राउडफन्डिङ विशेष अवस्थामा आम व्यक्तिबाट सहयोग जुटाउने तरिका हो। ‘हितेरी’ ले त्यसका लागि छुट्टै वेबसाइट बनाएको छ। ठूलो खर्च गरी पटक–पटक विज्ञापन गर्दै आएको छ। जसको घोषित लक्ष्य २८ वटा गैरसरकारी संस्थालाई सय रुपैयाँदेखि केही हजार उठाइदिनु देखिन्छ। उसको साइट हितेरी डट ओआरजीका अनुसार त्यसबाट शनिबार बेलुकीसम्म ८६ हजार १ सय ८१ रुपैयाँ जुटेको छ।

बाराबा हुरीपीडितका नाममा भने ‘हितेरी’ लाई १९ जनाले सहयोग गरेका छन्। त्यसबाट ९ हजार ९ सय ८२ रुपैयाँ मात्र उठेको छ। ‘हितेरी’ का प्रोजेक्ट एसिस्टेन्ट सोयल राईले सामाजिक उत्तरदायित्वअन्तर्गत आफूहरुले यस्तो अभियान सञ्चालन गरेको बताए। ‘बारा पर्साका पिडितका लागि न्यूनतम तीन लाख रुपैंया उठाउने लक्ष्य लिइएको हो’, उनले भने, ‘त्यसभन्दा बढी उठे पनि स्वीकारिनेछ।’

सामाजिक उत्तरदायित्व बढी आर्जन गर्ने कम्पनीले नाफाको निश्चित प्रतिशत दीन–दुःखी, सीमान्तकृत वा पीडितका लागि खर्च गर्ने कार्य हो। ‘अरूबाट चन्दा उठाउन क्राउड फन्डिङ चलाउनु सामाजिक उत्तरदायित्व बहन होइन’, गृह मन्त्रालयका एक अधिकारीले भने, ‘अनधिकृत रहेछ भने कारबाही गरिनेछ।’

गैरसरकारी संस्थाको रकम पारदर्शी नभएको भन्दै सरकारले कडा नियमन गर्न चाहिरहेको छ। हितेरीले तिनै गैरसरकारी संस्थालाई सानो सहयोग जुटाउन ठूलो तामझाम देखाउनु शंकास्पद रहेको अर्थ मन्त्रालयका एक अधिकारीको भनाइ छ।

‘मिडियामा सूचना निकालेरै चन्दा माग्नु आर्थिक विकृतिको पराकाष्ठा हो’, उनले भने, ‘त्यसमा सञ्चालक को हुन् खुल्दैन। सामान्य कर्मचारीको नाम दिइएको छ। त्यसले सदुपयोग हुनेमा विश्वस्त हुन सकिँदैन। यस्ता गतिविधिले गैरसरकारी संस्थाहरुलाई नियमन गर्न सरकारले विभिन्न समयमा बनाएका निति–नियमको धज्जी उडाएको छ।’

राईले भने आफूहरुले विशुद्ध सामाजिक कामका लागि यो अभियान चलाएको दावी गरे। हितेरीले वेब साइटमा आफूलाई ‘एसियामा सबैभन्दा भिजिट र विश्वास गरिएको क्राउडफन्डिङ प्लेटफर्म’ भनेको छ।

सामाजिक संस्थाको नियमन गर्ने जिम्मेवारी बोकेका समाज कल्याण परिषद, जिल्ला प्रशासन कार्यालय तथा सरोकारवाला अन्य निकायले यस्ता गतिविधि नियन्त्रण गर्न सकेका छैनन्। सरकारी अनुगमन फितलो भएका कारण विपत्ति पिडितलाई देखाएर उठाएको रकम दुरुपयोग हुने शंका उब्जेको छ। परिषदका सूचना अधिकारी दुर्गाप्रसाद भट्टराईले स्रोत जहाँबाट जसरी संकलन गरिएको भए पनि परिचलन पारदर्शी हुनुपर्ने बताए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending